सुनको मूल्य तोलामा २ लाख ६९ हजार १०० रुपैयाँमा झर्‍यो

काठमाडौं । नेपाली बजारमा सोमबार सुन र चाँदी दुवैको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला १ हजार १०० रुपैयाँले घटेको हो ।

महासंघका अनुसार सोमबार सुन प्रतितोला २ लाख ६९ हजार १०० रुपैयाँमा कारोबार भइरहेको छ । यसअघि आइतबार सुन प्रतितोला २ लाख ७० हजार २०० रुपैयाँमा कारोबार भएको थियो ।

त्यस्तै, चाँदीको मूल्य पनि प्रतितोला ८० रुपैयाँले घटेको छ । आइतबार प्रतितोला ३ हजार ६०० रुपैयाँमा कारोबार भएको चाँदी सोमबार घटेर ३ हजार ५२० रुपैयाँमा झरेको महासंघले जनाएको छ ।  

Share News