काठमाडौं । अपि पावर कम्पनी लिमिटेडले गत आर्थिक वर्ष २०८२/८३ को मुनाफाबाट सेयरधनीलाई ५ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.२६३२ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।
कम्पनीको कात्तिक १८ गते बुधबार बसेको सञ्चालक समितिको बैठकले उक्त लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।
प्रस्तावित ५ प्रतिशत बोनस सेयरको मूल्य ३१ करोड ८९ लाख ८६ हजार २०९ रुपैयाँ ९५ पैसा बराबर रहेको छ ।
त्यस्तै, कर प्रयोजनका लागि ०.२६३२ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरिएको छ । यसको कुल रकम १ करोड ६७ लाख ८८ हजार ७४७ रुपैयाँ ८९ पैसा रहेको छ ।
हाल कम्पनीको चुक्ता पुँजी ६ अर्ब ३७ करोड ९७ लाख २४ हजार १९९ रुपैयाँ रहेको छ ।
सञ्चालक समितिको प्रस्तावित लाभांश कम्पनीको आगामी वार्षिक साधारणसभाबाट पारित भएपछि सेयरधनीले प्राप्त गर्नेछन् ।