सानो गोलभेडा किलोको ३० रुपैयाँ, यस्तो छ तरकारी तथा फलफूलको मूल्य

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले शुक्रबारका लागि कृषि उपजको न्यूनतम थोक मूल्य सार्वजनिक गरेको छ ।

समितिले सार्वजनिक गरेको मूल्यसूचीअनुसार आज ठूलो नेपाली गोलभेडा प्रतिकिलो ६० रुपैयाँ र भारतीय ठूलो गोलभेडा ६० रुपैयाँ रहेको छ। सानो (टनेल) गोलभेडाको मूल्य भने प्रतिकिलो ३० रुपैयाँ तोकिएको छ ।

यस्तै, रातो आलु (लाम्चो, गोलो र मुडे) प्रतिकिलो ५५ रुपैयाँ रहेको छ । भारतीय रातो आलु ३० रुपैयाँ र सेतो आलु २५ रुपैयाँमा कारोबार भइरहेको छ। भारतीय सुकेको प्याजको मूल्य प्रतिकिलो ८८ रुपैयाँ रहेको छ ।

लोकल गाजर प्रतिकिलो ८० रुपैयाँ र तराई गाजर ५० रुपैयाँ रहेको छ । बन्दा २५ रुपैयाँ, स्थानीय काउली २० रुपैयाँ, रातो मूला २० रुपैयाँ र सेतो मूला २० रुपैयाँ तोकिएको छ ।

त्यसैगरी, लाम्चो भन्टा प्रतिकिलो २५ रुपैयाँ र डल्लो भन्टा ५० रुपैयाँ रहेको छ । घिउ सिमी (लोकल तथा हाइब्रिड) र टाटे सिमी प्रतिकिलो ६० रुपैयाँमा कारोबार भइरहेको छ । भटमासकोसा १०० रुपैयाँ, तितो करेला ७० रुपैयाँ र लौका ४० रुपैयाँ रहेको छ ।

सागसब्जीतर्फ रायोको साग प्रतिकिलो ६० रुपैयाँ, पालुङ्गो ८० रुपैयाँ, तोरीको साग ३० रुपैयाँ, चकसूर १०० रुपैयाँ र हरियो प्याज १५० रुपैयाँ रहेको छ ।

च्याउतर्फ कन्य च्याउ प्रतिकिलो २४० रुपैयाँ, डल्ले च्याउ ३५० रुपैयाँ, राजा च्याउ २८० रुपैयाँ र सिताके च्याउ ८०० रुपैयाँ तोकिएको छ । कुरिलो ७०० रुपैयाँ, ब्रोकाउली ७० रुपैयाँ, चुकन्दर ८० रुपैयाँ, सेलरी ४०० रुपैयाँ, पुदीना ६०० रुपैयाँ र गान्टे मूला १०० रुपैयाँ रहेको छ ।

फलफूलतर्फ फुजी स्याउ प्रतिकिलो ३०० रुपैयाँ, मुस्ताङको स्याउ २०० रुपैयाँ र जुम्लाको स्याउ २५० रुपैयाँ रहेको छ । नेपाली तथा मालभोग केरा प्रतिदर्जन १०० रुपैयाँ, कागती प्रतिकिलो १५० रुपैयाँ र अनार ३०० रुपैयाँ तोकिएको समितिले जनाएको छ । 

Share News