काठमाडौं । सरकारले चालु आवभित्र ३० अर्ब रुपैँया बराबरको विद्युत भारत-बंगलादेशमा निर्यात गर्ने भएको छ ।
नेपाल विद्युत प्राधिकरणले चालु आर्थिक वर्षमा विद्युत निर्यातबाट गत वर्षको तुलनामा बढी विद्युत् बेच्ने योजना बनाएको हो ।
प्राधिकरणका अनुसार यस वर्ष विद्युत निर्यातबाट ३० अर्ब रुपैयाँको बिजुली निर्यात गर्ने योजना छ ।
प्राधिकरणका कार्यकारी निर्देशक दीर्घायुकुमार श्रेष्ठले हालसम्म करिब २४/२५ अर्ब रुपैयाँ बराबरको विद्युत निर्यात भइसकेको यो वर्ष ३० अर्बको विद्युत् निर्यात हुने जानकारी दिए ।
पछिल्ला तीन/चार महिनामा प्रत्येक महिना करिब ५ अर्ब रुपैयाँ बराबरको विद्युत् निर्यात भएको उनले बताए ।