सिंहदरबारमा सचिव बैठक सुरु, प्रशासनिक सेवा र कर्मचारीमाथिको धरपकडबारे छलफल

काठमाडौं । मुख्यसचिव गोविन्दबहादुर कार्कीले आह्वान गरेको सचिव बैठक सिंहदरबारमा सुरु भएको छ ।

बैठकमा प्रशासनिक सेवा प्रवाहलाई प्रभावकारी बनाउने, सुशासन कायम गर्ने तथा पछिल्लो समय कर्मचारीहरूमाथि भइरहेको धरपकडलगायत विषयमा छलफल भइरहेको स्रोतले जानकारी दिएको छ ।

सरकारी सेवाको प्रभावकारिता, प्रशासनिक कामकारबाहीमा देखिएका समस्या तथा कर्मचारी प्रशासनसँग सम्बन्धित पछिल्ला घटनाक्रम बैठकका प्रमुख छलफलका विषय रहेको बताइएको छ ।

विशेषगरी पछिल्लो समय कर्मचारीमाथि भएका कारबाही र धरपकडले प्रशासनिक वृत्तमा उत्पन्न गरेको अवस्थाबारे पनि सचिवहरूबीच छलफल भइरहेको स्रोतको भनाइ छ । 

Share News