काठमाडौं । नेपाली कांग्रेसको १५औं राष्ट्रिय महाधिवेशनअन्तर्गत सहमहामन्त्री खुलातर्फको मतगणनामा रामहरि खतिवडाले फराकिलो अग्रता बनाएका छन् ।
हालसम्म २ हजार ८९ मत गणना हुँदा खतिवडाले ९५५ मत प्राप्त गर्दै अग्रस्थानमा रहेका छन् ।
उनलाई पछ्याइरहेका अजयबाबु शिवाकोटीले ६९२ मत प्राप्त गरेका छन् । खतिवडा शिवाकोटीभन्दा २६३ मतले अगाडि छन् ।
त्यस्तै, डिल्लीराम सुवेदी ५१९ मतसहित तेस्रो स्थानमा छन् भने देवेन्द्रराज कँडेलले ४१८ मत प्राप्त गर्दै चौथो स्थानमा रहेका छन् ।
यसैगरी, विकास कोइरालाले ३४९, रमेशप्रसाद धमलाले २४७, अमृतकुमार अर्यालले २०९ र राजीव ढुंगानाले २०३ मत प्राप्त गरेका छन् ।
सहमहामन्त्री खुलातर्फका अर्का उम्मेदवार विमलराज क्षेत्रीले ७७ मत प्राप्त गरेका छन् ।