काठमाडौं । हिमालयन एभरेष्ट इन्स्योरेन्सको चालु आर्थिक वर्ष २०८३/८४ को प्रथम त्रैमास (साउन–असोज)सम्ममा कुल सम्पति १८ अर्ब ५९ करोड १२ लाख रुपैयाँ पुगेको छ ।
अघिल्लो आव २०८२÷८३ को सोही अवधिमा कम्पनीको कुल सम्पत्ति १० अर्ब ७२ करोड ५४ लाख रुपैयाँ थियो । समीक्षा अवधिमा कम्पनीको कुल सम्पति ७३.३ प्रतिशतले वृद्धि भएको छ ।
चुक्तापुँजी २ अर्ब ५० करोड रुपैयाँ रहेको कम्पनीको समीक्षा अवधिसम्म स्पेसल रिर्जभमा २ अर्ब २ करोड ९१ लाख रुपैयाँ, महाविपत्ति कोषमा ९ करोड ३७ लाख रुपैयाँ र अन्य इक्विटीमा २६ करोड ५९ लाख रुपैयाँ रहेको छ । कम्पनीको रिटेन्ड अर्निङ भने ९ करोड २६ लाख रुपैयाँले ऋणात्मक रहेको छ ।
अघिल्लो आवको यही अवधिमा कम्पनीको स्पेसल रिर्जभमा २ अर्ब ८ करोड २१ लाख रुपैयाँ, महाविपत्ति कोषमा ९ करोड ९० लाख रुपैयाँ, रिटेन्ड अर्निङमा २७ करोड ४७ लाख रुपैयाँ र अन्य इक्विटीमा ३९ करोड २६ लाख रुपैयाँ रहेको थियो ।
त्यस्तै समीक्षा अवधिमा कम्पनीको पुनर्बीमा सम्पति १० अर्ब ६२ करोड रहेको छ । अघिल्लो आवको सोही अवधिमा कम्पनीको पुनर्बीमा सम्पति ३ अर्ब ३३ करोड रुपैयाँ थियो । चालु आवको पहिलो त्रैमासमा कम्पनीले ४० करोड ११ लाख रुपैयाँ घाटा व्यहोरेको छ । अघिल्लो आवमा कम्पनीले १० करोड ९३ लाख रुपैयाँ घाटा व्यहोरेको थियो ।
अघिल्लो आवको तुलनामा समीक्षा अवधिमा कम्पनीको कुल बीमा शुल्क आर्जन घटेको छ । वित्तीय विवरणअनुसार असोजसम्मममा कम्पनीले ७७ करोड ६३ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ । अघिल्लो आवको यही अवधिमा कम्पनीले ९८ करोड ३३ लाख रुपैयाँ कुल बीमाशुल्क संकलन गरेको थियो । अघिल्लो आवको तुलनामा कम्पनीको कुल बीमाशुल्क २१.०५ प्रतिशतले घटेको छ ।
त्यस्तै असोजसम्म कम्पनीले २७ करोड ६२ लाख रुपैयाँ खुद बीमा शुल्क संकलन गरेको छ । अघिल्लो आवको यही अवधिसम्म कम्पनीले ६२ करोड ४१ लाख रुपैयाँ खुद बीमा शुल्क संकलन गरेको थियो । अघिल्लो आवको तुलनामा कम्पनीको खुद बीमाशुल्क आर्जन ५५.७३ प्रतिशतले घटेको छ ।
तेस्रो त्रैमाससम्ममा कम्पनीको कम्पनीको बीमा कोषमा १२ अर्ब ७६ करोड ५४ लाख रुपैयाँ रहेको छ । अघिल्लो वर्ष यही अवधिसम्म बीमा कोषमा ४ अर्ब ४७ करोड ५७ लाख रुपैयाँ थियो । समीक्षा अवधिमा कम्पनीको बीमा कोषको आकार १८५.२२ प्रतिशतले बढेको छ ।
असोजसम्ममा कम्पनीले १ लाख १ हजार पोलिसी जारी गरेको छ । अघिल्लो आवको यही अवधिमा कम्पनीले ७३ हजार पोलिसी जारी गरेका थिए । त्यसैगरी पहिलो त्रैमाससम्ममा कम्पनीले ४ हजार ८६९ दाबीको ५१ करोड ८२ लाख रुपैयाँ भुक्तानी गरेको छ । अघिल्लो आवको यही अवधिमा कम्पनीले ३२ करोड ९३ लाख रुपैयाँ दाबी भुक्तानी गरेको थियो ।
असोजसम्म कम्पनीको वार्षिकीकृत प्रतिशेयर आम्दानी (ईपीएस) ६४.१८ रुपैयाँले ऋणात्मक रहेको छ । अघिल्लो वर्ष पनि ईपीएस १७.४९ रुपैयाँले ऋणात्मक थियोे । कम्पनीको प्रतिशेयर नेटवर्थ १९१.८४ रुपैयाँ रहेको छ ।