बेत्रावतीमा बेलीब्रिज बनेसँगै जोडियो रसुवा र नुवाकोट (तस्बिरसहित)

काठमाडौं । भोटेकोशीको बाढीले बगाएको बेत्रावतीस्थित फलाखु खोलामा नयाँ मोडुलर एक्रो ब्रिज (बेलब्रिज) निर्माणपछि सञ्जालनमा आएको छ । 

रसुवाको उत्तगया गाउँपालिका ५ र नुवाकोटको विदुर नगरपालिका- १० जोड्ने उक्त पुल आइतबार (आज) बिहान ११ बजेदेखि सञ्चालनमा आएको हो । 

भदौ १० गतेको बाढीले बेत्रावती बजार हुँदै त्रिशूलीमा मिसिने उक्त  खोलामा रहेको नयाँ र पुरानो गरी २ पक्की पुल बगाएको थियो । 

उक्त पुल निर्माणसँगै पृथ्वी राजमार्गदेखि स्याफ्रुबेसी बजार वारीसम्म पुग्न सहज हुने वडाअध्यक्ष यमनाथ आचार्यले बताए । 

‘यो पुल बनेपछि पृथ्वी राजमार्ग हुँदै नुवाकोट र रसुवाको  स्याफु्रवेसीको त्रिशूली वारीसम्म पुग्न सहज हुन्छ,’ उनले भने ।

लामो समयसम्म सवारी आवागमन ठप्प हुँदा स्थानीयवासी र यात्रुहरूले सास्ती भोग्दै आएका थिए । 

सडक विभाग, स्थानीय प्रशासन एवं नेपाली सेनाले पुल निर्माणलाई प्राथमिकतामा राखेर युद्धस्तरमा काम अगाडि बढाएका थिए । 

पुल सञ्चालनमा आएसँगै उक्त मार्ग हुँदै हुने दैनिक उपभोग्य वस्तुको ढुवानी तथा जनजीवन सामान्य बन्ने अपेक्षा गरिएको छ । अवरुद्ध सडक खण्ड पुनः सञ्चालनमा आएसँगै स्थानीयहरूले राहतको महसुस गरेका छन् ।

nullnullnullnullnullnullnullnull

Share News