विकासन्युज

बालेन मेयर बनेपछि र्‍यापरप्रतिको धारणा फेरियो, रमाउँदै नयाँ पुस्ता

काठमाडौं । नेपाली गीत सङ्गीतमा ‘र्‍याप’ ले छुट्टै स्थान बनाइसकेको छ । भनिन्छ, ‘र्‍यापले नचाउँछ, विद्रोहको भाव जगाउँछ र नयाँ पुस्ताको प्रतिनिधित्व पनि गर्छ ।’  लोकगीत र सुगम सङ्गीत नेपालमा रुचाइने सदाबहार विधा हुन् । यद्यपि नयाँ पुस्ता र्‍यापतर्फ उत्तिकै आकर्षित छन् । र्‍यापलाई ‘एक्प्रेस योर सेल्फ’ भन्ने गरिन्छ । र्‍याप​​​​​​​ले आफ्नो भोगाई र समाजको देखाई व्यक्त गर्ने र्‍याप​​​​​​​रहरु बताउँछन् । पछिल्लो समय नेपाली र्‍याप​​​​​​​ र र्‍यापरको चर्चा अन्तर्राष्ट्रिय स्तरमा हुन थालेको छ । विदेशी र्‍याप​​​​​​​रले नेपाली र्‍यापरको चर्चा गरेपछि यस प्रतिको आकर्षणबारे अनुमान गर्न सकिन्छ । सीमित समूहमा रहेको र्‍याप​​​​​​​को चर्चा अहिले अन्तर्राष्ट्रियस्तरसम्म पुगेको छ । पछिल्लो समय र्‍याप​​​​​​​को सुनौलो युग आएको र्‍यापर गिरिश खतिवडा बताउँछन् ।  ‘हामी कलाकारका लागि र्‍याप​​​​​​​ एउटा थेरापी जस्तै हो, मनको कुरा पोख्न पाएका छौँ । र्‍यापले गाउँको समस्या सहरसम्म र शहरको समस्या गाउँसम्म बुझाएको छ, किनकि म आफैँ सहरमा बस्न थालेपछि गाउँलाई र्‍यापमार्फत चिन्ने गरेको छु,’ र्‍याप​​​​​​​र खतिवडाले भने ।  उनले र्‍यापलाई मनको कुरा भन्ने माध्यमको रुपमा बुझेका छन् । अन्य माध्यमको तुलनामा सजिलै भावना व्यक्त गर्न सकिने माध्यम र्‍याप रहेको उनको बुझाइ छ ।  अर्का र्‍यापर मानस घलेले नयाँ पुस्तामा र्‍याप​​​​​​​प्रति बढेको आकर्षणले सङ्गीतमा छुट्टै स्थान बनाउन सफल भएको बताए ।  ‘हामीले र्‍यापलाई नेपालभर लग्ने प्रयास गरेका थियौँ तर अहिलेको पुस्ताले यसलाई अन्तरराष्ट्रियकरण गरेको छ । नेपाली भाषा नबुझ्ने पनि हाम्रो स्रोता बन्नुभएको छ । अहिले र्‍याप गाएरै जीविकोपार्जन गर्न सकिन्छ,’ उनले भने ।  र्‍यापरप्रति सामाजिक धारणा फेरिएकै कारण काठमाडौं महानगरपालिकाले र्‍यापर बालेनलाई प्रमुखको रुपमा पाएको उनले बताए । पछिल्लो समय नवोदितसँगै पुराना र्‍यापरको माग स्टेज कार्यक्रममा बढ्दो छ । नेपाल मात्र नभई विदेशमा उत्तिकै लोकप्रिय छन्, र्‍याप​​​​​​​र । यद्यपि र्‍यापलाई बदनाम गर्नेको कमी नरहेको र्‍याप​​​​​​​र हाकिमले बताए ।  ‘र्‍याप भनेको भावना व्यक्त गर्ने भएकाले यसमा बन्देज हुँदैन, त्यसकारण हामीले मनमा लागेको शब्दलाई कुनै फिल्टर नगरी बाहिर ल्याउँछौँ । तर, यो भन्दैमा अश्लीलतालाई प्रवर्द्धन गरेका भने होइनौ । जसले अश्लील, अपाच्य शब्दकै सहारामा मात्र र्‍याप​​​​​​​ बनाउने गरेका छन्, ती चर्चाका लागि मात्र आएका हुन् । किनकि र्‍यापमा बेदना, भोगाइ र बुझाइ हुन्छ,’ हाकिमले भने । अहिले र्‍याप​​​​​​​को अवस्था नेपालमा राम्रो देखिनु खुसीको कुरा रहेपनि र्‍यापरले परिवेश र भविष्य हेर्ने भन्दा आफ्नो भावना व्यक्त गर्ने र्‍यापर खतिवडा बताउँछन् ।  ‘हामीले र्‍याप​​​​​​​ हान्ने हो, आफूलाई व्यक्त गर्ने हो । यसको भविष्य के होला, वा हाम्रो स्कोप कस्तो छ भनेर सोच्ने होइन । र्‍याप​​​​​​​ले मलाई खुसी र सन्तुष्टि दिएको छ, त्यही भएर म अहिलेसम्म सक्रिय छु,’ उनले भने ।  उनले र्‍याप​​​​​​​मा आएको परिवर्तन र नयाँ पुस्ताको भोगाईलाई आफूले गीतमार्फत थाहा पाउने बताए । यसका लागि उनी नयाँ र्‍याप सुन्छन् । अर्का र्‍याप​​​​​​​र घलेले अहिले विभिन्न रियालिटी शोहरु निर्माण भइरहेकाले र्‍यापमा भविष्य खोज्नेलाई सहज भएको बताए ।  र्‍याप​​​​​​​र हाकिमले ‘जी-बब’ जस्ता र्‍यापर ‘रियालिटी शो’ मार्फत आएको बताए । उनीसहितको टिमले विभिन्न शो गर्ने गरेको छ ।  ‘अहिले नेपाल मात्र नभई विदेशमा हुने कार्यक्रममा सहभागिता जनाउन सके र्‍याप​​​​​​​रका लागि उत्तम समय छ । आउँदो दिन झनै राम्रो देखिएको छ । अहिलेर्‍याप​​​​​​​लाई लिएर सामाजिक धारणा फेरिएको छ,’ र्‍यापर हाकिमले भने, ‘अहिले बढिरहेको लोकप्रियताले र्‍याप नबुझी लोकप्रियताका लागि मात्र आउनुलाई यहाँ टिक्न दिँदैन ।’ उनको ‘राक्षस’, ‘चोरी देउ लौन मलाई’लगायतका र्‍याप लोकप्रिय छन् । र्‍यापमा भविष्य खोजिरहेका युवाहरूको जमात दिन दिनै बढ्दो छ । रासस

भीभीआईपीसँग भारतीय सचिवको भेट, कोसँग के भयो कुराकानी ?

काठमाडौं । भारतीय विदेश सचिव बिक्रम मिस्रीले दुई दिने नेपाल भ्रमणमा आएपछि आइतबार नेपालको राजनीतिक माहोल उनकै वरिपरी घुम्यो । आइतबार बिहान मात्रै काठमाडौं आइपुगेका उनको दिनभर नेपालका राष्ट्रपति प्रधानमन्त्री, पूर्वप्रधानमन्त्री मन्त्री तथा राजनीतिक दलका शीर्ष नेताहरुसँग भेटघाटमा बित्यो ।  सुरुमा उनले प्रधानमन्त्री केपी शर्मा ओलीसँग शिष्टाचार भेटघाट गरे । परराष्ट्र मन्त्रालयका सचिव अमृतबहादुर राईको निमन्त्रणामा नेपालको दुईदिने औपचारिक भ्रमणका लागि आएका मिस्रीले ओलीलाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा पुगेर भेटवार्ता गरे ।  उनीहरुबीच के कस्तो छलफल तथा कुराकानी भयो भन्ने विषय नबाहिरिए पनि सामाजिक सञ्जालमा ओलीसँग बसेको उनको मिस्रीको तस्बिर भने भाइरल नै बनेको छ ।  प्रधानमन्त्री ओलीसँग भारतीय विदेश सचिव बिक्रम मिस्री ।  भेटमा प्रधानमन्त्रीका मुख्य सल्लाहकार विष्णुप्रसाद रिमाल, परराष्ट्र मन्त्रालयका अधिकारी, नेपालका लागि भारतीय राजदूतलगायत सहभागी भएका थिए ।  ओलीसँगको भेटवार्तापछि उनी राष्ट्रपति रामचन्द्र पौडेलसँग भेट्न पुगेका थिए । मिस्रीले राष्ट्रपति भवन शीतल निवास पुगेर पौडेलसँग शिष्टाचार भेटवार्ता गरेका हुन् । भेटवार्तामा राष्ट्रपति पौडेलले भारतले गरेको प्रगतिबाट नेपालले लाभ लिएको र अझ बढी लाभान्वित हुन चाहेको धारणा राखेका छन्  ‘एउटा उदाउँदो अन्तर्राष्ट्रिय शक्तिका रुपमा भारतले सामाजिक-आर्थिक र प्राविधिक क्षेत्रमा गरेको प्रगतिबाट हामी प्रसन्न छौं, एक मित्र एवं निकट छिमेकीका नाताले भारतका प्रगतिबाट नेपालले लाभ लिएको छ र अझ बढी लाभान्वित हुन चाहन्छ,’ राष्ट्रपति पौडेलको भनाइ उद्धृत गर्दै उहाँका प्रेस सल्लाहकार किरण पोखरेलले भने ।  राष्ट्रपति पौडेलसँग भारतीय विदेश सचिव बिक्रम मिस्री ।  उनले नेपाल र भारतबीच शताब्दीऔंदेखि सामाजिक, सांस्कृतिक, धार्मिक, आध्यात्मिक, आर्थिक तथा जनस्तरको निकट सम्बन्ध रहेको चर्चा गर्दै दुई मुलुकबीचको सम्बन्ध सार्वभौमिक समानता, मैत्रीपूर्ण सहयोग, आपसी सम्मान एवं विश्वासमा आधारित रहेको बताए ।  ‘नेपालले भारतसँगको सम्बन्धलाई सधैं उच्च प्राथमिकतामा राखेको छ, छिमेकीहरूसँगको सम्बन्धलाई विशेष महत्व दिने भारत सरकारको ‘छिमेक पहिले नीति’ को नेपाल सराहना गर्दछ,’ राष्ट्रपति पौडेलले भने ।  विदेशसचिव मिस्रीले भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको छिमेकी देशसँगको सम्बन्धलाई प्राथमिकता दिने नीतिअनुसार नेपाल प्राथमिकताको उच्च स्थानमा रहेको बताएका छन् ।  राष्ट्रपति पौडेलपछिको भेटपछि मिस्रीले नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग शिष्टाचार भेटवार्ता गरेका छन् ।  अध्यक्ष प्रचण्डसँग भारतीय विदेश सचिव बिक्रम मिस्री ।  प्रचण्ड निवास खुमलटारमा आज भएको भेटमा उनीहरुबीच द्विपक्षीय आपसी हितका विविध विषयमा कुराकानी भएको अध्यक्ष दाहालको सचिवालले जनाएको छ ।  भारतीय विदेश सचिव मिस्रीले नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवासँग पनि भेट गरेका छन् । सभापति देउवा निवास बुढानीलकण्ठमा उनीहरुबीच भेटवार्ता भएको हो ।  उनीहरुबीच द्विपक्षीय आपसी हितका विविध विषयमा कुराकानी भएको सभापति देउवाका प्रमुख स्वकीय सचिव भानु देउवाले जानकारी दिए । उनीहरूबीच नेपाल-भारतबीचको घनिष्ठ र बहुआयामिक सम्बन्धलाई थप सुदृढ बनाउने विषयमा छलफल भएको थियो ।   सभापति देउवासँग भारतीय विदेश सचिव बिक्रम मिस्री ।  सचिव मिस्रीले आइतबार नै परराष्ट्रमन्त्री डा. आरजु राणा देउवासँग शिष्टाचार भेटवार्ता गरेका छन् । वार्ताका क्रममा उनीहरूबीच नेपाल भारत सम्बन्धका विविध आयामका साथै आपसी हित, पारस्परिक सम्बन्ध र साझा चासोका विषयमा कुराकानी भएको बुझिएको छ ।  त्यस अवसरमा मन्त्री डा. राणाले भारतसँगको सम्बन्धलाई नेपालले सधैं उच्च महत्त्व दिँदै आएको बताउँदै नेपालको एक महत्त्वपूर्ण विकास साझेदारका रूपमा आर्थिक, प्राविधिकसहित विभिन्न क्षेत्रमा नेपाललाई गर्दै आएको सहयोगका लागि भारत सरकार र भारतीय जनतालाई धन्यवाद दिएकी छन् ।  उनले दुई देशबीचमा पछिल्लो समय ‘कनेक्टिभिटी’ बढाउने क्रियाकलापका साथै विभिन्न क्षेत्र र तहमा द्विपक्षीय भेटवार्ता, उच्चस्तरीय भ्रमण तथा कूटनीतिक सङ्लग्नता बढेकामा खुसी व्यक्त गरेकी छन् । मन्त्री डा. राणाले ‘कनेक्टिभिटी’ नेपाल र भारतबीचको सम्बन्धमा अर्थपूर्ण रूपमा सहयोग पुग्ने र दुवैतर्फको पर्यटन एवं आर्थिक क्रियालापका माध्यमबाट पारस्पारिक लाभ पुग्ने क्षेत्र भएकाले रेलवे एवं स्थलमार्गका अतिरिक्त हवाईमार्गको थप विस्तार गरी हवाई सम्पर्क सञ्जाल बढाउनुपर्नेमा जोड दिइन् । उनले भैरहवास्थित गौतमबुद्ध र कास्कीस्थित पोखरा अन्तरर्राष्ट्रिय विमानस्थलमा भारतीय सहरबाट थप उडान तथा अतिरिक्त हवाई रुटका लागि आवश्यक सहयोगको वातावरण बनाउन आग्रह गरिन् ।  परराष्ट्र मन्त्री देउवासँग भारतीय विदेश सचिव बिक्रम मिस्री ।  नेपालगञ्ज-दिल्ली सिधा उडानका लागि पनि आगामी दिनमा वातावरण तयार गर्नुपर्नेमा मन्त्री डा राणाको जोड थियो । उनले भारत सरकारको सहयोगमा निर्माण हुन लागेको धनगढीस्थित फाप्ला क्रिकेट रङ्गशाला निर्माणको तदारुकतामा पनि जोड दिइन् ।  मन्त्री डा. राणाले नेपाल–भारत पारवहन सन्धिका विषयमा छलफल गर्दै व्यापार सहजीकरणमा जोड दिइन् । साथै पछिल्लो समय प्लाईवुड, स्टिललगायत उत्पादनको भारत निकासीमा नेपाली निजी क्षेत्रका तर्फबाट समस्या उत्पन्न भएको भनी आएका मुद्दा र ‘बिआइएस’ मापदण्ड तथा यसमा परिरहेका कठिनाइबारे पनि कुरा उठाएकी थिइन् । पञ्चेश्वर बहुउद्देश्यीय परियोजनाबाट दुवैतर्फ पुग्ने लाभ, बाढी र डुबान नियन्त्रणका बारेमा आगामी दिनमा सहकार्यका साथ अघि बढ्न सकिने विषयमा पनि मन्त्री डा राणाले जोड दिएकी थिइन् । 

‍‍ट्रम्पले रोक्न खोजे पनि भारतमै बढ्दै एप्पल उत्पादन, बेंगलुरुमा आइफोन-१७ निर्माण सुरु

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले प्रविधि क्षेत्रमा अग्रणी मानिने कम्पनी एप्पललाई भारतमा उत्पादन बन्द गर्न भने पनि कम्पनीले त्यसविपरीत भारतमा उत्पादन झन् बढाएको छ ।  ताइवानको चर्चित इलेक्ट्रोनिक कम्पनी फक्सकनले बेंगलुरुस्थित आफ्नो नयाँ कारखानामा आइफोन-१७ निर्माण सुरु गरेको स्रोतले जनाएको छ । यो फक्सकनको दोस्रो सबैभन्दा ठूलो निर्माण इकाई हो ।  हाल यस प्लान्टमा सानो मात्रामा आइफोन-१७ बनाइँदैछ । फक्सकन पहिले नै चेन्नईस्थित आफ्नो कारखानामा पनि आइफोन–१७ उत्पादन गर्दै आएको छ । तर कम्पनीले यसबारे कुनै आधिकारिक बयान दिएको छैन । फक्सकन आइफोन उत्पादन गर्ने सबैभन्दा ठूलो कम्पनी हो । चीनबाहिर उसको दोस्रो ठूलो कारखाना बेंगलुरु नजिकै देवनहल्लीमा निर्माण भइरहेको छ, जसमा करिब २.८ अर्ब डलर लगानी भइरहेको छ ।  एक जानकार स्रोतका अनुसार, ‘फक्सकनको बेंगलुरुस्थित कारखानामा आइफोन-१७ बनिसकेको छ ।’ आइफोन-१७ को उत्पादन केही समयका लागि अवरुद्ध भएको थियो किनभने सयौं चिनियाँ इन्जिनियरहरू अचानक फर्किएका थिए । तर फक्सकनले यो अभाव पूरा गर्न ताइवानसहित अन्य देशहरूबाट विशेषज्ञहरू बोलाएको छ ।  धेरै स्रोतका अनुसार एप्पलको योजना यस वर्ष आइफोन उत्पादन बढाएर ६ करोड इकाई पुर्‍याउने रहेको छ, जुन २०२४–२५ मा करिब ३.५ देखि ४ करोड युनिट थियो । कम्पनीले ३१ मार्च २०२५ मा सकिएको वित्तीय वर्षमा भारतमै करिब २२ अर्ब डलर बराबरको ६० प्रतिशत बढी आइफोन असेम्बल गरेको थियो । कम्पनीका सीईओ टिम कुकले ३१ जुलाईमा वित्तीय परिणाम घोषणा गर्दै २०२५ को जुन महिनामा अमेरिकामा बेचिएका अधिकांश आइफोन भारतमै बनेका बताएका थिए। दोस्रो त्रैमासिक नतिजाबारे छलफल गर्ने क्रममा कुकले घोषणा गरेका थिए कि जुन त्रैमासमा अमेरिकामा बिक्री हुने सबै आइफोन भारतबाटै आपूर्ति गरिनेछ । दोस्रो त्रैमासमा एप्पलको भारतमा आपूर्ति वार्षिक आधारमा १९.७ प्रतिशतले बढेको थियो । यसरी देशको स्मार्टफोन बजारमा उसको हिस्सेदारी ७.५ प्रतिशत पुगेको छ । अन्तर्राष्ट्रिय तथ्यांक निगम (आईडीसी)का अनुसार २०२५ को जुन त्रैमासमा भारतको स्मार्टफोन बजारमा चिनियाँ कम्पनी भिभो १९ प्रतिशत बजार हिस्सेदारीसहित सबैभन्दा अगाडि रहेको थियो । सेयर बजारका बादशाह बफेटको नयाँ कदम : कमजोर छवि भएको बीमा कम्पनीमा अर्बौं लगानी  

दुर्गममा काज खटाउँदा जान नमान्ने कर्मचारीको नाम सार्वजनिक गर्ने मन्त्री न्यौपानेको चेतावनी

काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री भगवती न्यौपानेले लामो समयदेखि दुर्गममा रहेर सेवा गरिरहेका कर्मचारीलाई सुगममा ल्याउने गरी मन्त्रालयले काम गरिरहेको बताएकी छन् । मन्त्रालय सम्हालेको एक महिना पुगेको अवसरमा सिंहदरबारमा आयोजित पत्रकार सम्मेलनमा मन्त्री न्यौपानले यस्तो बताएकी हुन् । उनले लामो समयदेखि सुगममा बस्ने तर दुर्गममा जान नमान्नेहरूको नाम संकलन भइरहेको र उनीहरुको नाम सञ्चारमाध्यमलाई उपलब्ध गराउने बताइन् ।  उनले प्रमुख प्रशासकीय अधिकृतको काम धेरै स्थानमा निमित्तले गरिरहेको भन्दै अब भदौ महिनाभित्रमा सबै ठाउँमा प्रमुख प्रशासकीय अधिकृतले काम गर्नेगरी व्यवस्था मिलाइएको बताइन् ।  उनले दुर्गममा जान नमान्ने कर्मचारीहरूको आर्थिक अधिकार कटौती गरेर पनि मन्त्रालयले कारबाही गरिरहेको पनि बताइन् ।

गज्जबको पिरो अब ५० रुपैयाँमा पनि उपलब्ध

काठमाडौं ।  सिद्धि बिनायक स्न्याक्स एण्ड नुडल्स प्रालिको सर्वाधिक लोकप्रिय उत्पादन मध्य गज्जबको पिरो चाउचाउ एक हो । उपभोक्ताहरूबीच अत्याधिक रुचाइएको यो उत्पादन आज नेपाली तथा अन्तर्राष्ट्रिय बजारमा निकै लोकप्रिय बनेको छ । हालसम्म गज्जबको पिरो चाउचाउ २० रुपैयाँमा प्रति प्याकेट उपलब्ध हुँदै आएको थियो । उपभोक्ताको बढ्दो मागलाई ध्यानमा राख्दै कम्पनीले आजदेखि नयाँ तथा ठुलो प्याकेट १२० ग्रामको गज्जबको पिरो चाउचाउ  ५० रुपैयाँमा बजारमा उपलब्ध गराएको छ । यस नयाँ प्याकेटमा उपभोक्ताले स्वादिष्ट कोरियन किम्ची स्वादको अतिरिक्त आनन्द लिन सक्नेछन् । यो उत्पादन अहिले बजारमा पाइने अन्य चाउचाउहरू भन्दा अझ उत्कृष्ट, परिष्कृत र उपभोक्तामुखी छ भन्ने दाबी कम्पनीको छ ।

एनआईसी एशिया बैंकले ल्यायो लिलाम बिक्री सम्बन्धी अनलाइन पोर्टल

काठमाडौं । एनआईसी एशिया बैंक लिमिटेडले बैंकिङ्ग सम्पत्ति, गैर–बैंकिङ्ग सम्पत्ति तथा धितो सुरक्षणमा रहेका सम्पत्तिहरूको लिलाम बिक्रीसम्बन्धी विस्तृत जानकारी उपलब्ध गराउने उद्देश्यले अनलाइन पोर्टल सार्वजनिक गरेको छ । बैंकका अनुसार पोर्टलमार्फत लिलाम बिक्रीमा रहेका सम्पत्तिहरूको कित्ता नम्बर, क्षेत्रफल, नक्सा, फोटो र गुगल म्यापमार्फत स्थान पहिचान गर्न सकिनेछ । यसका लागि लिलाम बिक्रीसम्बन्धी सूचनामा राखिएको क्युआर कोड स्क्यान गर्नुपर्ने व्यवस्था गरिएको छ । ग्राहकले सम्पत्ति विवरण हेरेपछि थप जानकारी आवश्यक भएमा पोर्टलमै उपलब्ध म्यासेज बक्समार्फत आफ्नो नाम, इमेल, सम्पर्क नम्बर र ठेगाना उल्लेख गरी सोधपुछ गर्न सक्नेछन् । बैंकले लिलाम बिक्रीसम्बन्धी सम्पूर्ण जानकारी नियमित रूपमा सोही पोर्टलमार्फत प्रकाशन गर्ने बताएको छ । यसमार्फत इच्छुक ग्राहकले लिलाममा उपलब्ध सम्पत्तिबारे सजिलै जानकारी लिन र खरिदमा सहभागी हुन सक्ने बैंकको विश्वास छ ।

विद्यार्थीलाई आत्मनिर्भरता र जीवनोपयोगी सीप सिकाउँदै नेसनल ओपन स्काउट

काठमाडौं । नेसनल ओपन स्काउट क्र्यूले आयोजना गरेको आठौँ फ्रेण्डसिप लन्च हाइक उत्साहपूर्वक सम्पन्न भएको छ । कृष्ण जन्माष्टमीको अवसरमा कागेश्वरी मनोहरा नगरपालिकास्थित दिव्यश्री एकेडेमी, महाकवि देवकोटा मेमोरियल माध्यमिक विद्यालय, कान्ति भैरव मावि र ओरिएन्टल एकेडेमीमा अध्ययनरत स्काउटका विद्यार्थीहरूको सहभागितामा भक्तपुरको निलबाराही क्षेत्रमा एक दिने हाइक सम्पन्न गरिएको हो । कार्यक्रमका प्रमुख अतिथि नेपाल स्काउटका पूर्व प्रमुख आयुक्त रविन दाहालले यस्ता क्रियाकलापहरूले विद्यार्थीहरूको शारीरिक, मानसिक र नेतृत्व क्षमता अभिवृद्धिमा ठूलो योगदान पुर्‍याउने बताए । उनका अनुसार स्काउटको माध्यमबाट विद्यार्थीहरूले शैक्षिक ज्ञान मात्र नभई जीवनोपयोगी सीप, आत्मनिर्भरता र आपसी सहकार्यको महत्त्व पनि सिक्ने अवसर पाउँछन् । विशेष अतिथि शिक्षाविद् तथा महाकवि देवकोटा मेमोरियल मा।वि।का प्रिन्सिपल रमेश शर्माले स्काउट कार्यक्रमलाई व्यवहारिक जीवन सीपसँग जोडिएको अत्यन्तै महत्त्वपूर्ण अभ्यासको रूपमा वर्णन गरे । उनले पुस्तकको ज्ञानसँगै व्यवहारिक दक्षता र सामाजिक मूल्यमा पनि आजको पुस्ता पारंगत हुनुपर्ने आवश्यकता औंल्याए । दिव्यश्री एकेडेमीका प्रिन्सिपल ज्ञानेन्द्र चौलागाईले स्काउट कार्यक्रमले विद्यार्थीलाई आफ्नो क्षमता पहिचान गर्न, सहकार्यमा रमाउन र भविष्यमा जिम्मेवार नागरिक बन्न प्रेरित गर्ने बताए । कार्यक्रमका सभापति तथा नेपाल स्काउटका सहायक राष्ट्रिय प्रशिक्षक विदुर गिरीले स्काउट हाइकले विद्यार्थीलाई आत्मविश्वासी र व्यवहारिक बन्न प्रेरणा दिने धारणा राखे । उनका अनुसार स्काउटले सानै उमेरदेखि “आफ्नो काम आफैं गर्ने” संस्कार विकास गर्न सहयोग गरिरहेको छ । कार्यक्रममा सहभागी विद्यार्थीहरूले दाउरामा खाना पकाउने अभ्यासदेखि विभिन्न साहसिक खेलसम्मको अनुभव लिए । साथै, स्काउटका पूर्व कार्यसमिति सदस्य देवदूत अधिकारीले कला प्रस्तुति दिएर विद्यार्थी र उपस्थित स्काउट मास्टरलाई मनोरञ्जन समेत गराएका थिए । यस अवसरमा सहायक राष्ट्रिय प्रशिक्षक श्याम लामा, देवदूत अधिकारी, दिपेश केसीलगायतको विशेष उपस्थिति रहेको थियो । कार्यक्रमको सफल संयोजन नेसनल ओपन स्काउट क्र्यूका सिनियर टिममेट रविन फुयालले गरेका थिए ।  

जस्मिन पेन्ट्सले ल्यायो चाडपर्व योजना, जापान भ्रमणदेखि हजारौँ ग्राहकलाई उपहार

काठमाडौं । जस्मिन पेन्ट्सले चाडपर्वको अवसर पारेर यस वर्ष पनि 'चाड पर्वको उमंग, जापान घुमौं जस्मिन पेन्ट्ससँग' ग्राहक उपहार योजना सञ्चालनमा ल्याएको छ । भदौ १ गतेदेखि कार्तिक ३० गतेसम्म लागू हुने यो योजनाअन्तर्गत ग्राहकहरूले नजिकैको डिलरमार्फत कम्तीमा ७५ हजार रुपैयाँ बराबरको जस्मिन पेन्ट्स उत्पादन खरिद गर्दा लक्की ड्र कुपन प्राप्त गर्न सक्नेछन् । लक्की ड्रमार्फत १,०८२ जना ग्राहकहरू विभिन्न उपहारका विजेता बन्नेछन् । जसमा १ जनाले जापान भ्रमण, ७५ जनाले डिनर सेट, १०५ जनाले इलेक्ट्रिक हिटर, १५१ जनाले आयरन र ७५० जनाले भित्ते घडी जित्ने अवसर पाउनेछन् । विजेताको घोषणा प्रत्यक्ष प्रसारणमार्फत गरिनेछ । ३१ वर्षदेखि 'नेपाली मनको रङ' भन्ने स्लोगनसहित गुणस्तरीय रङ उत्पादन गर्दै आएको जस्मिन पेन्ट्स राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा पुरस्कृत हुँदै आएको छ । कम्पनीले चाडपर्व लक्षित यो अभियान ग्राहकहरूको मन जित्न सफल हुने विश्वास व्यक्त गरेको छ ।