निर्जीवन बीमकको वित्तीय क्षमता बलियो, औसत सोल्भेन्सी मार्जिन ४.२७ गुणा

काठमाडौं । चालु आर्थिक वर्ष २०८३/८४ को को असोजसम्ममा निर्जीवन बीमा कम्पनीहरूको सोल्भेन्सी मार्जिन नियामक निकायले तोकेको सीमाभन्दा माथि नै रहेको छ । असोजसम्म १४ निर्जीवन बीमा कम्पनीको औसत सोल्भेन्सी मार्जिन अनुपात ४.२७ गुणा पुगेको छ । अघिल्लो आर्थिक वर्षको असोजसम्म यस्तो औसत अनुपात ३.८४ गुणा थियो ।  एक वर्षको अवधिमा औसत अनुपात ०.४३ गुणाले बढेको हो ।

नेपाल बीमा प्राधिकरणको नियामकीय व्यवस्थाअनुसार निर्जीवन बीमा कम्पनीहरूले न्यूनतम १३० प्रतिशत अर्थात् १.३० गुणा सोल्भेन्सी मार्जिन अनुपात कायम गर्नुपर्ने व्यवस्था छ । तर, समीक्षा अवधिमा कम्पनीहरूको औसत अनुपात तोकिएको न्यूनतम सीमाभन्दा २.९७ गुणाले बढी रहेको छ ।

यसले समग्र निर्जीवन बीमा क्षेत्रको जोखिम वहन गर्न सक्ने वित्तीय क्षमताको अवस्था नियामकीय न्यूनतम सीमाभन्दा माथि रहेको देखाउँछ । पहिलो त्रैमासम्ममा सानिमा जिआईसी इन्स्योरेन्सको सोल्भेन्सी मार्जिन सबैभन्दा बलियो देखिएको छ । सानिमा जिआईसीको सोल्भेन्सी मार्जिन अनुपात ५.८५ गुणा रहेको छ । अघिल्लो आवको यही अवधिमा कम्पनीको सोल्भेन्सी मार्जिन अनुपात ५.८५ गुणा नै थियो । 

असोजसम्ममा प्रभु इन्स्योरेन्सको सोल्भेन्सी मार्जिन अनुपात ५.४८ गुणा रहेको छ । अघिल्लो आवको यही अवधिमा कम्पनीको सोल्भेन्सी मार्जिन अनुपात ४.६६ गुणा रहेको थियो । समीक्षा अवधिमा कम्पनीको सोल्भेन्सी मार्जिन अनुपात ०.८२ गुणाले बढेको छ । 

त्यस्तै, पहिलो त्रैमासमा नेको इन्स्योरेन्सको सोल्भेन्सी मार्जिन अनुपात ५.०६ गुणा रहेको छ । अघिल्लो आवको यही अवधिमा कम्पनीको अनुपात ५.०६ प्रतिशत नै थियो । आईजीआई प्रुडेन्सियल इन्स्योरेन्सको सोल्भेन्सी मार्जिन अनुपात अघिल्लो आवकै स्तरमा अर्थात  ५.०४ गुणा रहेको छ । 

त्यसैगरी, शिखर इन्स्योरेन्स र युनाइटेड अजोड इन्स्योरेन्सको पनि सोल्भेन्सी मार्जिन अनुपात अघिल्लो आवकै स्तरमा रहेको छ । शिखर इन्स्योरेन्सको ४.७४ गुणा र युनाइटेड अजोड इन्स्योरेन्सको ४.२९ गुणा अनुपात रहेको छ ।

समीक्षा अवधिमा नेपाल इन्स्योरेन्सको सोल्भेन्सी मार्जिन अनुपात घटेको छ । अघिल्लो आवको असोजसम्ममा कम्पनीको सोल्भेन्सी मार्जिन अनुपात ४.३३ गुणा रहेकोमा चालु आवको यही अवधिमा ४.२८ गुणा रहेको छ । 

त्यस्तै, एनएलजी इन्स्योरेन्सको सोल्भेन्सी मार्जिन अनुपात ४.२४ गुणा कायम भएको छ । अघिल्लो आवको सोही अवधिमा कम्पनीको अनुपात ३.४२ गुणा थियो । समीक्षा अवधिमा कम्पनीको सोल्भेन्सी मार्जिन अनुपात ०.८२ गुणाले वृद्धि भएको हो ।

त्यसैगरी, नेशनल इन्स्योरेन्सको सोल्भेन्सी मार्जिन अनुपात ४ गुणा कायम भएको छ । अघिल्लो आवको यही अवधिमा कम्पनीको सोल्भेन्सी मार्जिन अनुपात १.६७ गुणा रहेको थियो ।

हिमालयन एभरेष्टको सोल्भेन्सी मार्जिन अनुपात ३.९४ गुणा, राष्ट्रिय बीमा कम्पनी ३.६२, सगरमाथा लुम्बिनी इन्स्योरेन्सुको ३.३१ गुणा, सिद्धार्थ प्रिमियर इन्स्योरेन्सको ३.१८ गुणा कायम भएको छ ।  अघिल्लो आवको यही अवधिमा हिमालयन एभरेष्टको सोल्भेनसी मार्जिन अनुपात ३.३२, राष्ट्रिय बीमा कम्पनीको २.७३, सलिकोको २.७५ र सिद्धार्थ प्रिमियर इन्स्योरेन्सको ३.१८ गुणा नै थियो । 

सबैभन्दा कम अनुपात ओरियन्टल इन्स्योरेन्सको २.७३ गुणा रहेको छ । अघिल्लो आवको यही अवधिमा कम्पनीको सोल्भेन्सी मार्जिन अनुपात २.६६ रहेको थियो । 

null

Share News