गगन थापाले लिए नेपाली कांग्रेसको सभापतिको शपथ

काठमाडौं । नेपाली कांग्रेसका नवनिर्वाचित सभापति गगनकुमार थापाले आज पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् ।

शपथ ग्रहणसँगै थापाले औपचारिक रूपमा पार्टी नेतृत्वको जिम्मेवारी सम्हालेका छन् । उनको नेतृत्वमा पार्टीले आगामी दिनमा संगठन सुदृढीकरण, आन्तरिक एकता र राजनीतिक गतिविधिलाई कसरी अघि बढाउँछ भन्ने विषयलाई चासोका साथ हेरिएको छ।

सभापतिको जिम्मेवारी सम्हालेसँगै थापासामु पार्टीभित्रको एकता कायम राख्ने, संगठनलाई थप व्यवस्थित बनाउने तथा समसामयिक राजनीतिक मुद्दामा पार्टीको भूमिका प्रभावकारी बनाउने चुनौती रहनेछ। 

Share News