विकासन्युज

सुजल फुड्सले ल्यायो नयाँ ‘वाइफी’ फेमिली प्याक, निर्यात हुँदै

काठमाडौं । सुजल फुड्सले वेफर ब्रान्ड ‘वाइफी’ को नयाँ फेमिली प्याक सार्वजनिक गरेको छ । क्रिमी, क्रिस्पी र क्रञ्ची स्वादको परिपूर्ण मेलमिलापसहितको यो प्याक आफ्ना प्रियजनहरूसँग बाँड्न वा आफैंले रमाइलो साथ खानका लागि उपयुक्त भएको कम्पनीले जनाएको छ । कम्पनीका अनुसार १२० ग्रामको यो ‘वाइफी फेमिली प्याक’ स्ट्रबेरी र चकलेट - दुई सबैभन्दा रुचाइएका स्वादमा उपलब्ध छ । १०० रुपैयाँको मूल्यमा बजारमा आएको यस प्याकलाई सुजलले ‘सबैभन्दा सुलभ प्रिमियम वेफर’ का रूपमा प्रस्तुत गरेको छ । चार तहको क्रिस्पी वेफर र तीन तहको क्रीमले भरिएको वाइफी आधुनिक प्रविधिबाट निर्माण गरिएको हो । १२ महिनासम्म ताजगी कायम राख्ने गुणस्तर, त्रिस्तरीय मेटालिक प्याकेजिङ र ‘सेफ्टी ट्रे’ले अन्तिम बाइटसम्म क्रिस्पीपन र सुगन्ध सुरक्षित रहने व्यवस्था मिलाइएको छ । शपिङ मल, कनभिनियन्स स्टोरदेखि अनलाइन प्लेटफर्मसम्म सहज उपलब्धता भएको वाइफीलाई बालबालिकादेखि गृहिणी, युवायुवतीसम्मलाई लक्षित गरी ल्याइएको हो । वाइफी अहिले नेपालका प्रमुख सुपरमार्केट (भाटभटेनी, बिगमार्ट, केकेमार्ट, सेल्सबेरी) र ई–कमर्श साइटहरू (दराज, स्मार्टडोको, गिफ्ट्मान्डु, यार्शाबजार, डिलआयो, बिजबजार) मा उपलब्ध छ । साथै, यो उत्पादन अमेरिका, युरोप, अष्ट्रेलिया तथा खाडी मुलुकहरूमा निर्यात हुँदै आएको छ ।

त्रिभुवन विमानस्थलमा १ किलोभन्दा बढी सुनसहित भारतीय नागरिक पक्राउ

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा एक किलोभन्दा बढी सुनसहित एक भारतीय नागरिक पक्राउ परेकी छन् । पक्राउ पर्नेमा ५३ वर्षीया मीना सुर्जित सिंह खेमानी रहेको प्रहरीले जनाएको छ । मंगलबार राति शारजाहबाट एयर अरेबियाको उडानमार्फत काठमाडौं आएकी उनलाई भन्सार एरियाको टनेलतर्फ जान खोज्दा संकास्पद रुपमा देखिएपछि जाँच गरिएको थियो । सो क्रममा प्लास्टिकले बेरिएका तीन वटा अर्धठोस डल्लामा लुकाइएको १ किलो १५९ ग्राम सुन फेला परेको हो ।  प्रहरीका अनुसार बरामद सुन अर्धठोस अवस्थामा रहेको छ । पक्राउ परेकी खेमानीमाथि आवश्यक अनुसन्धान अघि बढाइएको छ ।

जाइका नेपाल प्रमुखको टोलीले गर्‍यो तनहुँ जलवद्यिुत आयोजना निरीक्षण

दमौली । तनहुँको ऋषङि गाउँपालकिा- १ झापुटारमा नर्मिाणाधीन १४० मेगावाट क्षमताको तनहुँ जलवद्यिुत् आयोजनाको जापान अन्तरराष्ट्रयि सहयोग नियोग (जाइका) नेपाल प्रमुखको टोलीले बुधबार अनुगमन गरेको छ। जाइका नेपाल कार्यालयका प्रमुख मात्सुजाकी मजिुकी नेतृत्वको टोलीले आयोजनाको स्थलगत निरीक्षण गर्दै हालसम्मको प्रगतिबारे जानकारी लिएको छ । जलविद्युत आयोजनामामा जाइकाको लगानी रहेको छ ।  टोलीले आयोजनाका प्याकेज–१ र २ अन्तर्गतका निर्माणाधीन संरचनाको स्थलगत निरीक्षण र आयोजना प्रमुख, आयोजना सुपरीवेक्षण परामर्शदाताका प्रमुखलगायतसँग छलफल गरेको छ ।  अनुगमन टोलीलाई आयोजना प्रमुख श्यामजी भण्डारीले हालसम्मका प्रगतिबारे जानकारी गराए । आयोजनाको तीन वटा प्याकेजमा काम भइरहेको छ । भण्डारीका अनुसार प्याकेज एक अन्तर्गत बाँध निर्माणमा ४२.५ प्रतशित, प्याकेज दुई अन्तर्गत भूमिगत विद्युतगृहमा ६७ र प्याकेज तीन अन्तर्गत प्रसारण लाइन निर्माणमा ७४ प्रतिशत प्रगति भएको छ ।  आयोजनाको समग्र निर्माण विसं २०८३ असारभित्र सक्ने लक्ष्य राखिएको छ । कम्पनीको पुँजी संरचना तथा वित्तीय व्यवस्थापन आयोजनाको कुल लागत (प्रसारण लाइन, ग्रामीण विद्युतीकरण तथा निर्माण अवधिको ब्याज समेत) ५० करोड ५० लाख अमेरिकी डलरको लाग एडीबीले १५ करोड, जाइकाले १८ करोड ४० लाख, युरोपियन लगानी बैङ्कले आठ करोड ५० लाख र नेपाल सरकार/नेपाल विद्युत् प्राधिकरणले आठ करोड ६० लाख डलर व्यहोर्ने गरी वित्तीय व्यवस्थापन गरिएको छ ।

इजरायलबाट फर्किन चाहने नेपालीका लागि नामावली संकलन सुरु

काठमाडौं । इजरायलमा बसोबास गरिरहेका नेपाली नागरिकमध्ये स्वदेश फर्किन चाहनेहरूका लागि सरकारले औपचारिक रूपमा नामावली संकलन सुरु गरेको छ । इरान–इजरायलबीचको चर्किंदो द्वन्द्वको सम्भावित असरलाई मध्यनजर गर्दै उद्धार तयारीस्वरूप यो प्रक्रिया थालिएको हो । नेपाली दूतावासले इच्छुक नेपालीहरूले विवरण भर्न सक्ने अनलाइन फारम सार्वजनिक गर्दै फारम भरिदिन अनुरोध गरेको छ । परराष्ट्र मन्त्रालयका अनुसार हाल इजरायलमा करिब ५५० र इरानमा १२ जना नेपाली रहेका छन् । हालसम्म उनीहरूबारे कुनै अप्रिय खबर प्राप्त नभएको मन्त्रालयले जनाएको छ । इजरायलका लागि नेपाली राजदूत धनप्रसाद पण्डितले युद्धका कारण अप्ठ्यारोमा परेकालाई प्राथमिकताका आधारमा उद्धार गरिने स्पष्ट पारे ।

इरानले इजरायलसँग कहिल्यै सम्झौता नगर्ने खामेनेईको प्रतिक्रिया

काठमाडौं । इरानका सर्वोच्च नेता आयतुल्लाह अली खामेनेईले इरानले कहिल्यै पनि इजरायलसँग सम्झौता नगर्ने प्रतिक्रिया दिएका छन् । सामाजिक सञ्जाल एक्स (पहिलेको ट्विटर) मा पोस्ट गर्दै उनले यस्तो भनेका हुन् । अर्को पोस्टमा उनले लेखेका छन्, ‘युद्ध सुरु भइसकेको छ।’ यसअघि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सामाजिक सञ्जालमा ‘शर्तविहीन आत्मसमर्पण’ र ‘इरानी सुप्रीम लिडर लुकिरहेका छन्‌’ भन्ने कुरा लेखेका थिए । त्यसपछि खामेनेईले एक्समा पोस्ट गर्दै भनेका छन्, ‘हामीले आतंकवादी जायनिस्ट शासनलाई कडा जवाफ दिनैपर्छ। हामी जायनिस्टहरूलाई कुनै दया देखाउने छैनौं।’ ट्रम्पले के पोस्ट गरेका थिए ? ट्रम्पले आफ्नो ट्रुथ सोशल अकाउन्टमा लेखेका थिए, ‘हामीलाई राम्ररी थाहा छ, यसो भनिने ‘सुप्रीम लिडर’ कहाँ लुकेका छन्। उनी सजिलो निशाना हुन्, तर अहिले त्यहाँ सुरक्षित छन्।’ ट्रम्पले भनेका थिए, ‘हामी उनीहरूलाई अहिले नै हटाउने (मार्ने) छैनौं, कम्तिमा अहिले भने होइन। तर हामी चाहँदैनौँ कि आम नागरिक वा अमेरिकी सैनिकमाथि मिसाइल प्रहार होस्। हाम्रो धैर्य अब सकिँदै गएको छ।’ हालै मध्यपूर्वमा इरान र इजरायलबीच सशस्त्र झडप तीव्र बनेपछि क्षेत्रीय तथा विश्व शक्तिहरू चिन्तित छन् । क्षेत्रीय विश्लेषकहरूका अनुसार यदि इरान र इजरायलबीच तनाव अझ बढेमा सम्पूर्ण मध्यपूर्व अस्थिर हुन सक्ने र विश्व ऊर्जा बजारमा समेत नकारात्मक असर पर्न सक्ने अनुमान छ ।

भारतमा एलन मस्कको स्टारलिंकले पायो लाइसेन्स, नेपालमा चर्चामै सीमित

काठमाडौं । नयाँदिल्लीले एलन मस्कको स्टारलिंक स्याटेलाइट इन्टरनेट सेवालाई इजाजतपत्र प्रदान गरेको छ । यसले भारतको ‘कनेक्टिभिटीको अर्को सीमा’ खोलेको भारतका सञ्चारमन्त्रीले बताएका छन् ।  पृथ्वीको निम्न कक्षका उपग्रहहरू प्रयोग गरेर दुर्गम स्थानहरूमा उच्च गतिको इन्टरनेट पहुँच प्रदान गर्ने स्टारलिंकको सुरुआतले भारतमा प्रिडेटरी मूल्य निर्धारणदेखि स्पेक्ट्रम बाँडफाँटसम्मका विषयहरूमा तीव्र बहस सुरु गरेको छ । सञ्चारमन्त्री ज्योतिरादित्य सिन्धियाले स्टारलिङ्कका मालिक स्पेसएक्सका अध्यक्ष र प्रमुख परिचालन अधिकारी ग्वेनी सटवेलसँग ‘फलदायी बैठक’ गरेको बताए । ‘सटवेलले स्टारलिंकलाई दिइएको इजाजतपत्रको प्रशंसा गर्दै यसलाई यात्राको उत्कृष्ट सुरुआत भनेका छन् ।  यो भारतका दुई ठूला टेलिकम सेवा प्रदायक जिओ प्लेटफर्म र यसको प्रतिद्वन्द्वी भारती एयरटेलले मार्चमा आफ्ना ग्राहकहरूलाई स्टारलिंक इन्टरनेट प्रदान गर्न स्पेसएक्ससँग सम्झौता गरेको घोषणा पछि आएको हो ।    स्पेसएक्सका मालिक मस्कले एसियाका सबैभन्दा धनी व्यक्ति र जिओ प्लेटफर्मका मालिक मुकेश अम्बानीसँग स्याटेलाइट स्पेक्ट्रम कसरी प्रदान गर्ने भन्ने विषयमा कुरा गरेका छन् ।  भारतमा मस्कका व्यापारिक चासोहरू हाल एक्समा मात्र सीमित भएता पनि टेक उद्यमीको इलेक्ट्रिक सवारी साधन निर्माता टेस्लाले देशमा प्रवेशको तयारी गरिरहेको छ । भारत सरकारले केही साताअघि मात्रै भारतमा सेवा सञ्चालनका लागि स्टारलिंकलाई लेटर अफ इन्टेन्ट (एलओआई) जारी गरेको थियो । स्टारलिंकका उच्च पदाधिकारीहरु भारतमै पुगेर यो सम्झौता भएको हो ।  लाइसेन्सका लागि भारत सरकारले तय गरेका सर्त तथा निर्देशिकाअनुरूप व्यावसायिक सेवा सञ्चालन गर्न स्टारलिंक तयार भएपछि अनुमति दिइएको भारतीय सञ्चार माध्यमले उल्लेख गरेका छन् । अब स्टारलिंकले सेटलाइट इन्टरनेट सञ्चालन गर्न भारतमै कमाण्ड एण्ड कन्ट्रोल सेन्टरस्थापना गर्नुपर्नेछ ।  स्टार लिंकले नेपालमा पनि आउन खोजेको चर्चा भइरहेको छ । तर, सरकारको उदाशिनताले त्यो सम्भव हुन सकेको छैन । केही महिनाअघि मात्र स्टारलिंककी ग्लोबल लाइसेन्सिङ एन्ड मार्केटिङ डाइरेक्टर रेबेका हन्टरसहितको टोली नेपाल आएको थियो । टोलीले प्रधानमन्त्री केपी शर्मा ओली र सञ्चारमन्त्री पृथ्वीसुब्बा गुरुङसँग भेट गरेको थियो । त्यसपछि प्रधानमन्त्री केपी शर्मा ओली र मस्कबीच भर्चुअल सम्वाद पनि भएको थियो । त्यसपछि भने स्टारलिंक नेपाल आउने विषयमा कुनै चर्चा भएको छैन । 

ज्यालादारी कर्मचारी हटाएपछि पाँच स्वास्थ्य केन्द्र र एम्बुलेन्स सेवा बन्द

चितवन । राप्ती नगरपालिकाले ज्यालादारी कर्मचारी हटाएपछि पाँच स्वास्थ्य केन्द्र र एम्बुलेन्स सेवा बन्द भएको छ ।   नगरप्रमुख शमशेर लामाले स्रोतको अभावका कारण ७२ जना दैनिक ज्यालादारी कर्मचारी हटाइएसँगै स्वास्थ्यलगायत क्षेत्रमा समस्या उत्पन्न भएको बताए । विकट पहाडी गाउँमा रहेका कान्दा, कालीटार, वाकराङ, अमृतपानी र परेवाकोट स्वास्थ्य केन्द्र बन्द भएका छन् । ती क्षेत्र जिल्लाको पहाडी र सीमान्तकृत चेपाङ समुदायको बाक्लो बसोबास भएका स्थान हुन् । त्यहाँ कार्यरत स्वास्थ्यकर्मी हटेपछि स्वास्थ्य केन्द्र बन्द भएका हुन् । ज्यालादारीमा रहेका दुईजना एम्बुलेन्स चालक हटेपछि निःशुल्क सेवा दिँदै आएका दुईवटा एम्बुलेन्स पनि थन्किएका छन् । नगरप्रमुख लामाले नियमित परीक्षणका लागि क्यान्सर, मिर्गौला, मुटुलगायत बिरामीलाई अस्पतालसम्म निःशुल्क लैजाने काम प्रभावित भएको बताए ।   नगरपालिकाको भण्डारा अस्पतालका पाँचमध्ये तीन जना चिकित्सक हटाएपछि चौबीसघण्टे सेवा प्रभावित भएको छ । प्रमुख प्रशासकीय अधिकृत नहुँदा औषधि खरिद हुन नसकेर आंशिक रूपमा दिइएको सेवा पनि औषधिको अभावमा दुई दिनमा बन्द गर्न बाध्य हुने अवस्था आएको लामाले जानकारी दिए ।  

कमजोर मागले फरारीको दोस्रो ईभी २०२८ सम्मका लागि स्थगित

काठमाडौं । फरारीले आफ्नो दोस्रो पूर्ण रूपमा विद्युतीय मोडेल कम्तीमा २०२८ सम्मका लागि सारेको छ ।  उक्त मोडेल २०२६ मा आउने भनिएको थियो ।  उच्च प्रदर्शन लक्जरी विद्युतीय सवारीहरूको कमजोर मागका कारण यस्तो निर्णय गरिएको दुई जना नजिकका स्रोतहरूले रोयटर्सलाई बताए । पेट्रोल इन्जिनका लागि प्रसिद्ध फरारीले २०१९ देखि हाइब्रिड मोडेलहरू बेच्दै आएको छ र यस वर्ष अक्टोबरमा पहिलो विद्युतीय गाडी तीन चरणमा सार्वजनिक गर्ने योजना बनाएको छ, जसको विश्वस्तरीय सार्वजनिक प्रिमियर अर्को वर्षको हुनेछ । विद्युतीय गाडीमा आवाजको कमी र विद्युतीय ब्याट्रीहरूको भारीपनका साथै पेट्रोल इन्जिनको जस्तो निरन्तर शक्ति नहुनाले अटो निर्माता कम्पनीहरूका लागि चुनौतीपूर्ण बनेको छ ।  फरारीको गोप्य योजनाअनुसार दोस्रो विद्युतीय मोडेल सन् २०२६ को अन्त्यतिर ल्याउने भनिएको थियो । तर अब त्यो २०२८ भन्दा अघि नआउने स्रोतहरूले बताएका छन् । एक स्रोतका अनुसार विद्युतीय स्पोट्र्स गाडीका लागि वास्तविक र दिगो माग हाल छैन । स्रोतका अनुसार बजारमा चासो कम भएकाले फेरारीलाई दोस्रो विद्युतीय गाडीको लागि आफ्नै प्रविधि अझ विकसित गर्न समय मिल्नेछ, तर मुख्य कारण भने कमजोर माग नै हो । फरारीले यसबारे कुनै टिप्पणी गर्न मानेन । दुवै स्रोतहरूले विषयको संवेदनशीलताका कारण नाम गोप्य राख्न चाहे । फेरारीले दीर्घकालीन रूपमा विद्युतीय गाडी बेच्ने योजना सार्वजनिक गरिसकेको छ तर पहिलो विद्युतीय मोडेल बाहेक थप योजना कम्पनीले सार्वजनिक गरेको छैन । अन्य स्पोर्ट्स गाडी निर्माताहरूले पनि ग्राहकको चासोको अभावका कारण विद्युतीय योजनाहरू ढिलाइ गरेका छन् वा कटौती गरेका छन् । फरारीको इटालीयन प्रतिस्पर्धी ल्याम्बोर्घिनी (फक्सवागन समूहको एक हिस्सा) ले गत डिसेम्बरमा आफ्नो पहिलो विद्युतीय मोडेल २०२८ सट्टा २०२९ मा ल्याउने घोषणा गर्‍यो । जर्मनीको पोर्शेले पनि आफ्नो विद्युतीय मकान एसयूभी र टायकन मोडेलको कमजोर बिक्रीका कारण विद्युतीय योजनामा कटौती गरेको छ । यसै वर्ष स्टेलान्टिसको लक्जरी ब्रान्ड मासेराटीले आफ्नो एमसी २० स्पोट्र्स गाडीको विद्युतीय संस्करणको योजना रद्द गर्‍यो । इटालीको मारानेल्लोमा रहेको फरारी कम्पनीले दोस्रो विद्युतीय मोडेलको योजना दुई पटक ढिलाइ गरिसकेको छ । सुरुमा एक वर्षले सारेको थियो तर अहिले त्यो मोडेल २०२८ भन्दा पहिले आउने छैन । उसले उच्च प्रदर्शन विद्युतीय गाडीको माग हाल ‘शून्य रहेको समेत बताएको छ । स्रोतका अनुसार फरारीको दोस्रो विद्युतीय मोडेललाई कम्पनीले आफ्नो विद्युतीय रणनीतिका लागि वास्तविक परिवर्तनको रूपमा हेरेको छ भने पहिलो मोडेललाई कम मात्रामा उत्पादन हुने, सांकेतिक उपलब्धि हुने मोडेलका रूपमा लिएको छ जुन २०२६ मा सार्वजनिक हुनेछ । फरारीको पहिलो विद्युतीय मोडेल, जसलाई एप्पलका पूर्व मुख्य डिजाइन अधिकारी जोनी आइभले समेत सह-डिजाइन गरेका हुन्, यसको मूल्य ५ लाख अमेरिकी डलरभन्दा बढी हुने जनाइएको छ । स्रोतले यो मोडेललाई फरक किसिमको फेरारी मोडेल भएको बताउँदै आकारमा सामान्यभन्दा ठूलो हुने तर एसयूभी भने नहुने जनाएको छ । स्रोतका अनुसार दोस्रो विद्युतीय मोडेल फेरारीको साधारण मोडेलहरू जस्तै पाँच वर्षको अवधिमा ५ हजार देखि ६ हजार युनिट डेलिभर गर्ने रणनीतिसँग मिल्ने गरी डिजाइन हुनेछ, तर हाल ग्राहकको चासो कमजोर भएकाले त्यो दिगो छैन । फेरारीले अक्टोबर ९ मा लगानीकर्ताहरूका लागि नयाँ दीर्घकालीन व्यवसायिक योजना सार्वजनिक गर्नेछ । चिनियाँ अटो उद्योगले विद्युतीय बजारमा नयाँ कीर्तिमान राख्दै बीवाईडीविरुद्ध जीली र ग्रेट वाल एकजुट, मूल्य युद्धले तात्यो बजार