विकासन्युज

वैदेशिक रोजगारीमा गएका र स्वरोजगारको पनि संचय कोष हुने

काठमाडौं । कर्मचारी संचय कोषले वैदेशिक रोजगारीमा गएका र नेपालमै स्वरोजगार रहेका नागरिकहरुको पनि सञ्चय कोष गर्ने भएको छ । वैदेशिक रोजारीमा जाने र स्वदेशमै आफै रोजगार भएकाको कोष कट्टा सुरु गर्न लागेको हो । यसका लागि कोषले बेग्लै स्वरोजगार संचय कोष गठन गर्न लागेको छ । स्वरोजगार कोष गठनका लागि नीति र कार्यविधि बनाइ सञ्चालक समितिमा पेश भएको छ । सञ्चालक समितिबाट पारित भएपछि कार्यन्वयनका लागि अर्थ मन्त्रालयमा पेश गरिने कोषका कामु प्रशासक दीपक रौनियारले बताए । हाल सरकारी तथा निजी संगठित संस्थाका कर्मचारीको मात्र कोष व्यवस्थापन गरिरहेकोमा अब वैदेशिक रोजगारीमा जाने र स्वरोजगार भएका व्यक्तिलाई पनि कोषमा सहभागि गराउन लागेको उनले बताए । यसमा अनिवार्य नभई एेच्छिक रुपमा वैदेशिक रोजगारीमा जाने र स्वरोजगार भएका व्यक्ति समावेश हुने छन् । आम्दानीको प्रकृतिअनुसार वार्षिक वा त्रैमाशिक रुपमा कोषमा रकम जम्मा गर्ने व्यवस्था हुनेछ । यसले दीर्घकालमा पेन्सन फण्डको रुपमा काम गर्ने कोषको भनाई छ ।  

प्रभु लाइफ इन्स्योरेन्सले एकैसाथ खोल्यो थप ४ नयाँ शाखा

काठमाडौं । प्रभु लाइफ इन्स्योरेन्स लिमिटेडले एकैसाथ थप चार नयाँ शाखा कार्यालयहरुको संचालनमा ल्याएको छ । कम्पनीले बिहीबार(आज)देखि ललितपूर, कलंकी, बानेश्वर र बनेपा शाखाहरुको शुभारम्भ गरी कारोबार शुरु गरेको छ । नेपालको इमर्जिङ समूह प्रभु समूह, प्रभु बैंक, सांग्रिला विकास बैंक र मुलुकका अन्य प्रतिष्ठित व्यवसायिक समूहको लगानी रहेको प्रभु लाइफले बीमा बजारलाई ग्रामिण तहसम्म पुर्याउने लक्ष्य लिएको छ । प्रभु बैंकका प्रमुख कार्यकारी अधिकृत(सीईओ) अशोक शेरचनले एक कार्यक्रमकाबीच ललितपूर शाखा र कम्पनीका संञ्चालक नरेश बहादुर मल्लले कलंकी शाखा कार्यालयको उद्घाटन गरेका छन् । त्यसैगरी, कम्पनीका संस्थापक सेयरधनी अम्बिका शर्माले बानेश्वर शाखा र कम्पनीकै संस्थापक सेयरधनी तथा सांग्रिला विकास बैंकका सीईओ राजेन्द्रप्रसाद पौडेलले बनेपा शाखा कार्यालयको उद्घाटन गरेका हुन् । कार्यक्रममा प्रभु बैंकका सीईओ शेरचनले जीवन बीमालाई गाउँसम्म पुर्याउने उदेश्य रहेको यस कम्पनीले जीवन बीमा बजारमा महत्वपूर्ण स्थान बनाउने दाबी गरेका छन् । आगामी निकटतम दिनहरुमै कम्पनीले देशैभरी थप शाखाहरु विस्तार गर्दै जाने बताएको छ । साथै, कम्पनीले छिट्टै गंगबु तथा नारायणगढ शाखाहरु संचालनमा ल्याउने तयारी गरिरहेको छ । इन्स्योरेन्सले यस अघि नै ताहाचल, वीरगंज, ईटहरी, पोखरा, धनगढी, सिन्धुली तथा भक्तपुर शाखा कार्यालयहरुबाट कारोबार संचालन गरिसकेको छ ।

नेपालको सानदार जित, पपुवा न्युगिनी ६ विकेटले पराजित

काठमाडौं । नेपालले पपुवा न्युगिनी विरुद्ध जित हात पारेको छ । टस जितेर पहिले फिल्डिङ रोजेको नेपालले २७.२ ओभरमा ११४ रनमै अल आउट गर्यो । नेपाललका लागि सन्दिप लामिछाने र दिपेन्द्रसिंह ऐरीले समान ४-४ विकेट लिए भने करण केसी र सोमपाल कामीले एक-एक विकेट लिए । नेपालका लागि पारस खड्काले २० रन बनाउँदा ओपनर ज्ञानेन्द्र मल्ल १ रनमै आउट भएका थिए । त्यस्तै आरिफ शेखले २६ रन जोड्दा दिपेन्द्रसिंह ऐरीले नटआउट ५० रन जोडे ।

एलजीको वासिङ्ग मेसिनहरु बजारमा लोकप्रिय हुँदै, ग्राहकलाई दियाे धन्यवाद

काठमाडौं । नेपाली बजारमा एलजीको वासिङ्ग मेसिनहरु सर्वाधिक बिक्री भइरहेका छन् । त्यसमध्ये पनि ८ के.जी.को फ्रन्ट लोड वासिङ्ग मसिनलाई नेपाली ग्राहकहरुले अत्याधिक रुचाएका कम्पनीले जनाएको छ । कम्पनीकाे ६ केजी, ७ केजी, ९ केजी र १० केजी वासिङ्ग मसिनहरु पनि बजारमा लोकप्रिय हुँदै गइरहेका छन् । एलजीका कर्मसियल वासिङ्ग मसिनहरु र ड्रायर पनि राम्रो बिक्री हुँदै आएको कम्पनीले जनाएको छ । सोही उपलक्ष्यमा एलजीले आफ्ना सम्पूर्ण ग्राहकहरुलाई धन्यवाद दिएको छ । नेपालका लागि एलजी ब्राण्डको आधिकारीक विक्रेता चौधरी ग्रुपअन्तर्गत सिजी इम्पेक्स प्राली हो ।

आइएमई र मुथुत फाइनान्सबीच भारत-नेपाल रेमिटेन्स सेवा शुरु

काठमाडौं । नेपालस्थित आइएमई लिमिटेड र भारतस्थित मुथुत फाइनान्सले भारत-नेपाल रेमिटेन्स सेवा शुरु गर्ने भएका छन् । यी दुई कम्पनीले बुधबार(आज)देखि उक्त सेवा शुरु गरेका हुन् । नेपालस्थित आइएमई लिमिटेड र भारतस्थित मुथुत फाइनान्सबीच गत मङ्सिर महिनामा रेमिटेन्स सम्झौता भएको थियो । उक्त सम्झौता पत्रमा आइएमईका तर्फबाट प्रमुख सञ्चालन अधिकृत खिलेन्द्र पौडेल र मुथुत फाइनान्सका तर्फबाट प्रमुख महाप्रबन्धक के. आर. बिजिमोनले हस्ताक्षर गरेका थिए । यस सेवाको शुरुवातसँगै भारतमा रहेका नेपाली नागरिकले मुथुत फाइनान्सका ४ हजार ६ सय शाखाबाट नेपालमा पैसा पठाउन सक्नेछन् । यसरी पठाएको रकम नेपालका ७ हजार १ सय भन्दाबढी आइएमई एजेन्ट आउटलेटबाट सम्बन्धित व्यक्तिद्धारा सजिलै भुक्तानी लिन सकिने कम्पनीले जनाएको छ । साथै, नगद भुक्तानी सेवाका अतिरिक्त सम्बन्धित व्यक्तिको बैंक खातामा जम्मा गर्ने सुविधा पनि प्राप्त गर्न सकिनेछ । नेपालस्थित ग्लोबल आइएमई बैंक लिमिटेड र भारतस्थित आरबीएल बैंक यो सेवाका लागि बैंकिङ साझेदार संस्था हुनेछन् ।

खानेपानीको पाइप घर घर पुग्न सकेन

काठमाडौं । मेलम्ची खानेपानी आयोजनाको पाइप विस्तार गर्दा सम्पुर्ण घरलाई समेट्न नसकेको स्थानीयबासीले गुनासो गरेका छन् । काठमाडौं महानगरपालिकाको वडा न २८ अन्तर्गत सबै घरमा मेलम्चीको पाइप पुग्न नसकेको हो । स्थानीयबासी मन बहादुर खड्की हरी, खड्की, बालकृष्ण पाण्डे लगायतका घरमा मेलम्ची खानेपानीको विस्तार हुन नसकेको हो । मेलम्ची खानेपानीका लिला प्रसाद ढकालले अहिले खाइरहेको खानेपानीको बिल नतिरेको भएमा त्यस्ता घरमा पाइप नजोडिने बताए । यदि कुनै प्रविधिक कारणबाट पाइप नपुगेको भएमा पीडीआईको कार्यलयमा सम्पर्क गर्न सक्ने ढकालले जानकारी दिए ।

प्रधानन्यायाधीश पराजुलीद्धारा राजीनामा

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष प्रधानन्यायाधीश गोपालप्रसाद पराजुलीले बिहीबार पदबाट राजीनामा दिएका छन् । उमेरसम्बन्धी विवादमा परेका पराजुलीलाई न्यायपरिषद्का सचिवले गत साउन २१ मै अवकाश भइसकेको भनी बुधबार पत्राचार गरेपछि बिहीबार उनले शीतल निवास पुगी पदबाट राजीनामा दिएका हुन् । राष्ट्रपति कार्यालयका सहप्रवक्ता केशव घिमिरेका अनुसार संविधान बमोजिम अवकाश प्राप्त प्रधानन्यायाधीशले राजीनामा दिएपछि स्वीकृत गरिरहनु पर्दैन, स्वतः पद रिक्त हुनेछ । सर्वोच्च अदालतमा आजैदेखि वरिष्ठतम् न्यायाधीश दीपकराज जोशीले कायममुकायम प्रधानन्यायाधीश भई पेशी तोक्न शुरु गरेका छन् । आजै हुने राष्ट्रियसभा अध्यक्षको शपथमा कायममुकायम प्रधानन्यायाधीशका हैसियतमा जोशी सहभागी हुने भएका छन् ।

नेपालको कसिलो फिल्डिङ २७ ओभरमा पपुवा न्युगिनी ११४ रनमा अल आउट

काठमाडौं । नेपालले पपुवा न्युगिनी विरुद्ध सानदार पर्दशन गरेको छ । पहिले टस जितेर फिल्डिङ रोजेको नेपालले सन्दिप लामिछाने र दिपेन्द्र सिंह ऐरीको ४-४ विकेटको मद्धतमा न्युगिनीलाई ११४ रनमा अल आउट गरेको हो । नेपाल केहिबेरमा ब्याटिङमा उत्रिनेछ ।