विकासन्युज

नाइमा मोबिलिटी एक्स्पोमा बीवाईडी सिगल सार्वजनिक, मूल्य २८.९५ लाखदेखि सुरु

काठमाडौं । नेपालका लागि बीवाईडी अटो इन्डस्ट्रीको आधिकारिक बिक्रेता साइमेक्स इंक प्रालिले नयाँ इलेक्ट्रिक ह्याचब्याक 'बीवाईडी सिगल' सार्वजनिक गरेको छ । नाइमा मोबिलिटी एक्स्पोमा कम्पनीले उक्त गाडी सार्वजनिक गर्दै यसको सुरुवाती मूल्य २८.९५ लाख रुपैयाँ तोकेको छ । साइमेक्सका अध्यक्ष अनिल श्रेष्ठ, प्रबन्ध निर्देशक यमुना श्रेष्ठ, सीईओ साजन श्रेष्ठ र ब्राण्ड एम्बेसडर हरिवंश आचार्यले संयुक्त रूपमा गाडीको अनावरण गरे । बीवाईडी सिगल दुई भेरियन्टमा उपलब्ध छस् डाइनामिक र प्रिमियम। डाइनामिक भेरियन्टले एक पटकको फुल चार्जमा २३० किलोमिटर र प्रिमियम भेरियन्टले ३०० किलोमिटरको रेन्ज प्रदान गर्ने कम्पनीले जनाएको छ।  नवीनतम डिजाइन, आकर्षक मूल्य र दिगोपनलाई एकसाथ समेटेको बीवाईडी सिगलले नेपाली शहरी क्षेत्रका ग्राहकहरूलाई विशेष लक्षित गरेको छ। अन्तर्राष्ट्रिय बजारमा यो गाडीले 'वर्ल्ड कार अवार्ड' जस्ता प्रतिष्ठित पुरस्कार जित्नुका साथै १ मिलियनभन्दा बढी युनिट बिक्री भइसकेको जानकारी कार्यक्रममा दिइएको थियो । कार्यक्रममा बोल्दै ब्राण्ड एम्बेसडर तथा वरिष्ठ कलाकार हरिवंश आचार्यले आफूले साढे दुई वर्षदेखि बीवाईडीको गाडी प्रयोग गरिरहेको र अहिलेसम्म कुनै समस्या नआएको बताए ।   उनले भने,  'मैले यो गाडीलाई कठिन ठाउँहरूमा पनि लगेको छु, तर यसको प्रदर्शन र विश्वसनीयताले मलाई कहिल्यै निराश पारेन । बीवाईडी फ्याक्ट्रीको भ्रमणपछि म यसको प्रविधि र गुणस्तरप्रति झनै विश्वस्त भएको छु ।' त्यस्तै, कार्यक्रममा उपस्थित अर्का व्यक्तित्व सुदिप गिरीले आफू लामो समयदेखि इलेक्ट्रिक गाडीको प्रयोगकर्ता भएको र बीवाईडीको प्रविधिप्रति विश्वस्त भएर नै यो ब्राण्ड रोजेको बताए । यस्तै, अश्मी श्रेष्ठले बीवाईडी चीनमा नम्बर एक ब्राण्ड भएको र यसको उत्पादन प्रक्रिया र गुणस्तर अन्तर्राष्ट्रिय स्तरको रहेको आफ्नो अनुभव सुनाइन् ।  उनले भनिन्, 'बीवाईडीले हरेक मूल्य श्रेणीका लागि गाडी उपलब्ध गराएको छ र सिगलको आगमनले ग्राहकलाई थप विकल्प दिएको छ । म सबैलाई ढुक्क भएर बीवाईडी खरिद गर्न आग्रह गर्दछु ।' आकर्षक मूल्य र उत्कृष्ट फिचरहरूका साथ सार्वजनिक भएको बीवाईडी सिगलले नेपाली इलेक्ट्रिक गाडी बजारमा नयाँ तरंग ल्याउने कम्पनीको विश्वास छ।  

सशस्त्र प्रहरीद्वारा ११ करोड बढी राजस्व संंकलन

दोधारा चाँदनी । सशस्त्र प्रहरी बल नेपाल नम्बर ३५ गणले आर्थिक वर्ष २०८१/८२ मा भन्सार छलीको सामानबाट ११ करोड ३२ लाख ७६ हजार ८७५ बराबर रुपैयाँको राजस्व संकलन गरेको छ ।  सशस्त्र प्रहरीले अघिल्लो आर्थिक वर्षको तुलनामा झण्डै तीन गुणा बढी राजस्व संकलन गरेको हो । सशस्त्र प्रहरी बल नेपाल नम्बर ३५ गण झलारीका प्रमुख सशस्त्र प्रहरी उपरीक्षक लाकेन्द्रदेव भट्टले अघिल्लो आवको तुलनामा अवैध रुपमा भन्सार छली चोरी नेपाल भित्र्याएका भन्सार छलीका सामान बरामद गरी कारबाही लागि भन्सार कार्यालय बुझाएको जानकारी दिए ।  उनका अनुसार आव २०८०/८१ मा चार करोड ७६ लाख ७९ हजार ४०० रुपैयाँ बराबरको भन्सार छलीका सामान बरामद गरिएको थियो । 'सीमानाकाबाट हुने अवैध चोरी पैठारी नियन्त्रणमा कठडाइ गरेका छौँ', सशस्त्र प्रहरी उपरीक्षक भट्टले भने, 'अघिल्लो आवको तुलनामा झण्डै तेब्बर मूल्य बराबरको भन्सार छलीका सामान बरामद गरेका छौँ ।' उनले कञ्चनपुर जिल्लामा सिमानाकामा १८ वटा विओपी पोष्ट र तीन वटा सुरक्षा गुल्म रहेको बताए ।   

सिरियामाथि अमेरिकाको ‘४१ प्रतिशत ट्यारिफ’ , सिरियाको ‘पुन:निर्माण यात्रा’ असजिलो बनाउँदै ट्रम्प

काठमाडौं । मे महिनामा रियाधको रिट्ज-कार्ल्टन होटलमा जमघट भएको भीडलाई सम्बोधन गर्दै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले दशकौंदेखि लागू रहेका सिरियामाथिका अमेरिकी प्रतिबन्धहरू पूर्णरूपमा हटाउने घोषणा गरेर सबैलाई चकित पा‍रे । ‘अब उनीहरूको चम्किने समय आएको छ !  शुभकामना सिरिया,’ ट्रम्पले भनेका थिए । तर तीन महिनाभित्रै ट्रम्प प्रशासनले सिरियामाथि विश्वकै सबैभन्दा उच्च आयात शुल्क लगायो- ४१ प्रतिशत । यद्यपि अमेरिकी प्रतिबन्धहरूका कारण सिरियाको अमेरिकासँगको व्यापार सानो छ, केही सीमित व्यापार भने अझै जारी छ । आर्थिक जटिलताको अवलोकन संस्था अनुसार २०२३ मा सिरियाले १ करोड १३ लाख अमेरिकी डलरको सामान अमेरिका निर्यात गरेको थियो भने १२ लाख ९० हजार डलर बराबरको अमेरिकी सामान आयात गरेको थियो । यस अनुसार अमेरिका सिरियासँग व्यापार घाटामा देखिन्छ । ट्रम्पले यस्तो ट्यारिफ व्यापार असन्तुलन सन्तुलन गर्नका लागि लिएको बताए । यो दर प्रत्येक मुलुकमा अप्रिलमा गरिएको व्यापार घाटा आधारित मूल्याङ्कनमा आधारित थियो जसलाई व्यापक आलोचना गरिएको थियो । तर ट्रम्पले विशेष रूपमा सिरियाको सन्दर्भमा कुनै टिप्पणी गरेका छैनन् । तर, १३ वर्ष लामो गृहयुद्धपछि नयाँ र कमजोर सरकारको नेतृत्वमा पुन : निर्माणको प्रयास गर्दैगरेको सिरियालाई थप सहयोग चाहिएको विश्लेषकहरू बताउँछन् ।  ‘वर्षौंको विनाशकारी गृहयुद्धपछि देशलाई पुन: निर्माण र विकासको कठिन यात्राको थालनीका लागि ठूलो मात्रामा प्रत्यक्ष वैदेशिक लगानीको आवश्यकता छ,’ गल्फ स्टेट एनालिटिक्सका प्रमुख जियोर्जियो काफिएरोले सीएनबीसीसँग भने । ‘अमेरिका, बेलायत र युरोपेली संघद्वारा हालैका केही प्रतिबन्धहरू हटाइएका घटनालाई आर्थिक दृष्टिकोणले सकारात्मक मानिएको भए तापनि अहिले अमेरिकाद्वारा लगाइएको उच्च ट्यारिफले सिरियाको अमेरिका सँगको सम्भावित व्यापारलाई रोक्न सक्छ,’ उनले थपे । सन् १९७९ देखि अमेरिका सरकारले सिरियालाई ‘आतंकवादलाई समर्थन गर्ने राष्ट्र’  को सूचीमा राखेको थियो । सन् २००४ र २०११ मा राष्ट्रपति बशर अल–असदले सरकार विरोधी आन्दोलनमाथि हिंसात्मक दमन गरेपछि थप प्रतिबन्धहरू लगाइएका थिए । पछिल्लो १४ वर्षमा देश गृहयुद्ध, साम्प्रदायिक हिंसा र इस्लामिक स्टेटको कब्जा र त्यस विरुद्धको पश्चिमी गठबन्धनद्वारा गरिएका हवाई आक्रमणबाट ध्वस्त भएको छ । २०२४ को डिसेम्बरमा असद शासनलाई विपक्षी लडाकु समूहहरूले अकल्पनीय तरिकाले सत्ताच्युत गरेपछि सिरियामा नयाँ युगको सम्भावना देखिएको हो । हाल सिरियाको नेतृत्व पूर्व अल–कायदा सदस्य तथा आफूलाई ‘परिवर्तित’ बताउने अहमद अल–शराआले गरिरहेका छन् । यद्यपि विभिन्न अन्तर्राष्ट्रिय प्रतिबन्धहरू अझै लागू छन्, तीमध्ये अमेरिकी प्रतिबन्धहरू सबैभन्दा कडा मानिन्छन्, किनकि तिनीहरूले तेस्रो पक्षलाई समेत प्रभाव पार्छन् । जसले अन्य देश र संस्थाहरूलाई सिरियासँग कारोवार गर्न हतोत्साहित गर्छ । पुन: निर्माणको प्रयास र कठिनाइ ट्रम्पले प्रतिबन्धहरू औपचारिक रूपमा हटाएपछि सिरियाले अमेरिका र खाडी मुलुकहरूका प्रतिनिधिमण्डलहरूलाई स्वागत गर्‍यो, जसले पुन: निर्माणका लागि लगानी र सहयोगको आश्वासन दिएका थिए । तर देश अझै साम्प्रदायिक झडप र इजरायली बमबारीले पीडित छ । सहायता संस्थाहरू अनुसार सिरियाको दुईतिहाइभन्दा बढी विद्युत् संरचना अव्यवस्थित छ । अलेप्पो र दमास्कसजस्ता प्रमुख सहरहरू दिनको २० घण्टाभन्दा बढी ब्ल्याकआउटमा रहने गरेका छन् । ग्रामीण तथा द्वन्द्वग्रस्त क्षेत्रमा त विद्युत नै छैन । ‘यो त्यस्तो अर्थतन्त्र हो जुन संघर्षमा मात्र होइन, लगातार ध्वस्त हुँदै गएको छ । अब सहयोग बिना बाँच्न सक्दैन,’ लन्डनस्थित रोयल युनाइटेड सर्भिसेस इन्स्टिच्युटका वरिष्ठ अनुसन्धाता एच।ए। हेलियरले भने । कतारको सहयोग र अमेरिकी दबाब कतारले हालै एक परियोजना घोषणा गर्‍यो, जसअनुसार अजरबैजान र टर्कीमार्फत ग्यास सिरियामा पुर्‍याइनेछ । यसले ५० लाखभन्दा बढी जनतालाई ४० प्रतिशतसम्म बढी दैनिक विद्युत् आपूर्ति गर्न सक्ने अनुमान गरिएको छ। कतार विकास कोषका महानिर्देशक फाहद अल–सुलैतीले भने अनुसार दमास्कसले कतार, साउदी अरब र संयुक्त राष्ट्रसंघबाट सहयोगको लागि भरपूरमात्रामा निर्भर गर्नुपर्नेछ । ट्यारिफले अमेरिकासँगको लाभदायक व्यापार सम्बन्धको सम्भावना घटाएको उनले बताए । ‘हामी अमेरिकासँग निकै नजिकबाट काम गर्छौं।।। पहिलो दिनदेखि नै ट्रेजरी डिपार्टमेन्ट सँग समन्वय गरेर राम्रो आर्थिक प्रणाली बनाउने प्रयास गर्दै आएका छौं,’ उनले सीएनबीसीसँग भने । नयाँ सरकारमाथि अंकुश लगाउने प्रयास ? अर्थशास्त्रीहरू भन्छन्, ‘४१ प्रतिशत ट्यारिफले व्यावहारिक हिसाबले धेरै असर पार्दैन, किनकि अमेरिका र सिरियाको व्यापार अत्यन्त न्यून छ ।’ ‘तर यसको प्रतीकात्मक प्रभाव ठूलो छ,’ काफिएरोले भने । ‘अझै धेरै प्रतिबन्ध हटाइए पनि, सिरियामाथि सबैभन्दा उच्च ट्यारिफ लगाइनु ट्रम्प प्रशासनबाट स्पष्ट सन्देश हो– वाशिंगटन सिरियामाथिको आफ्नो आर्थिक नियन्त्रण खुकुलो बनाउन तयार छ, तर आफ्नै सर्तमा मात्र,’ उनले थपे। काफिएरोका अनुसार यो नीति सिरियालाई इजरायलसँग सम्बन्ध सुधार गर्न दबाब दिने उपाय पनि हुन सक्छ । इजरायलले सिरियाको केही भूभाग कब्जा गरिरहेको छ । ‘यस अर्थमा यो आर्थिक नीति एउटा ‘डोरी’ जस्तै हो, जुन राजनीतिक व्यवहार र अवस्थाको आधारमा कसिने वा फुकाइनेछ,’ उनले भने । सुरक्षा विश्लेषकहरू चेतावनी दिन्छन् कि यदि सिरियाले आर्थिक, मानवीय र कूटनीतिक समर्थन नपाए भने देश पुनः युद्धतर्फ फर्कन सक्छ । अमेरिकी दूत टम बाराकले सिरिया र अल-शराआ सरकारप्रति पूर्ण समर्थन जनाएका छन् र अमेरिका तथा कतारबाट संयुक्त लगानी परियोजनाहरू घोषणा गरिसकेका छन् । तर, ट्रम्प प्रशासनले लगाएको ट्यारिफप्रति उनी स्वयम् सहमत छन् कि छैनन् भन्ने स्पष्ट छैन ।  अन्ततः, यी ट्यारिफहरूले तत्काल ठूलो आर्थिक असर नपार्न सक्छन्, तर ‘तिनीहरूको मनोवैज्ञानिक र कूटनीतिक प्रभावलाई सानो ठान्न नहुने काफिएरो बताउँछन् । ‘मलाई लाग्छ यी ट्यारिफहरूले वाशिंगटनले सिरियाको भविष्यमा प्रभाव जमाइराख्ने चाहना जनाउँछ,’ उनले भने । ट्रम्पको ट्यारिफले गरिबदेखि धनी राष्ट्र सबै चपेटामा, अमेरिकालाई पनि अतिरिक्त बोझ  

३५ दिनका लागि ४० अर्ब निक्षेप संकलन गर्दै राष्ट्र बैंक

काठमाडौं । राष्ट्र बैंकले बुधबार ४० अर्ब निक्षेप खिच्दैछ । निक्षेप संकलन उपकरण बोलकबोलमार्फत राष्ट्र बैंकले ४० दिनका लागि सो निक्षेप खिच्न लागेको हो ।   अहिले कुल निक्षेप ७१ खर्ब माथि पुगेको छ ।  निक्षेप बढेको बढ्यै गर्दा अनलाइन खरिद प्रणालीमार्फत बोलकबोल गर्न लागिको हो । ब्याजदर बोलकबोलको माध्यमबाट निर्धारण हुनेछ भने आज बोलकबोल हुने निक्षेप संकलन उपकरणको सावाँ तथा ब्याज २०८२ भदौ २५ गते भुक्तानी हुने राष्ट्र बैंकले जानकारी दिएको छ ।   बोल गर्न सकिने रकम न्युनतम १० करोड रुपैयाँ र अधिकतम ५ करोड रुपैयाँले भाग गर्दा निःशेष भाग जाने गरी कुल आह्वान रकमसम्म हुनेछ । बोलकबोलमा राष्ट्र बैंकबाट इजाजतप्राप्त क, ख र ग वर्गका बैंक तथा वित्तीय संस्थामात्र सहभागी हुन पाउनेछन् ।  बैंकिङ प्रणालीमा अधिक तरलता भएपछि चालु आर्थिक वर्ष २०८२/८३ शुरुवातबाट नै राष्ट्र बैंकले निरन्तर तरलता खिच्दै आएको छ । राष्ट्र बैंकले तरलता व्यवस्थापन, मुद्रास्फीति नियन्त्रण, मौद्रिक नीति कार्यान्वयन गर्न, ब्याजदरमा सन्तुलन ल्याउन, वित्तीय प्रणालीमा स्थायित्व ल्याउन, सरकारी ऋण व्यवस्थापन गर्न निक्षेप संकलन गर्ने गरेको छ । यस्तै बैंकहरूले अत्यधिक कर्जा प्रवाह नगरोस् भनेर नियन्त्रण गर्न  लगानी बजारमा असन्तुलन आउन नदिन र आर्थिक अस्थिरता रोक्न समेत निक्षेप संकलन गर्ने गरेको छ ।   

सडक विकास अब केवल परिकल्पना होइन, व्यवहारमा रूपान्तरण गर्दैछौं : अर्थमन्त्री

काठमाडौं । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले धुलो र हिलो रहित सडक पूर्वाधार निर्माणलाई सरकारले उच्च प्राथमिकतामा राखेको बताएका छन् । बुधबार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।  उनले सरकारले सडक पूर्वाधारको सन्दर्भमा धुलो र हिलो रहित सडकको मात्रै परिकल्पना नगरेको भन्दै त्यसलाई व्यवहारिक रुपमा सार्थक तुल्याउने काममा सरकार लागेको जिकिर गरे । सरकारले गुणस्तरीय सडक निर्माणमा जोड दिइरहेको पनि बताए । सरकारले पूर्वपश्चिम राजमार्गको सडक स्तरोन्नति गरिरहेको, मध्यपहाडी लोकमार्गको काम पनि भइरहेको जानकारी गराए ।  आवश्यक परेका ठाउँमा नीतिहरु संशोधन गर्ने काममा पनि सरकार लागिरहेको बताए । उनले बजेट निर्माणमा दिनुभएको सुझाव जस्तै  प्रभावकारी कार्यान्वयनमा पनि त्यत्तिकै जोड दिन आग्रह गरे । पछिल्लो समय अर्थतन्त्रको सबै सूचकहरुमा सकारात्मक सुधार भइरहेको बताए ।  उपप्रधानमन्त्री पौडेलले भने, ‘गुणस्तरीय सडक पूर्वाधार बिना हामीले हामीले जस्तोसुकै प्रदर्शनीको पनि सही सदुपयोग हुन सक्दैन । त्यसकारणले अहिले सरकारले गुणस्तरीय सडक पूर्वाधारलाई महत्व दिएको छ । हामीसँग पूर्व-पश्चिम राजमार्ग छँदै थियो । तर त्यो पूर्व-पश्चिम राजमार्गले हाम्रो चित्त बुझेन । हाम्रो आवश्यकता सम्बोधन गरेन । त्यसअर्थ हामीले त्यसलाई स्तरोन्नति गर्दैछौँ ।’ उपप्रधानमन्त्री पौडेलले पौडेलले सडक पूर्वाधार सरकारको प्राथमिकताको विषयमा रहेको बताए । तीन वर्षभित्र सरकारले उच्च प्राथमिकताका साथ भृकुटीमण्डपमा अन्तर्राष्ट्रिय स्तरको प्रदर्शनी स्थल निर्माण गर्ने बताए । टुकुचादेखि पश्चिमको भूभागमा रहेका संरचनाहरु भत्काएर अत्याधुनिक, व्यवस्थित र आकर्षक प्रदर्शनी स्थल बन्ने जानकारी दिए ।

म्याक्ससको मिफा सेभेन विशेष अफरसहित आजदेखि बिक्री सुरु

काठमाडौं । नेपालको अटोमोबाइल बजारमा नयाँ इलेक्ट्रिक एमपीभी म्याक्ससको मिफा सेभेन बुधबारबाट औपचारिक रूपमा सार्वजनिक भएको छ । भृकुटीमण्डपमा सुरु भएको नाइमा मोबिलिटी एक्स्पोमा या ईभी लञ्च भएको हो ।  सात सिट क्षमताको यो लक्जरी एमपीभीलाई म्याक्ससको नेपालका लागि आधिकारिक वितरक हिमालय मोट्रक्सले भित्र्याएको हो ।  चाइनाको प्रख्यात एसएआईसी मोटर ग्रुपअन्तर्गतको म्याक्सस ब्रान्डको यो गाडी अत्यन्त सुविधायुक्त प्रिमियम गाडीमा गनिन्छ । केही समयअघि पहिला म्याक्सस ब्रान्डकै लक्जरी ई-टेरोन नाइन पिकअप समेत नेपालको मनाङ जिल्लामा लगेर लन्च गरिएको थियो।  हिमालयन मोट्रक्स हिमालय अर्गनाइजेसन अन्तर्गतको कम्पनी हो जुन अर्गनाइजेसन विगत ३० वर्षदेखि नै नेपालमा विभिन्न ब्राण्डका सवारीसाधनहरू आयात तथा विक्री वितरण गर्दै आइरहेको छ।  मिफा सेभेन नेपालमा प्रिमियम कार चढ्‌नेहरूको लागि अत्यन्त उपयुक्त हुने कम्पनीको दाबी छ ।  एक्सोभरि मिफा बुक गर्ने ग्राहकहरूलाई २० लाख रुपैयाँ र ई-टेरोन पिकअप बुक गर्नेलाई ५ लाख रुपैयाँ नगद छुट लगायत अन्य विशेष अफरहरू रहेका छन् । मिफा सेभेनको मूल्य १ करोड २५ लाख रुपैयाँ र ई-टेरोन डबल क्याब इलेक्ट्रिक पिकअपको मूल्य करोड साख १९ हजार रहेको कम्पनीले जनाएको छ । १० किलोवाट आवर ब्याट्री क्षमता रहेको मिफा सेभेनले डिसी फार्स्ट चार्जर सर्पोट गर्छ । यो गाडी ३० मिनेटमा ३० देखि ८० प्रतिशतसम्म चार्ज हुने कम्पनीको दावी छ। कन्ट्रोलजस्ता सुरक्षा फिचर्सका साधे यो गाडीले यूरो एनक्याप, सी(एनक्याप, ए(एनक्यापमा ५ स्टार रेटिङ पाएको छ । यस गाडीको ९० किलावाटको उच्च क्षमताको ब्याट्रीले ६३५ किमीसम्मको रेन्ज दिने दावी कम्पनीको छ ।

१३ करोडमा चन्द्रकोट अस्पताल निर्माण सम्पन्न, सेवा पाउन बुटबल धाउनुपर्ने बाध्यता

तम्घास । 'म आफैँलाई मधुमेह (सुगर) छ, नियमित जाँच र औषधि लिन बुटबल जानुपर्छ', चन्द्रकोट गाउँपलिका–६ हरेवाकी लीलमाया शर्माले भनिन्, 'घरैअगाडि १५ शय्याको अस्पताल बनेको छ, सञ्चालनमा नआउँदा सेवा लिन पाइएको छैन ।' शर्माले अस्पताल बनाउने समयमा आफूहरूले गरिखाने खेत माया मारेर अस्पतालका लागि जग्गा दिए पनि अहिले सञ्चालनमा नआउँदा दुःख लागेको बताइन् । उनको घरबाट नवनिर्मित १५ शय्याको चन्द्रकोट अस्पताल पाँच मिनेटभन्दा कम दूरीमा छ । तर निर्माण सम्पन्न भएपछि आफूहरू अस्पताल सञ्चालनकै पर्खाइमा हुँदा शर्माले त्यसको उपभोग गर्न पाएकी छैनन् । उनले नजिकैको अस्पताल सञ्चालनमा आए आफूजस्ता अन्यलाई पनि औषधि लिनका लागि बुटबलसम्म आवतजावत गर्ने समय र पैसाको बचत हुने बताइन् ।  'अस्पताल छिटो सञ्चालनमा आउनुपर्छ', शर्माले भने । उनले निःशुल्क रूपमा चारआना जग्गा पनि प्रदान गरेकी थिइन् । विसं २०७७ मङ्सिर १५ मा देशभरका तीन सय ९६ पालिकामा एकैसाथ पाँच, १० र १५ शय्याका आधारभूत अस्पतालको शिलान्यास गरिएको थियो । जसमा चन्द्रकोट गाउँपालिका–६ मा १५ शय्याको आधारभूत अस्पतालको तत्कालीन परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले शिलान्यास गरेकी थिइन् । हाल अस्पताल निर्माण सम्पन्न भएपछि चन्द्रकोटवासी सञ्चालनको पर्खाइमा छन् ।    स्थानीय कुमारबहादुर सार्कीले अस्पताल सञ्चालन नहुँदा उपचारका लागि पाल्पा वा बुटबल धाउनुपर्ने बाध्यता रहेको बताइन् । उनले अस्पताल सञ्चालनका लागि प्रदेश र केन्द्र सरकारले पनि ध्यान दिनुपर्ने बताइन् ।  उनले भनिन्, 'यति ठूलो अस्पताल पालिका एक्लैले सञ्चालन गर्न सक्दैन, प्रदेश र केन्द्र सरकारले पनि सहयोग गर्नुपर्छ ।' चन्द्रकोट गाउँपालिका–६ मा रु १३ करोड ६६ लाखको लागतमा १५ शय्याको भवन निर्माण गरिएको हो । चन्द्रकोटमा अस्पतालका साथसाथै चिकित्सक बस्ने दुईतले आवास भवन पनि निर्माण गरिएको छ ।   गाउँपालिका अध्यक्ष युवराज केसीले अस्पताल सञ्चालनका लागि चिकित्सकको विज्ञापन खुलाउने गरी बजेट स्वीकृत गरिएको बताए । रासस

फोर्थिङ ‘फ्राइडे’ ईभी नेपालमा सार्वजनिक, नाइमा मोबिलिटी एक्स्पोमा विशेष छुट

काठमाडौं । नेपालको अटोमोबाइल बजारमा नयाँ इलेक्ट्रिक एसयूभी फोर्थिङ ‘फ्राइडे’  बुधबारबाट औपचारिक रूपमा सार्वजनिक भएको छ । डङफेङ ग्रुप अन्तर्गतको यस गाडीलाई नाइमा मोबिलिटी एक्स्पोको अवसर पारेर विशेष लन्चिङ अफरसहित बजारमा ल्याइएको हो । कम्प्याक्ट एसयूभी सेग्मेन्टमा सबैभन्दा ठूलो र फराकिलो मानिएको यो गाडीलाई 'बिगर एसयूभी'को रूपमा पनि हेरिएको छ । सन् २००१ देखि नै स्थापित र विश्व बजारमा आफ्नो पहिचान बनाइसकेको फोर्थिङ ब्रान्डको फ्राइडे मोडल अब नेपाली ग्राहकका लागि पनि उपलब्ध भएको हो । फोर्थिङ फ्राइडेले आफूलाई एक लक्जरियस एसयूभीको रूपमा प्रस्तुत गरेको छ । यसमा प्रिमियम फिचरहरू रहेका छन् । यो गाडी नेपालमा उपलब्ध अन्य ईभीहरूमध्ये सबैभन्दा ठूलो ब्याट्री प्याक भएकोमध्ये एक हो । यसमा ६४ किलोवाट आवरको ब्याट्री छ, जसले एक पटकको पूर्ण चार्जमा ४०० किलोमिटरभन्दा बढीको रेन्ज दिने कम्पनीले जनाएको छ । फोर्थिङ फ्राइडे विशेषगरी सहरी र राजमार्गका लागि उपयुक्त भए पनि सामान्य अफरोडका लागि पनि सक्षम रहेको बताइएको छ । यो फोर-ह्विल ड्राइभ नभए पनि नेपालका मध्यम स्तरका कच्ची बाटोहरूमा पनि सहजै चल्न सक्ने  कम्पनीको दावी छ । नाइमा मोबिलिटी एक्स्पोको अवसरमा कम्पनीले यस गाडीमा विशेष छुटको घोषणा गरेको छ । सुरुवाती मूल्यबाट ४ लाख रुपैयाँ घटाएर यसको स्टार्टिङ भेरिएन्ट ४८ लाख ९६ हजार रुपैयाँमा उपलब्ध गराइएको छ । यो अफर केवल मोबिलिटी एक्स्पो अवधिभरका लागि मात्र लागू हुनेछ ।