काठमाडौं । नेपाली कांग्रेसको १५औं महाधिवेशनअन्तर्गत खुलातर्फ सहमहामन्त्रीमा रामहरि खतिवडा र अजयबाबु सिवाकोटी निर्वाचित भएका छन् ।
खतिवडा २ हजार ९१९ र सिवाकोटी २ हजार १७२ मत प्राप्त गरी सहमहामन्त्रीमा निर्वाचित भएका हुन् ।
कांग्रेस केन्द्रीय निर्वाचन समितिका अनुसार खुलातर्फ सहमहामन्त्रीमा ९ जनाले प्रतिस्पर्धा गरेका थिए ।
डिल्लीराम सुवेदीले एक हजार ८५१, देवेन्द्रराज कँडेलले एक हजार ३८२, राजीव ढुंगानाले एक हजार २४१, विकास कोइरालाले एक हजार १४९, अमृतकुमार अर्यालले एक हजार ३९, रमेशप्रसाद भुसालले ८२१ र विमलराज क्षेत्रीले २८२ मत प्राप्त गरेका छन् ।
कांग्रेसका खुलाबाट दुईवटा सहमहामन्त्री निर्वाचित हुने व्यवस्था छ ।
सहमहामन्त्रीका लागि सात हजार ४५ मत खसेको समितिले जनाएको छ ।