काठमाडौं । नेपाली कांग्रेसको १५औं महाधिवेशनअन्तर्गत सभापति पदका लागि खसेको मतको गणना आजै राष्ट्रिय सभागृहमा हुने भएको छ ।
निर्वाचन समितिका सदस्यसचिव राजु कटुवालले सभापति पदको मतगणना आजै राष्ट्रिय सभागृहमा गरिने जानकारी दिए ।
अन्य पदका लागि खसेका मतपत्र भने आजै पार्टीको केन्द्रीय कार्यालय सानेपामा लगिने उनले बताए ।
सभापति पदको नतिजा सार्वजनिक भएपछि मात्रै अन्य पदको मतगणना सुरु हुने भएको हो ।