नेको इन्स्योरेन्सको खुद बीमा शुल्क संकलन १५ प्रतिशतले बढ्यो, अन्य सूचक कस्ता ?

काठमाडौं । नेको इन्स्योरेन्सले चालु आर्थिक वर्ष २०८३/८४ को प्रथम त्रैमास (साउन–असोज)सम्ममा ५७ करोड ३७ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ ।

अघिल्लो आवको यही अवधिमा कम्पनीले ५२ करोड ६२ लाख रुपैयाँ कुल बीमाशुल्क संकलन गरेको थियो । अघिल्लो आवको तुलनामा कम्पनीको कुल बीमाशुल्क आर्जन ९.०१ प्रतिशतले बढेको छ ।

समीक्षा अवधिमा कम्पनीले ३४ करोड ३ लाख रुपैयाँ खुद बीमा शुल्क संकलन गरेको छ । अघिल्लो आवको यही अवधिमा कम्पनीले २९ करोड ५४ लाख रुपैयाँ खुद बीमा शुल्क संकलन गरेको थियो । अघिल्लो आवको तुलनामा कम्पनीको खुद बीमाशुल्क आर्जन १५.२२ प्रतिशतले बढेको छ ।

अघिल्लाे आवमा घाटा व्योहोरेको कम्पनीले चालु आवमा पनि घाटा व्योहोरेको छ । कम्पनीले चालु आवको असोजसम्ममा ८ करोड १८ लाख रुपैयाँ घाटा व्यहोरेको छ । अघिल्लो आवको यही अवधिमा कम्पनीले  ८ करोड ३१ लाख रुपैयाँ घाटा व्यहोरेको थियो ।

२ अर्ब ७७ करोड २२ लाख रुपैयाँ चुक्तापुँजी रहेको कम्पनीको समीक्षा अवधिसम्म स्पेसल रिर्जभमा २ अर्ब ४५ करोड ७८ लाख रुपैयाँ, महाविपत्ति कोषमा १८ करोड १५ लाख रुपैयाँ, रिटेन्ड अर्निङमा २८ करोड ३१ लाख रुपैयाँ र अन्य इक्विटीमा ४६ करोड ३५ लाख रुपैयाँ रहेको छ । अघिल्लो आवको यही अवधिमा कम्पनीको स्पेसल रिर्जभमा २ अर्ब ४५ करोड ७८ लाख रुपैयाँ, महाविपत्ति कोषमा १८ करोड १५ लाख रुपैयाँ, रिटेन्ड अर्निङमा ३६ करोड ५० लाख रुपैयाँ र अन्य इक्विटीमा ४६ करोड ६८ लाख रुपैयाँ रहेको थियो ।

असोजसम्ममा कम्पनीको बीमा कोषमा ५ अर्ब ८१ करोड ३८ लाख रुपैयाँ रहेको छ । अघिल्लोआवको यही अवधिमा कम्पनीको बीमा कोषमा ४ अर्ब ८५ करोड ७२ लाख रुपैयाँ थियो । समीक्षा अवधिमा कम्पनीको बीमा कोषको आकार १९.६९ प्रतिशतले बढेको छ ।

असोज मसान्तसम्ममा कम्पनीको कुल सम्पति १३ अर्ब २९ करोड रुपैयाँ पुगेको छ । अघिल्लो आवको यही अवधिमा कम्पनीको कुल सम्पति १२ अर्ब १५ करोड रुपैयाँ थियो । 

कम्पनीको सोल्भेन्सी अनुपात ५.०६ प्रतिशत छ । जुन नियामक निकाय नेपाल बीमा प्राधिकरणले तोकेको न्युनतम सीमाभन्दा माथि हो ।

असोजसम्म कम्पनीको वार्षिकीकृत प्रतिशेयर आम्दानी (ईपीएस) ११.८१ रुपैयाँले ऋणात्मक रहेको छ । अघिल्लो वर्ष पनि ईपीएस १२.३५ रुपैयाँले ऋणात्मक थियोे । कम्पनीको प्रतिशेयर नेटवर्थ २२३.२६ रुपैयाँ रहेको छ । त्यस्तै कम्पनीको पीई रेसियो ४४.२७ ऋणात्मक छ । 

Share News