विकासन्युज

प्रोटेक्टिभ माइक्रो इन्स्योरेन्सले आईपीओ जारी गर्ने, प्रत्याभूतिकर्ता नियुक्त

काठमाडौं । प्रोटेक्टिभ माइक्रो इन्स्योरेन्सले आईपीओ जारी गर्ने भएको छ । कम्पनीले २२ लाख ५० हजार कित्ता सेयर जारी गर्न लागेको हो । सेयर जारी गर्नका लागि प्रत्याभूतिकर्ताको रूपमा कम्पनीले लक्ष्मी सनराइज क्यापिटल लिमिटेडलाई नियुक्त गरेको छ । सम्झौतामा लक्ष्मी सनराइज क्यापिटलका प्रमुख कार्यकारी अधिकृत (सीईओ) विजयलाल श्रेष्ठ र प्रोटेक्टिभ माइक्रो इन्स्योरेन्सका सीईओ नरेशकुमार रोकाले हस्ताक्षर गरे । निर्जीवन लघुबीमा कम्पनीको रूपमा २०८० जेठ ८ गतेबाट व्यवसाय सञ्चालन स्वीकृति प्राप्त गरेको प्रोटेक्टिभ माइक्रो इन्स्योरेन्सले सोही वर्ष असार ३१ गतेदेखि बीमालेख जारी गर्दै आएको छ ।  कम्पनीले बीमाको पहुँच बाहिर रहेका सीमान्तकृत तथा न्यून आय भएका समुदायलाई सहज पहुँचयुक्त निर्जीवन बीमा सेवा प्रदान गर्दै आर्थिक जोखिम व्यवस्थापन र अप्रत्याशित घटनाविरुद्ध सुरक्षा दिँदै आएको छ । लक्षित वर्गको आवश्यकता र आकांक्षालाई ध्यानमा राखी कम्पनीले विभिन्न लघुबीमालेखहरू मार्फत उपयुक्त बीमा विकल्प उपलब्ध गराउँदै आएको छ ।  हाल प्रोटेक्टिभ माइक्रो इन्स्योरेन्सले सातै प्रदेशका ३३ कार्यालयमार्फत सेवा दिइरहेको छ ।

मदन भण्डारी र पूर्वाञ्चल विश्वविद्यालयमा एमबीबीएस कार्यक्रम सुरु हुँदै

काठमाडौं । एमबीबीएस अध्ययनका लागि दुईवटा शैक्षिक संस्था थपिएका छन् । हेटौंडामा रहेको मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान र पूर्वाञ्चल विश्वविद्यालयले अब एमबीबीएस पढाउन पाउने भएका हुन् ।  चिकित्सा शिक्षा आयोगको २१ औं बोर्ड बैठकले यी दुईवटा कलेजलाई एमबीबएएस कार्यक्रम सुरु गर्न दिने निर्णय गरेको हो ।  यसपटक देखि एमबीबीएस पढाउने थप दुईवटा संस्था थपिएका छन् । थपिएका यी दुबै सरकारी संस्था हुन् ।  मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई ५० र पूर्वाञ्चल विश्वविद्यालयललाई पनि  ५० सिट दिइएको छ  ।  मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानले योभन्दा अगाडि एमडीएमएस कार्यक्रम सुरु गरेको थियो । ८ सिटमा एमडी एमएस विद्यार्थी पढाइरहेको यो प्रतिष्ठानले एमबीबीएसमा ५० सिटब पाएको छ भने बीपीएच २० सिट, बीएस्सी नर्सिङ २० सिट, बी फार्मा २० सिट र बीएमएलटी २० सिट अध्ययन हुँदै आएको थियो ।  यसपटक बीएस्सी नर्सिङ २० बाट बढेर ३० पुगेको छ । यस्तै, पूर्वाञ्चल प्रतिष्ठानमा पनि नर्सिङ, फार्मेसी, जनस्वास्थ्य, बीएमएलटी लगायतका विषयहरु सञ्चालन हुँदै आएका थिए । अब यहाँ पनि एमबीबीएस कार्यक्रम सुरु हुने भएको छ ।

ईभी सपना साकार पार्न भिनफास्ट संस्थापकको १.५ अर्ब डलरको लगानी

काठमाडौं । भिनफास्टका संस्थापक फाम न्हाट भुङले कम्पनीको अनुसन्धान तथा विकास (आरएन्डडी) शाखा १.५२ अर्ब डलरमा किन्ने भएका छन् । यो उनको घाटामा चलिरहेको भियतनामी कम्पनीमा हालसम्मको पछिल्लो नगद लगानी हो । भिनफास्टले २०२६ अन्त्यसम्ममा घाटा बराबरी गर्ने लक्ष्य लिएको छ । यस सम्झौताअनुसार भियतनाममा दर्ता भएको नोभाटेक रिसर्च एण्ड डेभलपमेन्ट (जेएससी) लाई भिनफास्ट ट्रेडिङ एण्ड प्रोडक्सन  जेएससी (भीएफटीपी) — जसलाई कम्पनीको घरेलु उत्पादन शाखा मानिन्छबाट अलग गरिनेछ । नोभाटेकले सम्पन्न आरएन्डडी परियोजनासँग सम्बन्धित लगानी लागत सम्हाल्नेछ भने भीएफटीपीले भियतनाममै ईभी उत्पादन र भविष्यका अनुसन्धानलाई अगाडि बढाउनेछ। भिनफास्टका संस्थापक फाम न्हाट भुङ भिनफास्ट जसले २०२३ मा नास्डाकमा डेब्यू गरेको थियो । उसले कमजोर उपभोक्ता माग र कडा प्रतिस्पर्धाजस्ता चुनौतीहरू भोगिरहेको छ । कम्पनीले पहिलो त्रैमासिकमा ७१२.४ मिलियन डलरको शुद्ध घाटा बेहोरे पनि राजस्व १५० प्रतिशतले बढेर ६५६.५ मिलियन डलर पुगेको छ । भिनफास्टको सेयर प्रि-मार्केट कारोबारमा १.४ प्रतिशत बढेर ३.५९ डलर पुगेको छ। २०१७ मा स्थापना भएदेखि कम्पनी संस्थापक भुङको सहयोगमा धेरै हदसम्म भर परेको छ । उनी भिनफास्ट र यसको मूल कम्पनी भिनग्रुपका करिब ९८ प्रतिशत सेयरका मालिक हुन् र भिनग्रुपका अध्यक्षका रूपमा कार्यरत छन् । नोभाटेकका सेयरहरू भुङलाई सुम्पिने मूल्य करिब ४० ट्रिलियन डङ ९१।५२ अर्ब डलर० छ, जसमा १७.२५ ट्रिलियन डङको वास्तविक मूल्याङ्कन र थप प्रिमियम समावेश छ । नोभाटेकका सम्पत्तिसँग सम्बन्धित बौद्धिक सम्पत्ति आवश्यक परेमा उत्पादनका लागि भिनफास्टलाई पुनः भाडामा दिइनेछ । भिनफास्टले आफ्नो पहिलो पुस्ताको ईभी विकास सम्पन्न भएको जनाएको छ । अनुसन्धान तथा विकास लागत २०२५ को पहिलो त्रैमासिकमा ८१.२ मिलियन डलर भएको छ, जुन अघिल्लो वर्षको सोही अवधिको तुलनामा २२.३ प्रतिशत कम हो । ईभी निर्माताले २०२५ मा २ लाख कार डेलिभरी गर्ने लक्ष्य राखेको छ, जुन २०२४ को तुलनामा दोब्बरभन्दा बढी हो । भिनफास्टको अधिकांश डेलिभरी भियतनामी बजारमै हुने गरेका छन् । भिनफास्टले भारतबाटै अन्तर्राष्ट्रिय बजारमा गाडी पठाउने,  २ अर्ब डलरको लगानी योजना चिनियाँ ईभीको दबाबसँग जुध्न जीएम र हुन्डाई एकजुट

एशियन लाइफको नाफा २४.५७ प्रतिशतले वृद्धि, यस्ता छन् अन्य वित्तीय सूचक

काठमाडौं । एशियन लाइफ इन्स्योरेन्सले गत आर्थिक वर्ष २०८१/८२ मा ४० करोड ९३ लाख रुपैयाँ नाफा आर्जन गरेको छ । अघिल्लो आवमा कम्पनीले ३२ करोड ८५ लाख रुपैयाँ नाफा आर्जन गरेको थियो । अघिल्लो आवको तुलनामा समीक्षा वर्षमा कम्पनीको नाफा २४.५७ प्रतिशतले वृद्धि भएको छ ।  कम्पनीले सार्वजनिक गरेको गत आवको चौथो त्रैमासिक अपरिष्कृत वित्तीय विवरणअनुसार गत वर्ष कम्पनीले  ९ अर्ब ४० करोड रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेको छ । अघिल्लो आवमा कम्पनीले ८ अर्ब ५ करोड कुल बीमा शुल्क आर्जन गरेको थियो । अघिल्लो आवको तुलनामा गत वर्ष कम्पनीको कुल बीमा शुल्क आर्जन १६.८६ प्रतिशतले वृद्धि भएको छ ।  समीक्षा वर्षमा कम्पनीले ९ अर्ब २० करोड रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको छ । जुन अघिल्लो आवको तुलनामा १७.२४ प्रतिशतले वृद्धि भएको छ । अघिल्लो आवमा कम्पनीले ७ अर्ब ८४ करोड रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको थियो ।  समीक्षा वर्षमा कम्पनीको रटेण्ड अर्निङ्गमा ८० करोड ५६ लाख रुपैयाँ रहेको छ । त्यस्तै कम्पनीको महाविपत्ती कोषमा २७ करोड ९६ लाख रुपैयाँ रहेको छ । कम्पनीको जीवन बीमा कोषमा ४७ अर्ब ७ करोड रुपैयाँ छ । अघिल्लो आवमा कम्पनीको जीवन बीमा कोषमा ४२ अर्ब ५८ करोड रहेको थियो । समीक्षा वर्षमा  कम्पनीको जीवन बीमा कोषको आकार १०.५२ प्रतिशतले बढेको छ ।  समीक्षा वर्षमा ३ अर्ब ३९ करोड शेयर पूँजी भएको कम्पनीको प्रतिशेयर आम्दानी १२.०४ रुपैयाँ रहेको छ, पिई रेसियो ४१.३९ र प्रति शेयर नेटवर्थ १३५.०५ रुपैयाँ रहेको छ ।

रुपन्देही–३ उपनिर्वाचनमा अधिवक्ता अर्यालले पनि उम्मेदवारी दिने

काठमाडौं । रुपन्देही–३ को प्रतिनिधिसभा उपनिर्वाचनमा अधिवक्ता ओमप्रकाश अर्यालले स्वतन्त्र उमेदवारी दिने घोषणा गरेका छन् ।  आगामी कार्तिक १७ मा हुने उपनिर्वाचनका लागि उनले उम्मेदवारी दिन लागेका हुन् । रुपन्देही निर्वाचनमा अर्यालको प्रवेशसँगै यस क्षेत्रको चुनावी समीकरणमा नयाँ मोड आउन सक्ने अनुमान गरिएको छ ।  प्रमुख प्रतिस्पर्धामा रहेका नेपाली कांग्रेस, नेकपा एमाले र राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवारका मतमा विभाजन हुने सम्भावनाले चुनावी परिणाम अप्रत्याशित हुन सक्ने देखिएको छ ।  स्थानीय राजनीतिक जानकारका अनुसार स्वतन्त्र उमेदवारको रूपमा कानुनी पृष्ठभूमि र स्वच्छ छवि भएका अर्याल युवापुस्ता र मध्यम वर्गका मतदाताबीच आकर्षण बढाउन सक्षम हुन सक्छन् ।। गुल्मीको अमरपुर स्थायी बसोवास रहेका अर्यालले प्रचारप्रसारमा स्थानीय मुद्दा, पारदर्शिता र भ्रष्टाचारविरुद्धको अभियानलाई मुख्य एजेन्डा बनाउने जनाएका छन् ।  

नेशनल लाइफको नाफा ४१.२८ करोड, जीवन बीमा कोषमा ८९.९१ अर्ब

काठमाडौं । नेशनल लाइफ इन्स्योरेन्स कम्पनीले आर्थिक वर्ष २०८१/८२ मा ४१ करोड २८ लाख रुपैयाँ नाफा आर्जन गर्न सफल भएको छ । कम्पनीले अघिल्लो आवमा  ९४ करोड २८ लाख रुपैयाँ नाफा आर्जन गरेको थियो । अघिल्लो आर्थिक वर्षको तुलनामा गत वर्ष कम्पनीको नाफा ५६.२२ प्रतिशतले घटेको छ । समीक्षा वर्षमा कम्पनीको जीवन बीमा कोषमा ८९ अर्ब ९१ करोड ४९ लाख रुपैयाँ रहेको छ । अघिल्लो आवमा कम्पनीको जीवन बीमा कोषमा ७९ अर्ब १ करोड २८ लाख रुपैयाँ थियो । अघिल्लो आवको तुलनामा समीक्षा वर्षमा कम्पनीको जीवन बीमा कोषको आकार १३.८० प्रतिशतले बढेको छ । त्यस्तै कम्पनीले समीक्षा वर्षमा समीक्षा वर्षमा २१ अर्ब ८२ करोड २१ लाख रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेको छ । जुन अघिल्लो आवको तुलनामा ६.५० प्रतिशतले बढी हो । अघिल्लो आवमा कम्पनीले २० अर्ब ४९ करोड १२ लाख रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेको थियो ।  समीक्षा वर्षमा कम्पनीले गत आवमा २१ अर्ब ४७ करोड २७ लाख रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको छ । अघिल्लो आवमा कम्पनीले २० अर्ब ६ करोड १५ लाख रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको थियो । अघिल्लो आवको तुलनामा समिक्षा वर्षमा कम्पनीको खुद बीमाशुल्क आर्जन ७.०३ प्रतिशतले बढेको छ । गत आवमा कम्पनीको रिटेन्ड अर्निङमा ५१ करोड १ लाख रुपैयाँ रहेको छ । अघिल्लो आवमा कम्पनीको रिटेन्ड अर्निङमा १ अर्ब ७० करोड ६५ लाख रुपैयाँ थियो । त्यस्तै कम्पनीको महाविपत्ति कोषमा ६६ करोड ७२ लाख रुपैयाँ रहेको छ । अघिल्लो आवमा कम्पनीको महाविपत्ति कोषमा ६२ करोड ३५ लाख रुपैयाँ थियो । कम्पनीको अन्य इक्विटीमा ४२ करोड १४ लाख रुपैयाँ रहेको छ । अघिल्लो आवमा अन्य इक्विटीमा ३९ करोड १२ लाख रुपैयाँ थियो । समिक्षा वर्षमा कम्पनीको शेयरपुँजी ५ अर्ब ४७ करोड २७ लाख रुपैयाँ रहेको छ । कम्पनीको प्रतिशेयर आम्दानी (ईपीएस) घटेर ७.९२ रुपैयाँ कायम भएको छ । आवमा कम्पनीकाे ईपीएस १८.८१ रुपैयाँ थियो । त्यस्तै कम्पनीको पिई रेसियो ७८.७३ गुणा रहेको छ भने प्रतिशेयर नेटवर्थ १२९.७२ रुपैयाँ रहेको छ । 

नेपाल लाइफको नाफा १७.३७ प्रतिशतले बढ्यो, कुल बीमा शुल्क ४८.२० करोड

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्सले आर्थिक वर्ष २०८१/८२ मा नाफा १७.३७ प्रतिशतले बढेर ६० करोड ३२ लाख रुपैयाँ आर्जन गर्न सफल भएको छ । कम्पनीले अघिल्लो आवमा ५१ करोड ३९ लाख रुपैयाँ नाफा आर्जन गरेको थियो । ​​​​​​​​​ समीक्षा वर्षमा कम्पनीले ४८ अर्ब २० करोड २२ लाख रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेको छ । जुन अघिल्लो आवको तुलनामा १८ प्रतिशतले बढी हो । कम्पनीले अघिल्लो आवमा ४० अर्ब ८४ करोड ९४ लाख रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेको थियो । समीक्षा वर्षमा कम्पनीको खुद बीमा शुल्क आर्जन पनि बढेको छ । कम्पनीले गत वर्ष  ४७ अर्ब ६६ करोड ७० लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको छ । अघिल्लो आवमा कम्पनीले ४० अर्ब ११ करोड २ लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको थियो। अघिल्लो आवको तुलनामा कम्पनीको खुद बीमा शुल्क आर्जन १८.८४ प्रतिशतले बढेको छ । त्यस्तै गत आवमा कम्पनीको रिटेन्ड अर्निङमा १ अर्ब २४ करोड १२ लाख रुपैयाँ रहेको छ । अघिल्लो आवमा कम्पनीको रिटेन्ड अर्निङमा १ अर्ब ९२ करोड ३२ लाख रुपैयाँ रहेको थियो । कम्पनीको महाविपत्ति कोषमा १ अर्ब ३२ करोड २३ लाख रुपैयाँ रहेको छ । अघिल्लो आवमा कम्पनीको महाविपत्ति कोषमा १ अर्ब २६ करोड ३७ लाख रुपैयाँ थियो । समीक्षा वर्षमा कम्पनीको अन्य इक्विटीमा ७५ करोड ४४ लाख रुपैयाँ रहेको छ । अघिल्लो आवमा कम्पनीको अन्य इक्विटीमा ७५ करोड ८२ लाख रुपैयाँ थियो । त्यसैगरी गत वर्ष कम्पनीको जीवन बीमा कोषमा २ खर्ब ३३ अर्ब ६७ करोड रुपैयाँ रहेको छ । अघिल्लो वर्षको तुलनामा समीक्षा अवधिमा कम्पनीको जीवन बीमा कोषको आकार १९.७९ प्रतिशतले बढेको छ अघिल्लो वर्षमा जीवन बीमा कोषमा १ खर्ब ९५ अर्ब ७ करोड रुपैयाँ थियो ।  कम्पनीको शेयर पुँजी समिक्षा वर्षमा  ९ अर्ब २ करोड ८७ लाख रुपैयाँ रहेको कम्पनीको वार्षिकी कृत प्रतिशेयर आम्दानी (ईपीएस) बढेर ६.६८ रुपैयाँ कायम भएको छ । अघिल्लो वर्ष ईपीएस ६.२६ रुपैयाँ थियो । कम्पनीको पिई रेसियो ११५.६८ गुणा रहेको छ । त्यस्तै कम्पनीको प्रतिशेयर नेटवर्थ १३६.७५ रुपैयाँ रहेको छ । 

स्ट्याण्डर्ड चार्टर्ड बैंकको नाफासँगै लाभांश क्षमतामा गिरावट, यस्ता छन् अन्य सूचक

काठमाडौं । स्ट्याण्डर्ड चार्टर्ड बैंकको गत आर्थिक वर्ष २०८१/८२ खुद नाफा ७.५० प्रतिशत घटेर ३ अर्ब २ करोड ९३ लाख ३ हजार रुपैयाँ गरेको छ । अघिल्लो वर्ष बैंकले ३ अर्ब २७ करोड ५२ लाख ६८ हजार रुपैयाँ नाफा गरेको थियो । गत वर्ष बैंकको खुद ब्याज आम्दानी १२.५६ प्रतिशत घटेर ४ अर्ब ४८ करोड ८४ करोड २५ लाख रुपैयाँ गरेको छ । अघिल्लो वर्ष बैंकले ५ अर्ब १३ करोड ३२ लाख ८९ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो ।  समीक्षा वर्षमा बैंकको खुद शुल्क तथा कमिसन आम्दानी ३.६२ प्रतिशत घटेर १ अर्ब ३६ करोड ४३ लाख ६० हजार रुपैयाँ, कुल सञ्चालन आम्दानी ८.७६ प्रतिशत घटेर ६ अर्ब ५९ करोड ७४ लाख ७० हजार रुपैयाँ र सञ्चालन नाफा ०.०८ प्रतिशत घटेर ४ अर्ब ७१ करोड १ लाख २४ हजार रुपैयाँ रहेको छ ।  गत वर्ष बैंकको वितरणयोग्य नाफा १ अर्ब ९९ करोड ३३ लाख २६ हजार रुपैयाँ रहेको छ । यस आधारमा बैंकको लाभांश वितरण क्षमता १९.८५ प्रतिशत छ । अघिल्लो वर्ष बैंकको वितरणयोग्य नाफा २ अर्ब ४६ करोड १५ लाख ६३ हजार रुपैयाँ थियो ।  १० अर्ब ४ करोड २३ लाख ६८ हजार रुपैयाँ चुक्ता पुँजी रहेको बैंकको जगेडामा ९ अर्ब ७५ करोड १७ लाख ७४ हजार रुपैयाँ रहेको छ ।  गत असारसम्ममा बैंकको निक्षेप ११.४२ प्रतिशत बढेर १ खर्ब २५ अर्ब ३३ करोड ८८ लाख ४८ हजार रुपैयाँ र कर्जा लगानी १०.३८ प्रतिशत घटेर ७२ अर्ब ७१ करोड २२ लाख २९ हजार रुपैयाँ पुगेको छ ।  अघिल्लो वर्ष बैंकले १ खर्ब १२ अर्ब ४८ करोड ३८ लाख ८७ हजार रुपैयाँ निक्षेप संकलन गरी ८१ अर्ब १४ करोड २५ लाख १७ हजार रुपैयाँ कर्जा लगानी गरेको थियो ।  बैंकको निक्षेप तथा कर्जा अनुपात (सीडी रेसियो) ६९.४८ प्रतिशत रहेको छ । अघिल्लो वर्ष ७६.८३ प्रतिशत थियो ।  बैंकको प्रतिसेयर आम्दानी ३०.१७ रुपैयाँ पुगेको छ । अघिल्लो वर्ष ३४.७३ रुपैयाँ प्रतिसेयर आम्दानी थियो । बैंकको प्रतिसेयर नेटवर्थ २१७ रुपैयाँ छ भने मूल्य आम्दानी अनुपात २१.८ गुणा छ । बैंकको खराब कर्जा अघिल्लो वर्ष २.१४ प्रतिशत रहेकोमा गत वर्ष घटेर १.७४ प्रतिशत पुगेको छ । बैंकको रिटर्न अन इक्विटी १४.१८ प्रतिशत छ ।