सेयर बजारमा ४ अर्ब ८३ करोडको कारोबार

काठमाडौं । शुक्रबार सेयर बजार दोहोरो अंकले बढेको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक १७.१५ अंकले बढेर २५९१.८० बिन्दुमा पुगेको हो ।  

नेप्सेका अनुसार १८० कम्पनीको सेयर मूल्य बढ्दा ८९ कम्पनीको मूल्य घटेको छ । १० कम्पनीको सेयर मूल्यमा भने कुनै परिवर्तन आएको छैन । 

शुक्रबार ३५३ कम्पनीको १ करोड कित्ता सेयर किनबेच हुँदा ४ अर्ब ८३ करोड रुपैयाँ बराबरको कारोबार भएको छ । जसमध्ये सबैभन्दा धेरै कारोबार कुमारी बैंकको भएको छ । कुमारीको २१ करोड रुपैयाँ बराबरको कारोबार भएको छ ।  

साथै घलेम्दीको २० करोड, हिमालयन डिस्टीलरीको १८ करोड, सोलु हाइड्रोको १७ करोड र लक्ष्मी सनराइजको १६ करोड रुपैयाँ बराबरको कारोबार भएको छ । 

नेप्सेमा कारोबार भएका सबै उपसूचक बढेका छन् ।  बैंकिङ उपसूचकमा सबैभन्दा धेरै १.२८ प्रतिशतको वृद्धि देखिएको छ ।

बैंकिङ उपसूचक १९.१७ अंकले बढेर १ हजार ५१७.२५ विन्दुमा पुगेको छ । त्यसैगरी, विकास बैंक उपसूचक ३२.७७ अंकले बढेर ५ हजार ३७१.५३ विन्दुमा पुगेको छ ।

होटल तथा पर्यटन उपसूचक ६२.७२ अंकले बढेर ६ हजार ९७१.७९ विन्दुमा पुगेको छ । जलविद्युत् उपसूचक २६.३० अंकले बढेर ३ हजार ५४२.७७ विन्दुमा कायम भएको छ ।

जीवन बीमा उपसूचक ५१.२२ अंकले बढेर ११ हजार ६११.८९ विन्दुमा पुगेको छ । उत्पादन तथा प्रशोधन उपसूचक ३९.३६ अंकले बढेर १० हजार ५९५.४२ विन्दुमा पुगेको छ ।

त्यस्तै, वित्त उपसूचक ७.१९ अंक, लघुवित्त ७.८८ अंक र निर्जीवन बीमा उपसूचक १७.४१ अंकले बढेका छन् ।

लगानी उपसूचक ०.१५ अंकले बढेर ९३.८२ विन्दुमा पुगेको छ भने म्युचुअल फन्ड उपसूचक ०.०७ अंकले बढेर १९.५६ विन्दुमा कायम भएको छ ।

अन्य उपसूचक ५.१० अंक र व्यापार उपसूचक ११.९८ अंकले बढेका छन् । सबै १३ उपसूचक हरियो देखिएका छन् । 

Share News