आरुघाट पुलमा बेलिब्रिज राखेर तत्काल आवागमन सञ्चालन गर्ने तयारी

काठमाडौं । आइतबार विहान बुढीगण्डकी नदीमा आएको बाढीले क्षति पुर्याएको गोरखा र धादिङ जोड्ने आरुघाट पुलमा तत्काल बेलिब्रिज राखेर आवागमन सञ्चालन गर्न सकिने सडक विभागले जनाएको छ ।

अहिले आवागमन पुनः सञ्चालनका लागि आवश्यक प्राविधिक प्रक्रिया अघि बढाइएको विभागले जनाएको छ । 
विभागका अनुसार बाढीले गोरखा र धादिङ जोड्ने पुलसहित दुईवटा पुलमा क्षति पुर्याएको छ ।

प्रारम्भिक विवरणअनुसार गोरखाको आरुघाट गाउँपालिका–२ र ३ जोड्ने सोती खोला पुल पूर्ण रूपमा बगाएको छ भने गोरखा र धादिङ जोड्ने आरुघाट पुलको आरसीसी संरचनामा क्षति पुगेको छ ।

सोती खोलामाथि रहेको ट्रस पुल बाढीले पूर्ण रूपमा बगाएको प्रारम्भिक विवरणमा उल्लेख छ ।

त्यस्तै, गोरखा र धादिङ जोड्ने आरुघाट पुलको २२ मिटर आरसीसी संरचना बाढीले बगाएको छ । उक्त पुलमा ६० मिटर ट्रस र २५ मिटर आरसीसी संरचना रहेको थियो । बाढीले आरसीसी संरचनाको केही भाग बगाए पनि ट्रस संरचना भने बाँकी रहेको प्रारम्भिक विवरणमा उल्लेख छ ।

Share News