के गगन थापा पक्राउ पर्दैछन् ?

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापा पक्राउ पर्न सक्ने आशंकाले पार्टीभित्र तरंग पैदा भएको छ । नवबिचौलिया इनम सापकोटाले प्रहरीलाई दिएको भनिएको बयानको सार्वजनिक अडियोमा कांग्रेसको आधिकारिकता विवादमा थापाको पक्षमा निर्णय गराउन १८ करोड रुपैयाँको डिल भएको र सर्वोच्च अदालतकी न्यायाधीश सारंगा सुवेदीलाई ३ देखि ४ करोड रुपैयाँ दिइएको दाबी गरिएको छ ।

यही बयानका आधारमा थापालाई अनुसन्धानमा तान्न खोजिएको कांग्रेस नेताहरूको आशंका छ । थापाको सचिवालयले पछिल्ला दुई दिनदेखि अपरिचित व्यक्तिहरूले उनको गतिविधि निगरानी गरिरहेको दाबी गरेको छ । तर, थापाले आफूविरुद्धको आरोप अस्वीकार गर्दै आधिकारिकता प्राप्त गर्ने प्रक्रियामा एक रुपैयाँ पनि चलखेल नभएको बताएका छन् ।

थापाको सम्भावित पक्राउको चर्चासँगै कांग्रेस नेताहरूले सरकारको आलोचना गरेका छन् । महामन्त्री उदयशमशेर राणाले थापालाई पक्राउ गर्न खोजिए सशक्त प्रतिवाद गर्ने चेतावनी दिएका छन् भने पार्टीले सापकोटा प्रकरणको स्वतन्त्र र निष्पक्ष अनुसन्धानको माग गरेको छ ।

नेपाल प्रहरी, सीआईबी र काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले थापालाई निगरानीमा राखिएको वा पक्राउ गर्न निर्देशन आएको भन्ने कुरा अस्वीकार गरेका छन् । त्यसैले तत्काल थापा पक्राउ पर्ने औपचारिक संकेत देखिएको छैन ।

Share News