सिटी एक्सप्रेस मनी र सिगे मनी ट्रान्सफर बिच रेमिटान्स सेवा सुरु गर्ने सम्झौता
काठमाडौं । लण्डनको रेमिट कम्पनी सिगे मनी ट्रान्सफर र सिटी एक्सप्रेस मनी ट्रान्सफर बिच रेमिटान्स सेवा सुरु गर्ने सम्झौता भएको छ । उक्त सम्झौतामा सिटी एक्सप्रेसको तर्फबाट सिटी एक्सप्रेसका प्रबन्ध निर्देशक चन्द्र टण्डन र सिगे मनी ट्रान्सफरबाट प्रेसिडेन्ट जोसेफ अगिलरले हस्ताक्षर गरेका छन् । सिगे मनी ट्रान्सफरको विश्व भरी १३० भन्दा बढि देशहरुमा आफ्नै सञ्जाल छ साथै ९० हजार भन्दा बढी एजेन्ट लोकेसनहरु छन् । यो सेवा सुरु भएपछी युरोप हुँदै अन्य देशहरुबाट सिगे मनी ट्रान्सफरले सिटी एक्सप्रेस मनीे मार्फत नेपालको कुनै पनि बैंकको खातामा रकम जम्मा गर्न वा रकम प्रवाह गर्न सकिने सिगेका प्रेसिडेन्ट अगिलरले जानकारी दिएका छन् । सिटी एक्सप्रेसले रेमिटान्स क्षेत्रमा आफ्नो छट्टै पहिचान बनाउदै बिगत ११ बर्ष देखि विदेशबाट पठाएको रकम आफ्ना ५००० भन्दा बढी नेपालका एजेन्टहरु मार्फत भुक्तानी प्रदान गर्दै आइरहेको छ ।
राधी विद्युतको सेयर बाँडफाँड
काठमाडौँ । राधी विद्युत कम्पनी लिमिटेडको साधारण सेयर (आईपीओ) बुधबार बाँडफाँड भएको छ । सेयर निष्कासन तथा बिक्री प्रवन्धकले गोलाप्रथाबाट आईपीओ बाँडफाँट गरेका हो । माग भन्दा धेरै आवेदन परेपछि १० कित्ता शेयर बाँडफाँड गर्न अपुग हुदा नविल मर्चेन्टले गोलाप्रथाबाट सेयर बाँडफाँड गरेको जानकारी दिएको छ । ७१ हजार १०३ जानाले १० कित्ता शेयर पाएका छन् । बाँकि शेयर कर्मचारी र सामुहिक लगानी कोषलाइ बाँडफाँड गरिएको छ। राधीले ७ करोड ६४ लाख ५५ हजार रुपैयाँ बराबरको शेयर निष्कासन गरेको थियो ।
कामना सेवा विकास बैंकको सेयर मूल्य समायोजन, प्रतिकित्ता १६५ रुपैयाँ
काठमाडौं । बुधबार कामना सेवा विकास बैंकको सेयर मूल्य समायोजन भएको छ । नेपाल स्टक एक्स्चेञ्ज(नेप्से)ले बैंकको १५ प्रतिशत हकप्रद पछिको मूल्य समायोजन गरेको हो । समायोजन पछि बैंकको सेयर मूल्य प्रतिकित्ता १६५ रुपैयाँ रहेको छ । जसको आधारित मूल्य प्रतिकित्ता २०८ रुपैयाँ रहेको थियो ।
स्थानीय तहले उठाउने कर तथा गैरकर राजश्व कानुन मस्यौदा तयार, २ प्रतिशत घर बहाल तिनुपर्ने
काठमाडौं । स्थानीय सरकारले ठेक्का लगाएर राजश्व वा शुल्क उठाउन नपाउने भएका छन् । जिल्ला विकास समितिको जस्तै अहिले पनि जिल्ला समन्वय समितिको नाममा ठेकेदारमार्फत स्थानीय निकायले विभिन्न कर तथा शुल्क असुली गर्दै आएकोमा नयाँ कानून कार्यन्वयनमा आएपछि यो बन्द हुने भएको हो । सरकारले तयार पारेको स्थानिय तहले उठाउने कर तथा गैरकर राजश्व कानूनको मस्यौदा ०७४ मा सिधै स्थानीय सरकारले मात्र कर उठाउनु पर्ने व्यवस्था गरिएको छ । मस्यौदाको दफा ५९ मा स्थानीय सरकार आफुले उठाउने कुनै पनि कर तथा शुल्क ठेकेदारमार्फत नपाइने प्रस्ताव गरिएको छ । ऐन कार्यन्वयनमा आएपछि सबै स्थानीय तहमा उठने सबै राजश्व त्यहाँको सरकारले पाउने छ । हाल ठेक्कामार्फत राजश्व र शुल्क उठाउदा ठेकेदारले धेरै फाइदा उठाउदै आएका छन् । अर्थ मन्त्रालयले कानूनको अन्तिम मस्यौदा स्वीकृत गरेको छ । प्रस्तावित मस्यौदालाई कानूनी रुप दिन अर्थले व्यवस्थापिका संसदमा पेश गर्नेछ । मस्यौदामा स्थानीय तहले सम्पत्ति कर, घर वहाल कर, घरजग्गा रजिष्ट्रेशन शुल्क, सवारीकर, मालपोत, मनोरन्जन, विज्ञापन र व्यवसाय कर लगाउन पाउने व्यवस्था गरिएको छ । घर बहालबाट हुने कुल आम्दानीको आधारमा २ प्रतिशत कर स्थानिय सरकारलाई बुझाउनु पर्ने प्रस्ताव गरिएको छ । यस्तै जग्गा रजिष्ट्रेशन शुल्क पनि २ प्रतिशत लगाउने प्रस्ताव गरिएको छ । विज्ञापन शुल्क पनि २ प्रतिशत लगाउने सक्ने व्यवस्था प्रस्तावित मस्यौदामा गरिएको छ । सम्पत्ति कर मूल्याँकित रकमको ०.५, मनोरन्जन कर २, प्रतिशत रहेको छ । यस्तै गैरकर राजश्व अन्तर्गत पर्यटन शुल्क, सवारीसाधन पार्किङ शुल्क, बहाल विटौरी शुल्क, जडिबुटी, कवाडी र जीवजन्तु शुल्क, केवलकार शुल्क र डुङा परिवहन शुल्क रहेका छन् । यी शुल्क स्थानीय सरकारले अवस्था हेरेर मात्र दर तोक्न सक्ने प्रस्ताव गरिएको छ । स्थानीय तहले कर तथा गैरकर र शुल्क उठाउदा प्रदेश र केन्द्रको समन्वय आवश्यक हुनुपर्ने मस्यौदामा उल्लेख गरिएको छ । स्थानीय सरकारले कर तथा शुल्क लगाउनु पुर्व सरोकारवालासंग छलफल गर्नुपर्ने कानूनी व्यवस्था गरिएको छ । (प्रस्तावित मस्यौदाको विस्तृत विवरण।)
माघ पहिलो हप्ता महिला उद्यमी सम्मेलन, १५० महिला उद्यमीहरुको सहभागीता हुने
काठमाडौं । माघ ६ गते चौथो महिला उद्यमी सम्मेलन–२०१८ हुने भएको छ । युवा महिला उद्योगीहरुको विसका तथा प्रबद्र्धन गर्ने उद्देश्यले सम्मेलन नेपाल युवा उद्यमी मञ्चले गर्ने लागेकोे हो । लक्ष्मी बैंकले प्रायोजन गर्ने सम्मेलन काठमाडौंको र्याडिसन होटल लाजिम्पाटमा हुने भएको छ । सम्मेलनको उद्घाटन नेपाल उद्योग वाणिज्य महासंघको अध्यक्ष भवानी राणाले गर्ने भएकी छिन् । केही वर्षअघिदेखि सुरु गरिएको युवा महिला उद्यमीहरुको उक्त सम्मेलन चौथो संस्करण हो । ‘कनेक्ट, कोलाबोरेट, क्रियट’ भन्ने नाराका सञ्चालन हुने सम्मेलनमा १५० भन्दाबढीको युवा महिला उद्यमीहरुको सहभागीता हुने युवा महिला उद्यमीहरुको सम्मेलनको अध्यक्ष जुना माथेमाले जानकारी दिइन् । सम्मेलनमा प्रेरणादायी अभिव्यक्ति, उद्यमशील यात्राका कथा, प्यानल डिस्कसन लगायत विषय समेटिने आयोजकको भनाइ छ । सम्मेलनबाट उद्योमीहको आफ्नो व्यक्तिगत र पेशागत क्षमता अभिबृद्धिमा लाभ हुने विश्वास गरिएको छ ।‘सम्मेलनलाई महिलाका लागि अभिप्रेरणा लिने एउटा प्लेटफर्मको रुपम लिएका छौं,’ सम्मेलनको अध्यक्ष माथेमाले भनिन् । उनका अनुसार सम्मेलनमा विद्यार्थी, उद्यमी महिला लगायत उद्यमशीलताप्रति चाहना भएका जो कोही सहभागी हुन सक्ने छन् । मञ्च युवा उद्यमशीलताको प्रवद्र्धनका लागि सन् २००३ मा स्थापना गरिएको संस्था हो । मञ्चको काठमाडौ च्याप्टरमा मात्र २० जना उद्यमी महिला रहेका छन् ।
४ बैंकले १ सय भन्दा बढीका लागि भर्ना खुलाए, ग्लोबल आईएमईले मात्रै ५० भन्दा बढीलाई जागिर दिने
काठमाडौं । विभिन्न ४ बैंकले १ सय भन्दा बढी कर्मचारीका लागि जागिर खुलाएका छन् । ग्लोबल आईएमई बैंक, एनआईसी एसिया बैंक, सनराईज बैंक र मुक्तिनाथ विकास बैंकले नयाँ कर्मचारी भर्ना गर्न लागेका हुन् । ग्लोबलले सहायक प्रवन्धकदेखि ट्रेनी सहायकसम्म ५० भन्दा बढी भर्ना गर्नका लागि सुचना प्रकाशित गरेको छ । यस्तै एनआईसी एसियाले आईटी सेक्युरिटीका लागि सहायकदेखि वरिष्ठ अधिकारीसम्मका लागि भर्ना खुला गरेको छ । एनआईसीले आवश्यक संख्या भने खुलाएको छैन् । यस्तै सनराइजले भने संख्या र पद खुलाएको छैन् । मुक्तिनाथले लघुवित्त क्षेत्र हेर्नका लागि लघुवित्त प्रमुखदेखि सहायकसम्मका लागि भर्ना खुला गरेको छ । मुक्तिनाथले भर्ना संख्या भने खुलाएको छैन् ।
रसुवागढी हाइड्रोपावरको आईपीओ भर्न डीम्याट खाता खोल्न सिद्धार्थ क्यापिटलको आग्रह
काठमाडौं । सिद्धार्थ क्यापिटल लिमिटेडले रसुवागढी हाइड्रोपावर कम्पनी लिमिटेडको आउन लागेको साधारण सेयर (आईपीओ) का लागि खाता खोल्न लगानीकर्तालाई भनेको छ । क्यापिटलले हितग्राही खाता (डीम्याट एकाउन्ट) र बैंकमा खाता खोल्न अनुरोध गरेको छ । धितोपत्र बोर्डबाट स्वीकृति पाइसकेकाले रसुवागढीको सेयर निष्कासन हुनेक्रममा रहेको जानकारी दिदै सिद्धार्थले डीम्याट खाता र बैकमा खाता खोल्न सार्वजनिक सुचना प्रकाशित गरेको हो । रसुवागढीको पहिलो चरणमा १ अर्ब ६४ करोड २१ लाख रुपैयाँ बराबरको १ करोड ६४ लाख २१ हजार कित्ता आईपीओ निष्कासन गर्न लागेको हो । यसअन्र्तगत कर्मचारी संचय कोषका संचयकर्ता, नेपाल विद्युत प्राधिकरण, चिलिमे जलविद्युत कम्पनी लिमिटेड र रसुवा जिल्लाका स्थानिय निकायका कर्मचारीलाई आईपीओ निष्कासन गर्ने सिद्धार्थले जनाएको छ । गत मंसिर २२ गतेदेखि विवरणपत्र स्वीकृत प्राप्त पुस २० गतेसम्म कायम रहेका कोषका संचयकर्ता, संचय कोषका कर्मचारी, विद्युत प्राधिकरण, चिलिमे र रसुवाका जिल्ला समन्वय समिति र गाउँपालिकाका कर्मचारीले आईपीओ भर्न पाउने सिदर्थले जनाएको छ ।
एनआईसी एशिया बैंकको भाइबर बैकिङ्ग सेवा संचालनमा
काठमाडौं । एनआईसी एशिया बैंकले भाइबर बैकिङ्ग सेवा संचालन गरेको छ । उक्त भाइबर बैकिङ्ग सेवा ग्राहकले सहज रुपमा आफ्नो मोबाइल, ल्यापटप, ट्याबलेट, कम्प्युटर लगायतबाट प्रयोग गर्न सक्ने बैंकले जनाएको छ । भाईबर बैकिङ्ग सुबिधा लिनको लागि भाइबर एप्लिकेशन मार्फत एनआईसी एशिया बैंकको शाखा कार्यालयहरु तथा एटिएम संञ्जालहरु बारे जानकारी, कर्जाको आवश्यक कागजपत्र, बैकिङ्ग समय सम्बन्धि जानकारी, बिदेशी बिनिमयदर सम्बन्धि जानकारी, बैंकको व्याजदर सम्बन्धि जानकारी एवं बैंक सम्बन्धि अन्य आवश्यक जानकारी सजिलै प्राप्त गर्न सक्ने भएका छन् । त्यस्तै गरी, एन आई सी एशिया बैंकको मोबाइल बैकिङ्ग सेवामा रजिष्टर भएको ग्राहकहरुले भाइबर बैकिङ्ग सेवा मार्फत आफ्नो खाताको सम्पूर्ण जानकारी सजिलै प्राप्त गर्न सक्ने बैंकले जनाएको छ ।