विकासन्युज

उनको दोस्रो अन्तर्रा्ष्ट्रिय उडान नै अन्तिम बन्यो

काठमाडौं । २५ वर्षीया पृथुला रशिदका लागि सहचालकका रूपमा त्यो दोस्रो अन्तर्रा्ष्ट्रिय उडान थियो । उनले आफ्नो पहिलो अन्तर्रा्ष्ट्रिय उडान पनि काठमाडौमै गरेकी थिइन्। उनी डेढ वर्षदेखि विमानचालकका रूपमा काम गर्दै आएकी थिइन् । बीबीसी बांग्लासँग कुरा गर्दै उनकी आफन्त तासामिन रहमान ओमीले भनिन् उनका बुवा र आमालगायत परिवारका धेरै जनालाई पृथुला विमानचालक बन्ने कुरा मन परेको थिएन । उनका बुवाआमाले आफ्नी एक मात्र सन्तानले निरन्तर जोखिम भइराख्ने पेसा अँगाल्ने कुरा स्वीकार्न सकेका थिएनन् । उनको उपस्थिति नै अरुलाई सहज अनुभव गराउन पर्याप्त हुने खालेको थियो। कसैको मन खिन्न रहेको छ भने पनि त्यो व्यक्ति पृथुलाको कुरा सुनेर तुरुन्तै खुशी हुन सक्थ्यो ।

हेटौडामा सञ्चालन भयो महिन्द्राको अत्याधुनिक वर्कसप

काठमाडौं । नेपालमा गुणस्तरीय सेवा सुबिधाका साथम हिन्द्रा एण्ड महिन्द्रा कम्पनीले एउटा नमुना वर्कसप निर्माण गरेको छ । साना र ठूला गाडीहरुका लागी उपयुक्त वर्कसप नेपालको हेटौडामा निर्माण गरिएको हो । जसको उद्घाटन बुधबार गरिएको छ । दुगड़ ब्रदर्श एण्ड सन्स सँगको २५ बर्षभन्दा बढीको विश्वासीलो साथ र सहकार्यमा अगाडी बडेको महिन्द्राको सो वर्कसप उद्घाटन सञ्जय जादव (हेड अफ इन्टरनेशनल अपरेसन साउथ एसीया महिन्द्रा एण्ड महिन्द्रा लि.) , विवेक दुगड़ (प्रवन्धनिर्देशक दुगड़ ब्रदर्श एण्ड सन्स) र चैतन्य कागलकार (कन्ट्री हेड नेपाल, भुटान महिन्द्रा एण्ड महिन्द्रालि) ले संयुक्त रुपमा गरेको बताइएको छ । ग्राहाकहरुलाई थप गुणस्तरीय सेवा सुबिधा दिने कम्पनीको योजना अन्तर्गत वर्कसपको निर्माण गरीएको कम्पनीले जनाएको छ । वर्कसप ६ हजार ८ सय बर्गफीट क्षेत्रफलमा फैलीएको छ । जाहा सात वटा सर्भिस वेसहित ६ सय वर्गफीट क्षेत्रफल पार्कीङको लागि र ३ हजार ५० बर्गफीट गाडीहरु वासीङका लागि क्षेत्रफल छुट्याइएको छ । अत्याधुनीक उपकरणका साथ छीटो र गुणस्तरीय सेवा प्रदान गर्नका लागि कम्पनीले ग्राहाकको सन्तुष्टीमा ध्यानदिएको जनाएको छ । आधुनिक मर्मत कार्यलाई प्राथमिकता दिदै वर्कसपमा ग्राहाकहरुका लागि ठूलो लाउन्ज, ड्राइभर रीटाइरीङ लाउन्ज र लकरको समेत ब्यबस्था गरेको छ ।

परिसंघ र प्रबुद्ध परिषदले सरकारलाई पेश गर्यो समृद्धिको मार्गचित्रः

काठमाडौं । नेपाल उद्योग परिसंघले समृद्धिको अवधारणा कस्तो हुनुपर्छ र त्यो कसरी प्राप्त गर्ने भन्ने बारे परिसंघ–प्रवुद्ध परिषदसँगको पटक पटकको छलफल, सहकार्य र अन्तरक्रियाबाट समृद्धिको मार्ग चित्रको अवधारणा तयार गरी नेपाल सरकारलाई पेश गरेको छ । बिहीबार सम्पन्न बेग्ला–बेग्लै कार्यक्रममा परिसंघ तथा प्रबुद्ध परिषदका पदाधिकारीहरुले उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री मातृकाप्रसाद यादव तथा अर्थमन्त्री युवराज खतिवडालाई सो अवधारणा प्रस्तुत गरेको हो । सो समृद्धिको मार्ग चित्रको अवधारणाले सरकारलाई आगामी बनाउने नीति नियम तथा रणनीतिको लागि उपयोगि हुने अपेक्षा गरिएको छ । उक्त अवसरमा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री यादवले परिसंघले प्रस्तुत गरेको समृद्धिको मार्ग चित्र अध्ययन गरी आर्थिक विकास तथा उद्योग धन्दाको प्रवद्र्धनका लागि आवश्यक नीति र कानून तय गर्ने प्रतिबद्धता व्यक्त गरे । उनले औद्योगिक पूर्वाधार विकासका साथै उत्पादनमूलक एवं सेवा क्षेत्रको उद्योगको विकासको लागि लगानीको वातावरण बनाउन पर्नेमा जोड दिएका थिए । मुलुकको समग्र आर्थिक विकास हासिल गर्न सरकारले औद्योगिकीकरण तथा पूर्वाधारलाई प्राथमिकतामा राख्ने उनको भनाइ छ । अर्को कार्यक्रमा अर्थमन्त्री खतिवडाले नेपालको निजी क्षेत्रले यस प्रकारको अवधारणा तयार गर्नु सह्रानीय भएको बताए । आगामी दिनहरुमा नेपालमा लगानीको बातावरण बन्दै जाने भएकोले उद्योगी तथा व्यवसायीहरुलाई लगानीको लागि तयार रहन उनको सुझाब छ । त्यस्तै परिसंघका अध्यक्ष हरिभक्त शर्माले लामो राजनीतिक संक्रमणको अन्त्य भई मुलुकले राजनीतिक स्थायीत्व पाएको वताए । समृद्धिको मार्ग चित्रले सरकारलाई आफ्नो लक्ष हासिल गर्न सजिलो हुने उको विश्वास छ ।

यामाहाले ल्यायो नयाँ वर्ष योजना, सवारी साधनको खरिदमा सतप्रतिशतसम्म क्यास ब्याक

काठमाडौं । नेपालका लागि यामाहा मोटरसाइकल तथा स्कुटरको आधिकारिक विक्रेता एमएडब्लु इन्टरप्राइजेजले नयाँ वर्ष २०७५ लाई लक्षित गरी नयाँ ग्राहक योजना ल्याएको छ । ‘आमन्त्रण’ नाम रहेको यो योजनामा यामाहा ब्रान्डका मोटरसाइकल र स्कुटर खरिद गर्ने ग्राहकले एउटा स्क्र्याच बुक पाउनेछन् । जसमा ग्रहकहरुले ५ हजार रुपैयाँदेखि ५० हजार रुपैयाँसम्म ‘स्योर सट डिस्काउन्ट’ र सतप्रतिशतसम्म ‘क्यास ब्याक’ पाउनेछन् । ‘नयाँ वर्षको उल्लासलाई बढाउने उद्देश्यले हामीले यो ग्राहक योजना ल्याएका हौं,’ एमएडब्लु इन्टरप्राइजेज यामाहा डिभिजनका सहायक महाप्रबन्धक प्रदिप पोखरेलले भने, ‘यस पटक हामीले स्क्र्याच कार्ड होइन, स्क्र्याच बुक ल्याएका छौं जसलाई कोट्याएर ग्राहकले विभिन्न उपहार र पुरस्कार पाउन सक्नेछन् ।’स्क्र्याच बुकमा पाँच वटा पाना हुनेछन् । यसैबीच, यामाहाले ‘सेल्फी खिचौं न’ नामक फेसबुक कन्टेस्ट सुरु गरेको छ । जसमा ग्राहकले यामाहा सोरुममा रहेको ‘आमन्त्रण’लाई ब्याकग्राउन्डमा राखेर खिचिएको सेल्फीलाई ‘एसयामाहा’को फेसबुक पेजमा पठाउनुपर्नेछ । यो कन्टेस्टमा दैनिक विजेताले ‘सरप्राईज गिफ्ट’ प्रप्त गर्न सक्ने बताइएको छ । यामाहाले स्कुटरमा ‘रिसेल प्रोमिस’को घोषणा समेत गरेको छ । यामाहाले नेपाली बजारको माग र आवश्यकतालाई सम्बोधन गरी विभिन्न भेरियेन्टका मोटरसाइकल र स्कुटर विक्री गर्दै आएको छ । स्कुटरमा यामाहाको फेसिनो, रे जेडआर, रेजी र अल्फा गरी चार मोडेल छन् भने मोटरसाइकलमा एफजेड–एस एफआई, आर १५, एसजीआरआर, सलुटो र प्राविधिक रुपमा उच्च स्तरीय आर ३ उपलब्ध छन् । यामाहाको नयाँ वर्ष योजना चैत १ बाट ३१ बैशाखसम्म चल्नेछ बताइएको छ ।

प्रदेश नं ३ को बजेट चैत २० भित्र आउने

हेटौँडा । प्रदेश नं ३ को चालु आर्थिक वर्षको पहिलो बजेट यही चैत २० गतेभित्र पेश गरिने भएको छ । आज साँझ बसेको प्रदेश मन्त्रिपरिषद्को बैठकले सो निर्णय गर्नाका साथै सरकारको प्रवक्तामा आर्थिक मामिला तथा योजनामन्त्री कैलाश ढुंगेललाई तोकेको छ । बैठकले आन्तरिक मामिला तथा कानून मन्त्रालयले तयार पारेको विधेयक, स्थानीय तहको सेवा सुविधासम्बन्धी विधेयक र केही सार्वजनिक लिखत प्रमाणीकरणसम्बन्धी विधेयक पारित गरेको छ । ती विधेयक संसद् सचिवालयमा शुक्रबार दर्ता गरिने प्रवक्ता ढुंगेलले सञ्चारकर्मीलाई जानकारी दिए। प्रदेश सरकारले तीन महिनाभित्र २३ कानून निर्माण गरिसक्ने लक्ष्यसहित काम भइरहेको जनाएको छ । तीमध्ये प्रदेशसभा नियमावली पारित भइसकेको छ भने २२ कानून निर्माण हुन बाँकी छन् । रासस

वीरगञ्जमा महिन्द्रा गाडीको लागि प्रि डेलिभरी इन्स्पेक्शन सेन्टर खुल्यो

काठमाडौं । अग्नि ग्रुपले वीरगञ्जमा पिडिआई (प्रि डेलिभरी इन्स्पेक्शन) सेन्टर तथा स्पेयर पार्ट बिक्री केन्द्रको स्थापना गरेको छ । महिन्द्रा एण्ड महिन्द्रा साउथ एशियाका उपाध्यक्ष इन्टरनेशनल अपरेशन प्रमुख सञ्जय ज्यादभ र अग्नि ग्रुपका कार्यकारी निर्देशक अर्जुन प्रसाद शर्माले केन्द्रको चैत १ गते सामुहिक रुपमा समुद्घाटन गरेका छन् । पिडि आईसेन्टरको उद्घाटनका क्रममा सञ्जय ज्यादभले “महिन्द्रा गाडी प्रतिको आमविश्वास अनि भरोसालाई आत्मसाथ गर्दै कम्पनीले यो केन्द्रको स्थापना गरेको बताए । त्यस्तै अर्जुनप्रसाद शर्माले ग्राहक समक्ष गाडी पुर्याउनु पूर्व नै गाडी पूर्ण रुपमा गुणस्तर युक्त छ भनी सुनिश्चितता प्रदान गर्न सेन्टर स्थापना गरेके बताए । यस सेन्टरबाट गुणस्तरीयताको १०० प्रतिशत सुनिश्चितता प्राप्तहुनुका साथ साथै गाडीका सम्पूर्ण अवस्थाहरु जस्तैः गाडीको फिनिसिङ्ग, ग्यास, वासर फ्ल्युड, इन्जिनआयल राख्ने जस्ता कार्यहरु गरिनुका साथै बोल्टहरुलाई कस्ने, आदि कार्यहरु हुने कम्पनीले जनाएको छ ।

अन्तर्राष्ट्रिय क्रिकेट इतिहासमा नेपाललाई पहिलो सफलता

काठमाडौँ  । अन्तर्राष्ट्रिय क्रिकेट इतिहासमा नेपालले अब चार वर्षसम्मका लागि पहिलो पटक एकदिवसीय मान्यता पाउने पक्का भएको छ । जिम्बावेमा जारी आइसिसी विश्वकप छनोटअन्तर्गत नेपालले पपुवा न्यूगिनीलाई ६ विकेटले हराएसँगै नेदरल्याण्ड्सले पनि हङकङलाई ४४ रनले पराजित गरेपछि नेपालले एकदिवसीय मान्यता पाउने पक्का भएको हो । नेपालले अब सो मान्यतासँगै आइसिसीले खेलाउने विभिन्न प्रतियोगितामा सहभागिता जनाउन पाउने छ भने आइसिसीले अहिले गर्दै आएको सहयोगमा वृद्धि हुनेछ । सो हारसँगै पपुवा न्यूगिनीको एकदिवसीय मान्यता भने खोसिएको छ । –––

धुलोधुवाँ हटाउन काम नगर्ने ठेकेदारलाई कारवाहीे गर्न गृहमन्त्रीको निर्देशन

काठमाडौ । गृहमन्त्री रामबहादुर थापाले काठमाडौँ उपत्यकाको ट्राफिक व्यवस्थापन गर्न तथा धुलोधुवाँ हटाउन विद्यमान कानुन संशोधन गरेर कडा कानुन ल्याइने बताएका छन् । गृह मन्त्रालयमा काठमाडौँ, ललितपुर, भक्तपुर जिल्लाभित्रका महानगरपालिका र नगरपालिकाका प्रमुख, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, राष्ट्रिय अनुसन्धान विभागका प्रमुख, तीनै जिल्लाका प्रमुख र प्रहरी प्रमुख सम्मिलित अन्तरक्रियामा गृहमन्त्रीले कानुनमा रहेको थोरै जरिवानाका कारण अटेरी गर्ने प्रवृत्ति बढिरहेकाले जरिवाना बढाइने बताए । उनले भने, “जरिवाना थोरै भएकै कारण ठेकेदारले निर्माणमा लापरवाही गर्ने, सवारी साधन जथाभावी चलाउने तथा बटुवाले समेत ट्राफिक नियम नमान्ने गरेको देखियो, त्यसमा अब सुधार गर्नुपर्छ ।” केही ठेकेदारले एकातिर समयमा काम सम्पन्न नगर्ने र अर्कातिर सम्पन्न गरेका काम पनि कमसल हुने गरेकाले यस्ता काम गर्नेमाथि अब कारवाहीे केन्द्रित गरिने उनको भनाइ थियो । जनताले महसुस गर्ने गरी काठमाडौँ उपत्यकाको ट्राफिक व्यवस्थापन सुधार र धुलोधुवाँ हटाउन आआफ्ना क्षेत्रबाट सहयोग गर्न अन्तरक्रियामा सहभागी जनप्रतिनिधि तथा सरकारी उच्च अधिकारीलाई उनले आग्रह गरे । यस्तो कार्य गर्दा कसैको दवाव आए त्यसलाई अस्वीकार गरेर अघि बढ्न उहाँले निर्देशन दिए। गृहमन्त्री थापाले भने, “कानुन कार्यान्वयन गर्दा कसैको दवाव आए म पनि त्यसलाई अस्वीकार गरेर अघि बढ्छु, तपाईंहरु पनि त्यसलाई अस्वीकार गरेर अघि बढ्नुहोेस् ।” उनले भने। “लोडसेडिङमुक्त नेपाल घोषणा गरिएजस्तै ‘ट्राफिक जाममुक्त नेपाल’ घोषणा गर्ने गरी कार्ययोजना अघि बढाउनुहोस् ।” गृहमन्त्री थापाले सडक र पुल निर्माणमा ढिलासुस्ती हुनुमा भ्रष्टचार र अनियमितता जोडिएको छ भन्दै त्यसको छानविन गरिने बताए । कार्यक्रममा जनप्रतिनिधि, प्रजिअ र सुरक्षा निकायका पदाधिकारीले ट्राफिक व्यवस्थापन र धुलोधुवाँ हटाउने गृह मन्त्रालयको अभियानमा आफूहरुको साथ रहने बताएका थिए । उनीहरुले ठूला सार्वजनिक सवारी साधनको प्रयोगमा प्रोत्साहनको नीति ल्याउनुपर्ने, सवारीसाधन जाँचपासमा कडाइ गरिनुपर्ने, सामान बोक्ने सवारीसधानलाई राति ७ बजेदेखि बिहान ७ बजेसम्म मात्रै काठमाडौँ उपत्याभित्र प्रवेश दिनुपर्ने, काम नगर्ने ठेकेदारलाई तत्काल कारवाहीको दायरामा ल्याउनुपर्ने, जरिवाना रकम बढाउनुपर्नेलगायत सुझाव दिएका थिए । रासस