काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफ्नै केन्द्रीय कार्यालय स्थापना गर्न घरजग्गा खरिद गर्ने भएको छ । पार्टीको बढ्दो सांगठनिक आवश्यकता र दीर्घकालीन संस्थागत स्थायित्वका लागि आफ्नै स्वामित्वमा स्थायी कार्यालय बनाउने निर्णय गरेको हो ।
पार्टीको २०८३ असोज १७ गते बसेको केन्द्रीय समिति बैठकको निर्णयअनुसार हालको अस्थायी कार्यालय व्यवस्थापनलाई प्रतिस्थापन गरी स्थायी संरचनामा स्थानान्तरण गर्न घर वा जग्गा खरिद गर्न लागिएको हो ।
रास्वपाले आवागमनका दृष्टिले सहज, पर्याप्त भौतिक पूर्वाधार भएको र कार्यालय सञ्चालनका लागि उपयुक्त वातावरण भएको घर वा भवन निर्माण गर्न मिल्ने जग्गा खोजेको छ ।
पार्टीले तोकिएका सर्त तथा मापदण्ड पूरा गर्ने इच्छुक घरधनी तथा जग्गाधनीलाई सूचना प्रकाशित भएको मितिले २१ दिनभित्र प्रस्ताव पेस गर्न आग्रह गरेको छ ।