काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालबिना भारतका पवित्र तीर्थस्थल अपूरा रहने बताएका छन् ।
प्रधानमन्त्री बालेन्द्र शाहको भारत भ्रमणका क्रममा सोमबार नयाँदिल्लीस्थित हैदरावाद हाउसमा आयोजित संयुक्त पत्रकार सम्मेलनमा मोदीले यस्तो बताएका हुन् ।
उनले भने, ‘नेपालबिना हाम्रा पवित्र तीर्थस्थलहरू अपूरा छन् ।’
उनले भगवान् राम र माता सीतालाई नेपाल–भारतको साझा सभ्यता तथा आस्थाको प्रतीकका रूपमा व्याख्या गरे ।
मोदीले भगवान् राम र माता सीताको प्रसङ्गमार्फत दुई देशबीचको ऐतिहासिक, धार्मिक तथा सांस्कृतिक सम्बन्धलाई स्मरण गराएका हुन् ।
यसैबीच, प्रधानमन्त्री शाह र मोदीले सोमबार नै जनकपुरधाम र अयोध्याबीचको विशेष रेल सेवाको संयुक्त रूपमा उद्घाटन गरेका छन् । नयाँदिल्लीस्थित हैदरावाद हाउसबाट भर्चुअल माध्यमबाट रेल सेवाको शुभारम्भ गरिएको हो ।