महँगियो प्याज र खुर्सानी, सस्तोमा पाइन्छ गोलभेँडा र काउली

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषि उपजको थोक मूल्य सार्वजनिक गरेको छ । समितिले सार्वजनिक गरेको मूल्यसूचीअनुसार बजारमा गोलभेँडा प्रतिकिलो २५ रुपैयाँदेखि ७० रुपैयाँसम्ममा कारोबार भइरहेको छ ।

मूल्यसूचीअनुसार गोलभेँडा ठूलो (नेपाली र भारतीय) प्रतिकिलो ७० रुपैयाँ रहेको छ भने गोलभेँडा सानो (लोकल) २५ रुपैयाँ र टनेल तथा तराईको ४५ रुपैयाँ कायम गरिएको छ ।

यस्तै, रातो आलु प्रतिकिलो ६० रुपैयाँ र भारतीय रातो आलु ३५ रुपैयाँ रहेको छ । सेतो आलुको मूल्य प्रतिकिलो ३२ रुपैयाँ तोकिएको छ । सुकेको भारतीय प्याज प्रतिकिलो ९२ रुपैयाँ, गाजर (लोकल) ९० रुपैयाँ र तराईको गाजर ६० रुपैयाँ रहेको छ ।

बन्दाको मूल्य प्रतिकिलो ३० रुपैयाँ, स्थानीय काउली ३० रुपैयाँ र तराईको काउली २५ रुपैयाँ कायम गरिएको छ । मूला प्रतिकिलो ३० रुपैयाँ, भन्टा लाम्चो ३५ रुपैयाँ र डल्लो ६० रुपैयाँ रहेको छ ।

त्यसैगरी, मटरकोसा प्रतिकिलो १३० रुपैयाँ, घिउ सिमी ७० रुपैयाँ, राजमा सिमी १४० रुपैयाँ र भटमासको कोसा १२० रुपैयाँ तोकिएको छ । तितो करेला प्रतिकिलो १०० रुपैयाँ, लौका ५० रुपैयाँ, परबर ७० देखि ८० रुपैयाँ र भिण्डी ८० रुपैयाँ रहेको छ ।

सागसब्जीतर्फ रायोको साग प्रतिकिलो १०० रुपैयाँ, पालुङ्गो १२० रुपैयाँ, चम्सुर र मेथीको साग १५० रुपैयाँ कायम गरिएको छ । तोरीको साग प्रतिकिलो ५० रुपैयाँ र हरियो प्याज २५० रुपैयाँ पुगेको छ ।

च्याउतर्फ कन्य च्याउ प्रतिकिलो २३० रुपैयाँ, डल्ले च्याउ ३५० रुपैयाँ र राजा च्याउ ३०० रुपैयाँ रहेको छ । सिताके च्याउ प्रतिकिलो १ हजार रुपैयाँ र कुरिलो ८०० रुपैयाँ तोकिएको छ ।

यसैगरी, ब्रोकाउली र चुकुन्दर प्रतिकिलो ९० रुपैयाँ, सजीवन २५० रुपैयाँ, सेलरी ५०० रुपैयाँ, पुदिना ७०० रुपैयाँ र पार्सले २ हजार ८०० रुपैयाँ कायम गरिएको छ । गुन्द्रुक प्रतिकिलो ३५० रुपैयाँ र रुख टमाटर १५० रुपैयाँ रहेको छ । 

समितिको मूल्यसूचीअनुसार स्याउ (फूजी) प्रतिकिलो ३५० रुपैयाँ, जुम्लाको स्याउ ३०० रुपैयाँ र मुस्ताङको स्याउ २५० रुपैयाँ रहेको छ । नेपाली तथा मालभोग केरा दर्जनको १५० रुपैयाँ कायम गरिएको छ ।

कागती प्रतिकिलो २५० रुपैयाँ, अनार ३५० रुपैयाँ, नेपाली सुन्तला ८० रुपैयाँ र भारतीय सुन्तला १०० रुपैयाँ रहेको छ । मौसम र जुनार प्रतिकिलो २०० रुपैयाँ तथा भुइँकटहर प्रतिगोटा २०० रुपैयाँ तोकिएको छ ।

त्यस्तै, काँक्रो प्रतिकिलो ४५ देखि ८० रुपैयाँसम्म, निबुवा ६० रुपैयाँ, चाइनिज नासपाती ३०० रुपैयाँ, नेपाली मेवा ६० रुपैयाँ र भारतीय मेवा १०० रुपैयाँ रहेको छ ।

अम्बा प्रतिकिलो २०० रुपैयाँ, लप्सी ८० रुपैयाँ, किबी ३०० रुपैयाँ, सरिफा २०० रुपैयाँ, आभोकाडो ३०० रुपैयाँ र अमला ८० रुपैयाँ कायम गरिएको छ । नेपाली ड्रागन फ्रुट प्रतिकिलो ५०० रुपैयाँ तोकिएको छ । 

अदुवा प्रतिकिलो १०० रुपैयाँ, सुकेको खुर्सानी ५६० रुपैयाँ र हरियो खुर्सानी १०० देखि २०० रुपैयाँसम्म रहेको छ । भेडे खुर्सानी प्रतिकिलो १५० रुपैयाँ, हरियो धनियाँ १५० रुपैयाँ र सुकेको लसुन (नेपाली तथा चाइनिज) २६० रुपैयाँ कायम गरिएको छ ।

यस्तै, सुकेको माछा प्रतिकिलो १ हजार रुपैयाँ रहेको छ । ताजा माछातर्फ रहु प्रतिकिलो ३७० रुपैयाँ, बचुवा ३३० रुपैयाँ र छडी ३५० रुपैयाँ तोकिएको समितिले जनाएको छ ।

समितिले सार्वजनिक गरेको मूल्य थोक बजारको मूल्य हो । खुद्रा बजारमा भने पसल, स्थान र कारोबारअनुसार मूल्य फरक पर्न सक्नेछ । 

Share News