काठमाडौं । सरकारले आन्तरिक स्रोतबाट १० अर्ब रुपैयाँ ऋण उठाउने भएको छ । अर्थ मन्त्रालयअन्तर्गतको सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले विकास ऋणपत्र बिक्रीमार्फत उक्त रकम जुटाउन लागेको हो ।
कार्यालयका अनुसार नौ वर्ष अवधिको ‘विकास ऋणपत्र-२०९०’ बोलकबोल प्रक्रियामार्फत बिक्री गरिनेछ । ऋणपत्रका लागि असोज २८ गते बोलकबोल हुने र असोज २९ गते निष्कासन गरिने कार्यालयले जनाएको छ ।
ऋणपत्र खरिद गर्न इच्छुक लगानीकर्ताले बोलकबोल प्रक्रियामा सहभागी हुन सक्नेछन् । यसमा बैंक तथा वित्तीय संस्था, गैरबैंक वित्तीय संस्था, बीमा कम्पनी र नेपाली नागरिकले लगानी गर्न पाउनेछन् ।
सरकारले विकास ऋणपत्रमार्फत आन्तरिक बजारबाट रकम संकलन गरी सार्वजनिक वित्त व्यवस्थापनका लागि स्रोत जुटाउँदै आएको छ ।