मलेखु–मुग्लिङ सडकखण्ड आज चार घण्टा बन्द हुने

काठमाडौं । पृथ्वी राजमार्गअन्तर्गत मलेखु-मुग्लिङ सडकखण्ड आज चार घण्टा बन्द हुने भएको छ । धादिङको मझिमटारमा निर्माणाधीन आकाशे पुलको यात्रु आवागमन गर्ने भाग (गर्डर) राख्नुपर्ने भएकाले सडक बन्द गर्न लागिएको हो ।

नागढुंगा-मुग्लिङ सडक आयोजना पश्चिम खण्डका अनुसार आज बिहान ११ बजेदेखि दिउँसो ३ बजेसम्म उक्त सडकखण्डमा सवारी आवागमन पूर्ण रूपमा बन्द गरिनेछ ।

आयोजनाका अनुसार पुलको गर्डर राख्ने कामका लागि सडक बन्द गर्न लागिएको हाे । उक्त अवधिमा मलेखु–मुग्लिङ सडकखण्ड भएर आवतजावत गर्ने सबै प्रकारका सवारीसाधन सञ्चालनमा रोक लगाइनेछ ।

सडक बन्द रहने समयमा सवारी चालक तथा यात्रुलाई धैर्यपूर्वक यथास्थानमा रहन, लेन अनुशासन कायम गर्न र ट्राफिक नियम पालना गर्न आयोजनाले अनुरोध गरेको छ ।

Share News