काठमाडौं । नेपाली कांग्रेसको १५औं महाधिवेशनअन्तर्गत सहमहामन्त्री पदका लागि भएको निर्वाचनको मतगणना जारी छ ।
खुलातर्फ ५८४ मतगणना हुँदा रामहरि खतिवडाले अग्रता बनाएका छन् ।
पछिल्लो मतपरिणामअनुसार खतिवडाले २८९ मत प्राप्त गरेका छन् । उनका निकटतम प्रतिस्पर्धी डिल्लीराम सुवेदीले १८७ मत पाएका छन् । खतिवडा सुवेदीभन्दा १०२ मतले अगाडि छन् ।
त्यस्तै, अजय बाबु शिवाकोटी १७४ मतसहित तेस्रो स्थानमा छन् । देवेन्द्रराज कँडेलले १०९ र विकास कोइरालाले १०५ मत प्राप्त गरेका छन् ।
यसैगरी, राजीव ढुंगानाले ८०, रमेशप्रसाद धमलाले ७७, अमृतकुमार अर्यालले ३२ र विमलराज क्षेत्रीले २१ मत पाएका छन् ।
आइतबार साँझदेखि सहमहामन्त्रीहरू खुला, सहमहामन्त्री (महिला) र केन्द्रीय सदस्य (महिला) को गणना पार्टी केन्द्रीय कार्यालय सानेपामा भइरहेको निर्वाचन समितिले जानकारी दिएको छ । विभिन्न ६ ठाउँमा उक्त गणना भइरहेको हो ।