युनिलिभर नेपालको आम्दानी २.२४ अर्ब पुगेपनि नाफा १६ प्रतिशत घट्यो

काठमाडौं । युनिलिभर नेपाल लिमिटेडको खुद नाफा चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो त्रैमासमा १६ प्रतिशतले घटेको छ । कम्पनीले समीक्षा अवधिमा २५ करोड २३ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । गत आर्थिक वर्ष २०८२/८३ को पहिलो त्रैमासमा कम्पनीले ३० करोड रुपैयाँ खुद नाफा कमाएको थियो । गत वर्षको तुलनामा चालु आवको पहिलो त्रैमासमा कम्पनीको नाफा ४ करोड ७७ लाख रुपैयाँले घटेको हो ।

कम्पनीले चालु आवको असोजसम्म २ अर्ब २४ करोड ३६ लाख रुपैयाँ सञ्चालन आम्दानी गरेको छ । गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीको सञ्चालन आम्दानी २ अर्ब ३७ लाख रुपैयाँ थियो । यसअनुसार कम्पनीको सञ्चालन आम्दानी १२ प्रतिशतले बढेको छ ।

समीक्षा अवधिमा कम्पनीको अन्य आम्दानी २ करोड ६ लाख रुपैयाँ रहेको छ । गत वर्षको सोही अवधिमा यस्तो आम्दानी २ करोड ६२ लाख रुपैयाँ थियो ।

कम्पनीले चालु आवको पहिलो त्रैमासमा कच्चा पदार्थ उपभोग खर्च १ अर्ब ३० करोड २० लाख रुपैयाँ गरेको छ । गत वर्षको सोही अवधिमा यस्तो खर्च १ अर्ब ७ करोड १ लाख रुपैयाँ थियो ।

त्यस्तै, समीक्षा अवधिमा कर्मचारी खर्च १८ करोड ३८ लाख रुपैयाँ पुगेको छ । गत वर्षको सोही अवधिमा कम्पनीको कर्मचारी खर्च १७ करोड ५८ लाख रुपैयाँ थियो । कम्पनीको अन्य खर्च ३४ करोड १३ लाख रुपैयाँ रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो खर्च ३२ करोड २१ लाख रुपैयाँ थियो ।

कम्पनीको कुल खर्च चालु आवको असोजसम्म १ अर्ब ९२ करोड २९ लाख रुपैयाँ पुगेको छ । गत आर्थिक वर्षको सोही अवधिमा कुल खर्च १ अर्ब ६६ करोड १ लाख रुपैयाँ रहेको थियो ।

९ करोड २१ लाख रुपैयाँ चुक्ता पुँजी रहेको कम्पनीको सञ्चित नाफा ५ अर्ब २७ करोड ५६ लाख रुपैयाँ रहेको छ ।

Share News