काठमाडौं । बिहीबार सेयर बजार सामान्य अंकले बढेको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक ३.६२ अंकले बढेर २६२८ बिन्दुमा पुगेको छ ।
नेप्सेका अनुसार १३८ कम्पनीको सेयर मूल्य बढ्दा १३२ कम्पनीको सेयर मूल्य घटेको छ । १० कम्पनीको सेयर मूल्यमा भने कुनै परिवर्तन आएको छैन ।
बिहीबार ३४७ कम्पनीको ९४ लाख कित्ता किनबेच हुँदा ३ अर्ब ८७ करोड रुपैयाँ बराबरको कारोबार भएको छ । जसमध्ये सबैभन्दा धेरै कारोबार एनआईसी एसिया बैंकको भएको छ । एनआईसीको १६ करोड रुपैयाँ बराबरको कारोबार भएको छ ।
साथै पिपुल्स हाइड्रोको १५ करोड, सेन्ट्रल फाइनान्सको १२ करोड र सोल्टी होटलले ११ करोड रुपैयाँ बराबरको कारोबार भएको छ ।
सेयर बजारमा कारोबार भएका १३ उपसूचकमध्ये ६ वटामा वृद्धि भएको छ भने ७ वटामा गिरावट आएको छ ।
नेप्सेका अनुसार होटल तथा पर्यटन उपसूचक सबैभन्दा धेरै १.२९ प्रतिशतले बढेको छ । यो उपसूचक ९०.०१ अंकले बढेर ७ हजार १५.२१ विन्दुमा पुगेको छ ।
त्यस्तै, उत्पादन तथा प्रशोधन उपसूचक ०.६७ प्रतिशतले बढेर १० हजार ४६७.२२ विन्दुमा पुगेको छ । बैंकिङ उपसूचक ०.५४ प्रतिशत, वित्त उपसूचक ०.३५ प्रतिशत र व्यापार उपसूचक ०.२३ प्रतिशतले बढेका छन् । म्युचुअल फन्ड उपसूचकको परिवर्तन भने शून्य देखिएको छ ।
यता, अन्य उपसूचक सबैभन्दा धेरै ०.५३ प्रतिशतले घटेको छ । लगानी उपसूचक ०.३८ प्रतिशत, निर्जीवन बीमा ०.३० प्रतिशत र जीवन बीमा ०.२२ प्रतिशतले घटेका छन् ।
त्यस्तै, लघुवित्त उपसूचक ०.१५ प्रतिशत, जलविद्युत् ०.०५ प्रतिशत र विकास बैंक उपसूचक ०.०४ प्रतिशतले घटेका छन् ।