यस्तो छ बुढीगण्डकी बाढीले गरेको क्षति (विवरणसहित)

१०० बढी घरमा क्षति, तीन हाइड्रो र चार पुल पनि बगे

काठमाडाैं । गोरखाको चुमनुब्री गाउँपालिका-६ स्थित लोक्पा र चुम्लिङको बीचमा रहेको सिरिङ्गे हिमालबाट खसेको हिमपहिरोले उइनगुर्लुङ खोला थुनिँदा बूढीगण्डकी नदीमा भीषण बाढी आएको छ।

आइतबार बिहान ५ :३० बजे आएको बाढीले चुमनुब्री, धार्चे र आरुघाट गाउँपालिकाका विभिन्न स्थानमा ठूलो जनधनको क्षति पुर्याएको छ ।

बाढीका कारण दर्जानौँ घर, गोठ, पुल तथा जलविद्युत् आयोजनामा क्षति पुगेको छ भने फसेका २७ जना नागरिकलाई नेपाली सेनाको हेलिकप्टरमार्फत उद्धार गरिएको छ । 

बाढीमा एक सय बढी घरमा क्षति भएको बताइएको छ भने चार वटा पुल र तीन वटा जलविद्युत आयोजनामा पनि क्षति भएको छ । 

यस्ताे छ क्षतिकाे विवरण :

nullnull

Share News