पहिलो त्रैमासमा प्रभु इन्स्योरेन्सको आम्दानी र नाफा दुवैमा सुधार

काठमाडौं । प्रभु इन्स्योरेन्सले चालु आर्थिक वर्ष २०८३/८४ को प्रथम त्रैमास (साउन–असोज)सम्ममा प्रभु इन्स्योरेन्सको वित्तीय सूचकहरु सकारात्मक देखिएका छन् ।

कम्पनीले सार्वजनिक गरेको वित्तीय विवरणअनुसार असोजसम्ममा कम्पनीले ६ करोड ६८ लाख रुपैयाँ नाफा कमाएको छ । अघिल्लो आवको यही अवधिमा कम्पनीले ६ करोड ३१ लाख रुपैयाँ नाफा आर्जन गरेको थियो ।  अघिल्लो आवको तुनामा समीक्षा अवधिमा कम्पनीको नाफा ५.८० प्रतिशतले बढेको छ । 

असोजसम्ममा कम्पनीले ३० करोड ४३ लाख रुपैयाँ कुल आम्दानी गरेको छ । अघिल्लो आवको यही अवधिमा कम्पनीले २४ करोड ३३ लाख रुपैयाँ आम्दानी गरेको थियो । समीक्षा अवधिमा कम्पनीको कुल आम्दानी २५.०८ प्रतिशतले बढेको छ ।

त्यस्तै समीक्षा अवधिसम्ममा कम्पनीले ३५ करोड १८ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ । अघिल्लो आवको यही अवधिमा कम्पनीले २९ करोड ६८ लाख रुपैयाँ कुल बीमाशुल्क संकलन गरेको थियो । अघिल्लो आवको तुलनामा कम्पनीको कुल बीमा शुल्क आर्जन १८.५१ प्रतिशतले बढेको छ ।

असोजसम्ममा कम्पनीले १७ करोड ७८ लाख रुपैयाँ खुद बीमा शुल्क संकलन गरेको छ । अघिल्लो आवको यही अवधिसम्ममा कम्पनीले १२ करोड ७ लाख रुपैयाँ खुद बीमा शुल्क संकलन गरेको थियो । अघिल्लो आवको तुलनामा कम्पनीको खुद बीमा शुल्क आर्जन ४७.२५ प्रतिशतले बढेको छ ।

चुक्तापुँजी १ अर्ब ८४ करोड ८९ लाख रुपैयाँ रहेको कम्पनीको समीक्षा अवधिसम्म स्पेसल रिर्जभमा १ अर्ब ३७ करोड ८६ लाख रुपैयाँ, महाविपत्ति कोषमा ११ करोड ६६ लाख रुपैयाँ, रिटेन्ड अर्निङमा १३ करोड १४ लाख रुपैयाँ र अन्य इक्विटीमा १६ करोड ८७ लाख रुपैयाँ रहेको छ ।

अघिल्लो आवको यही अवधिमा कम्पनीको स्पेसल रिर्जभमा १ अर्ब ३४ करोड ७६ लाख रुपैयाँ, महाविपत्ति कोषमा ११ करोड ३५ लाख रुपैयाँ, रिटेन्ड अर्निङमा १० करोड ४१ लाख रुपैयाँ र अन्य इक्विटीमा १५ करोड ४१ लाख रुपैयाँ रहेको थियो । 

कम्पनीको बीमा कोषमा ३ अर्ब ८५ करोड ३८ लाख रुपैयाँ रहेको छ । अघिल्लो आवको यही अवधिमा कम्पनीको  बीमा कोषमा ३ अर्ब १६ करोड ४० लाख रुपैयाँ थियो । समीक्षा अवधिमा कम्पनीको बीमा कोषको आकार २१.८० प्रतिशतले बढेको छ ।

असोजसम्ममा कम्पनीको वार्षिकीकृत प्रतिशेयर आम्दानी (ईपीएस) १४.४५ रुपैयाँ रहेको छ । अघिल्लो आवको यही अवधिमा कम्पनीको  ईपीएस १४.८५ रुपैयाँ थियो । कम्पनीको प्रतिशेयर नेटवर्थ १९७.११ रुपैयाँ रहेको छ ।
 

Share News