काठमाडौं । नेपाली बजारमा शुक्रबार सुनको भाउ प्रतितोला १२ हजार ६ सय रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले सोमबारपछि शुक्रबार एकैपटक मूल्य समायोजन गर्दा सुनको भाउमा ठूलो गिरावट आएको हो ।
महासंघले शुक्रबारका लागि सुनको मूल्य प्रतितोला २ लाख ७१ हजार ७ सय रुपैयाँ निर्धारण गरेको छ । यसअघि सोमबार सुन प्रतितोला २ लाख ८४ हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो ।
त्यस्तै, चाँदीको मूल्य पनि घटेको छ । शुक्रबार चाँदी प्रतितोला १५५ रुपैयाँले घटेर ३ हजार ७ सय रुपैयाँ कायम भएको छ । सोमबार चाँदी प्रतितोला ३ हजार ८५५ रुपैयाँमा कारोबार भएको थियो ।
अन्तर्राष्ट्रिय बजारमा भएको मूल्य परिवर्तनअनुसार महासंघले शुक्रबार सुनचाँदीको मूल्य समायोजन गरेको हो ।