विकासन्युज

चिट चोर्ने, टिकटक बनाउने १२६ जनाको परीक्षा रद्द

काठमाडौं । माध्यमिक शिक्षा परीक्षा (एसईई)मा सहभागीमध्ये १२६ जना परीक्षार्थीको परीक्षा रद्द गरिएको छ । एसईईमा चिट चोर्ने, टिकटक बनाउने लगायत अन्य गैरकानुनी काम गर्ने १२६ जनाको परीक्षा रद्द गरिएको राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ ।  शुक्रबार सार्वजनिक गरिएको नतिजाअनुसार ३.६ देखि ४ जीपीए ल्याउने ४८ हजार १७७ जना, ३.२ देखि ३.६ जीपीए ल्याउने ८१ हजार ३८५ जना, २.८ देखि ३.२ जीपीए ल्याउने ८९ हजार १२४ जना, २.४ देखि २.८ जीपीए ल्याउने ४८ हजार ४७९ जना, २ देखि २.४ जीपीए ल्याउने ४ हजार १२६ जना, १.६ देखि २ जीपीए ल्याउने ८ जना रहेका छन् ।  यस वर्षको एसईईमा ६१।८१ प्रतिशत विद्यार्थी ग्रेडेड भएका छन् ।  

एसईई पूरक परीक्षा साउन २९ गतेदेखि हुने

काठमाडौं । एसईईको पूरक परीक्षा मिति तोकिएको छ ।  राष्ट्रिय परीक्षा बोर्डले २०८१ सालमा लिएको परीक्षाको नतिजा शुक्रबार प्रकाशित गर्दै पूरक परीक्षाको मिति पनि तोकेको हो ।  पूरक परीक्षा साउन २९ देखि हुनेछ भने कार्यतालिका पछि प्रकाशित गरिने बोर्डका अध्यक्ष डा महाश्रम शर्माले जानकारी दिए ।

गणितमा सबैभन्दा धेरै फेल, कुन प्रदेशमा कति पास भए ?

काठमाडौं । माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजामा ६१.८१ प्रतिशत ग्रेडेड भएका छन् । राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष डा. महाश्रम शर्माले गत वर्षको तुलनामा यसपटक एसईईको नतिजा बढेको बताए । गत वर्ष ४८ प्रतिशत विद्यार्थी कक्षा ११ पढ्न योग्य भएकोमा यस वर्ष बढेका हुन् । बोर्डले ४ लाख ३८ हजार ८९६ जनाको नतिजा प्रकाशित गरेका हो । जसमध्ये एसईईमा १ लाख ६७ हजार ५९७ परीक्षार्थी अनुतिर्ण भएका छन् । कुल परीक्षार्थीमध्ये २ लाख ७१ हजार २९९ जनामात्रै उत्तीर्ण भएका हुन् ।  शर्माका अनुसार कोशी प्रदेशमा ४७ हजार ८३५ जना, मधेश प्रदेशमा ५९ हजार ७४९ जना, बागमती प्रदेशमा १ लाख १९ हजार ५१७ जना, गण्डकी प्रदेशमा ४७ हजार ८४९ जना विद्यार्थी एसईई पास भएका छन् ।  यस्तै, लुम्बिनी प्रदेशमा ५७ हजार ६८७ जना, कर्णाली प्रदेशमा ४६ हजार ४५५ जना, सुदूरपश्चिम प्रदेशमा ५९ हजार ८०४ जना उतिर्ण भएको शर्माले बताए ।  विषयगत रूपमा हेर्दा सबैभन्दा धेरै विद्यार्थी गणितमा अनुत्तीर्ण अर्थात् ‘ननग्रेडेड’ भएका छन् । गणितमा १ लाख २८ हजार २१५ जना अनुत्तीर्ण भएका छन् । त्यसपछि अङ्ग्रेजीमा ननग्रेडेड हुने विद्यार्थीको सङ्ख्या ८० हजार ६७२ जना रहेको कार्यालयले जनाएको छ ।  यस्तै, विज्ञान र प्रविधिमा ७९ हजार २७१ जना अनुत्तीर्ण, नेपाली विषयको सैद्धान्तिक परीक्षामा ५४ हजार ७३५ जना र सामाजिक शिक्षामा ५३ हजार १८६ अनुत्तीर्ण भएको परीक्षा नियन्त्रण कार्यालयले जनाएको छ ।

एसईईको नतिजा सार्वजनिक, ६१.८१ प्रतिशत ग्रेडेड

काठमाडौं ।  माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा सार्वजनिक भएको छ । राष्ट्रिय परीक्षा बोर्डको शुक्रबार बसेको बोर्ड बैठकको निर्णयअनुसार एसईईको नतिजा सार्वजनिक गरेको हो ।  एसईईको नतिजामा ६१.८१ प्रतिशत ग्रेडेड भएको बोर्डले जनाएको छ । राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष डा. महाश्रम शर्माले गत वर्षको तुलनामा यसपटक एसईईको नतिजा बढेको बताए ।  उनका अनुसार ३.६ देखि ४ जीपीए ल्याउने ४८ हजार १७७ जना, ३.२ देखि ३.६ जीपीए ल्याउने ८१ हजार ३८५ जना, २.८ देखि ३.२ जीपीए ल्याउने ८९ हजार १२४ जना विद्यार्थी रहेका छन् ।  यस्तै, २.४ देखि २.८ जीपीए लयाउने ४८ हजार ४७९ जना, २ देखि २.४ जीपीए ल्याउने ४ हजार १२६ जना, १.६ देखि २ जीपीए ल्याउने ८ जना रहेको उनले जानकारी दिए ।  साथै, १२६ जना परीक्षार्थीको परीक्षा रद्द भएको छ भने अवगर्गीकृत परीक्षार्थीको संख्या १ लाख ६७ हजार ५९७ रहेको उनले बताए ।  यस वर्षको एसईईमा ५ लाख १४ हजार ७१ परीक्षार्थी सामेल थिए । गत वर्षको तुलनामा यस वर्षको परीक्षामा ४९ हजार २८६ जना बढी परीक्षार्थी सहभागी भएका हुन् । गत वर्षको एसईईमा ४ लाख ६४ हजार ७८५ परीक्षार्थी सहभागी थिए । यसरी हेर्न सकिन्छ रिजल्ट राष्ट्रिय परक्षिा बोर्डको वेभसाइट www.see.gov.np, राष्ट्रिय परक्षिा बोर्ड सानोठिमीको www.neb.gov.np, नेपाल टेलिकमको www.see.ntc.net.np, कान्तिपुर पब्लिकेशन, इडियू सञ्जाल प्रालिको www.see.edusanjal.com, इसेवा लिमिटेड see.esewa.com.np, खल्ती प्रालि https://khalti.com/, कलेज इन्फो नेपाल प्रालि collegeinfonepal.com/see, द कनेक्ट प्लस प्रालि https://www.theconnectplus.com, बाह्रखरी मिडिया प्राली www.12khari.com, कलेज नेपाल प्रालि https://www.collegenepal.com.see_result/, एनसेल आजियाटा लिमिटेड https://www.ncell.com.np/en , स्विफ्ट टेक्नोलोजी प्राली https://swifttech.com.np/see-result/, निमा एजुकेशन फाउण्डेशन https://result.neemaacademy.com र स्मार्ट कार्ड प्राली seemypay.com.np मार्फत पनि नतिजा हेर्न सकिने छ ।

गोङ्गबुमा यामाहा नेपालको नयाँ थ्री एस शोरुम, एउटै छाना मुनी सबै सेवा

काठमाडौं । यामाहा नेपालले काठमाडौंको गोङ्गबुमा नयाँ थ्रीएस फ्यासिलिटी (सेल्स, सर्भिस र स्पेयर पार्ट्स) भएको शोरुम मोटो क्राफ्ट्स प्रालिको उद्घाटन गरेको छ । टोखा नगरपालिकाका मेयर प्रकाश अधिकारी, एमएडब्ल्यू ग्रुप अफ कम्पनीका समूह निर्देशक गोपाल कुमार अग्रवाल र एमएडब्ल्यू राइड्स प्रालिका कार्यकारी निर्देशक तथा सीईओ दीपक कुमार अग्रवाल, टोखा नगरपालिका-९ का वडा अध्यक्ष राम भक्त घिमिरेको उपस्थितिमा शोरुमको उद्घाटन गरिएको हो ।  आधुनिक पूर्वाधार र दक्ष टिम सहितको मोटो क्राफ्ट्स प्रालिले अब यामाहाको विश्वसनीय थ्रीएस अनुभव एकै छानामुनि उपलब्ध गराउने कम्पनीले जनाएको छ । जसमा ग्राहकहरूले विस्तृत सेल्स कन्सल्टेसन र भर पर्दो आफ्टर सेल्स सर्भिस लिन र सक्कली स्पेयर पार्ट्सहरू एकै स्थानमा पाउन सक्ने समूह निर्देशक अग्रवालले बताए ।  ‘यामाहा पर्फर्मेन्स, भर पर्दो प्रविधि र इनोभेसनसँग जोडिएको ब्रान्ड हो । गोङ्गबुमा मोटो क्राफ्ट्स प्रालि सुरु गरेर हामीले नयाँ शोरुममात्र खोलेका छैनौँ, बरू यामाहाका प्रत्येक ग्राहकसम्म पुग्ने गरी हाम्रो उत्कृष्टताको प्रतिबद्धता फैलाइरहेका छौं । हामी सधैं पार्टनर र समुदायसँगै अगाडि बढ्नेमा विश्वास गर्छौ र यो शोरुम त्यसैको प्रतिबिम्ब हो,’ उनले भने ।  एमएडब्लु राइड्सका सीईओ अग्रवालले गोंगबुमा नयाँ थ्रीएस शोरुम सुरु गर्नु यामाहाका उत्कृष्ट उत्पादन र सेवाहरू ग्राहकको नजिक पुर्याउने प्रयास रहेको बताए । सधैं ग्राहकको सेवा, पूर्वाधार र प्राविधिक क्षमतामा उच्च मापदण्ड कायम गर्दै नेटवर्क विस्तारमा अग्रसर रहेको उनको भनाइ छ ।  मोटो क्राफ्ट्सका कार्यकारी निर्देशक सुरोज न्हेम्हाफुकीले मोटो क्राफ्ट्सबाट उच्च गुणस्तरका यामाहा दुई पाङ्ग्रे सवारी साधनको बिक्री मात्र नभई भर पर्दो आफ्टर सेल्स सर्भिस मार्फत पनि उत्कृष्ट सेवा दिने बताए । सेल्सदेखि सर्भिस हुँदै हरेक चरणमा ग्राहक सन्तुष्टि सुनिश्चित गरेर प्रत्येक राइडरसँग दीर्घकालीन विश्वास निर्माण गर्नु कम्पनीको उद्देश्य रहेको उनको भनाइ छ ।  शोरुमको शुभारम्भसँगै यामाहा नेपालले आफ्नो डिलर नेटवर्क अझ सशक्त बनाएको छ । अब गोंगबु र आसपासका ग्राहकले सजिलै यामाहाका मोटरसाइकल, स्कुटर, सर्भिस र स्पेयर पार्ट्स पाउन सक्नेछन् । एमएडब्लू राइड्स अन्तर्गतको यामाहा नेपालले भर पर्दो प्रविधि, इनोभेसन र ग्राहक सन्तुष्टिको प्रतिबद्धता मार्फत नेपाली दुई पांग्रे बजारको अगुवाइ गर्दै आएको छ । 

ढकाल र चीनको ग्वाङ्दोङ डिपार्टमेन्टका मन्त्रीबीच भेट, प्रविधि र नवप्रवर्तनमा सहकार्य गर्न आग्रह

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र प्रसाद ढकाल र चीनको ग्वाङ्दोङ प्रान्तीय युनाइटेड फ्रन्ट वर्क डिपार्टमेन्टका मन्त्री वाङ शीसँग भेटवार्ता गएको छ । चीनको ग्वाङ्दोङ प्रान्तीय पार्टी समितिका स्थायी समिति सदस्य समेत रहेका शीसँग महासंघ सचिवालय टेकुमा शुक्रबार भेटवार्ता भएको हो । भेटका अवसरमा दुवे देशको आर्थिक तथा कूटनीतिक सम्बन्ध,व्यापार लगानी तथा सहकार्यका विविध विषयमा छलफल भएको थियो । महासंघका अध्यक्ष ढकालले नेपाल र चीनबीच लामो र विश्वासिलो सम्बन्ध रहेको चर्चा गर्दै प्रविधि र नवप्रवर्तनका क्षेत्रमा सहकार्यका लागि आग्रह गरे । पर्यटन, पूर्वाधार, ऊर्जाजस्ता क्षेत्रमा चीनको सहयोगले नेपालको विकासमा महत्वपूर्ण टेवा पुगेको उल्लेख गर्दै अध्यक्ष  ढकालले व्यापार तथा लगानीका क्षेत्रमा नेपाल र ग्वाङ्दोङबीच सहकार्यको सम्भावना रहेको बताए । ‘ग्वाङ्दोङसंग व्यापार तथा लगानीको सम्भावना साथै विज्ञान र प्रविधिको क्षेत्रमा भएको अनुभव, र अहिले अन्तर्राष्ट्रिय तथा आन्तरिक साझेदारीहरू निर्माणमा देखाइएको सक्रियताले नेपाल र गुआङ्दोङबीच नयाँ सहकार्यका ढोका खोल्नेछ,’ अध्यक्ष ढकालले भने ।  नेपालको निजी क्षेत्रको प्रतिनिधिमूलक संस्था महासंघले व्यवसाय गर्न सहज वातावरण निर्माण गर्न गरेको पहलका बारे जानकारी दिँदै अध्यक्ष ढकालले महासंघको सक्रियतामा सरकारले हालै ३० भन्दा बढी कानुन संशोधन तथा परिमार्जन गरेको जानकारी दिए ।  नेपाल र चीनबीच द्विपक्षीय लगानी सम्झौताको आवश्यकतामा जोड दिँदै ढकालले भने, ‘यस्तो सम्झौताले कानुनी र संस्थागत संरचनालाई बलियो बनाउनेछ र चिनियाँ लगानीकर्ताहरूलाई नेपालमा लगानी गर्न प्रेरित गर्नेछ ।’  ऊर्जा, निर्माण, सूचना प्रविधि, पर्यटन, र कृषि प्रशोधनजस्ता क्षेत्रमा नेपालमा लगानीका राम्रो अवसरहरू रहेको उल्लेख गर्दै अध्यक्ष ढकालले ग्वाङ्दोङ सरकारसँग ती क्षेत्रका सम्भावित लगानीकर्ता र संघसंस्थासँग जोडिन सहयोग गर्न आग्रह गरे । संयुक्त उद्यम, व्यापार भ्रमण र ज्ञान आदानप्रदान कार्यक्रमहरूमा सहकार्य गर्न महासंघ तयार रहको उनको भनाइ छ ।  ग्वाङ्दोङ प्रान्तीय पार्टी समितिका स्थायी समिति सदस्य तथा युनाइटेड फ्रन्ट वर्क डिपार्टमेन्टका मन्त्री वाङ शीले नेपाल चीनबीच लामो आर्थिक, सामाजिक तथा सांस्कृतिक सम्बन्ध रहको चर्चा गर्दै नेपालको आर्थिक विकासमा चीन सधैं सकारात्मक रहेको बताए । चीनले प्रविधि तथा नवप्रवर्तनको क्षेत्रमा गरेको सफलतालाई नेपालको विकासमा साझेदारी गर्न आफुहरु तयार रहेको उनको भनाइ छ । चीनले प्रविधि तथा नवप्रवर्तनका क्षेत्रमा धेरै काम गरेको छ ।  ‘हाम्रो यो अनुभवबाट नेपालले पनि धेरै गर्न सक्छ । त्यो सहकार्यका लागि हामी तयार छौं । नेपालको खाद्य प्रशोधन,कृषि तथा पर्यटनमा सहकार्य गर्न सकिन्छ । नेपाल–ग्वाङ्दोङ आर्थिक सहकार्यको लागि आफुले पहल गर्नेछु,’ उनले भने । 

नेपाल एसबिआई मर्चेण्ट बैंकिङको सीईओमा सन्तोष भण्डारी नियुक्त

काठमाडौं । नेपाल एसबिआई मर्चेण्ट बैंकिङको प्रबन्ध सञ्चालक एवं प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सन्तोषकुमार भण्डारी नियुक्त भएका छन् । शुक्रबार बसेको सञ्चालक समितिको ७१औं बैठकले भण्डारीलाई सीईओमा नियुक्त गरेको हो । यसअघि उनले नेपाल एसबिआई बैंकको सुदूरपश्चिम प्रदेश कार्यालय प्रमुख, वित्त तथा योजना विभाग प्रमुख, लेखा परीक्षण विभाग अधिकृतको जिम्मेवारी सम्हालेका थिए ।  बैंकिङ तथा वित्तीय क्षेत्रमा १६ बर्ष भन्दा बढीको अनुभव सम्हालेका भण्डारी स्रोत तथा साधनको उच्चतम परिचालन तथा व्यवस्थापन गर्न सक्ने कुशल नेतृत्व हुन् । नेपाल एसबिआई बैंकको पूर्ण स्वामित्व रहेको सहायक कम्पनीको रूपमा स्थापित नेपाल एसबिआई मर्चेण्ट बैंकिङको चुक्ता पुँजी २० करोड रुपैयाँ रहेको छ । 

अबदेखि इसीडी दुई वर्षको हुने

काठमाडौं । सामुदायिक र निजी विद्यालयको प्रारम्भिक बालविकास समिति (इसीडी) दुई वर्षको हुने भएको छ । प्रतिनिधिसभाको शिक्षा स्वास्थ्य तथा सूचना प्रविधि समितिको शुक्रबार बसेको बैठकमा यस्तो सहमति भएको हो। अब पूर्व प्राथमिक शिक्षालाई दुई वर्षभन्दा भन्दा बढी अवधि नहुने गरी सञ्चालन गर्न नपाउने प्रावधान सर्वसम्मत रुपमा पारित गरेको हो ।  त्यस्तै, बाल सहजकर्ताको रूपमा काम गर्ने सहजकर्ता कम्तीमा १२ कक्षा पढेको हुनु पर्ने प्रावधान राखिएको छ । उनीहरूलाई दिने सुविधा स्थानीय कानुनमा भए बमोजिम दिनु पर्ने भनेको छ ।   अहिले कार्यरत शिक्षकलाई आयोगले लिने परीक्षामा उमेर हद नलाग्ने व्यवस्था गरेको छ । इसीडी शिक्षकको वृद्धि विकासको विषय भने टुङ्गो लागेको छैन ।  समिति सभापति अम्मरबहादुर थापाले कानुन मन्त्रालयलाई वृद्धि विकासको आधार तय गरेर समितिमा पेश गर्न निर्देशन दिएका छन् ।