मञ्जुश्री फाइनान्सका सेयरधनीले पाउने भए २० प्रतिशत लाभांश

काठमाडौं । मञ्जुश्री फाइनान्स लिमिटेडले आफ्ना सेयरधनीलाई कुल २० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । कम्पनीले आर्थिक वर्ष २०८२/८३ को नाफाबाट ५ प्रतिशत बोनस सेयर र १५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।

कम्पनीको सञ्चालक समितिको ३३८औँ बैठकले असोज २२ गते उक्त लाभांश प्रस्ताव पारित गरेको हो । प्रस्तावअनुसार कम्पनीले हाल कायम चुक्ता पुँजीको ५ प्रतिशतका दरले ६ करोड ७५ लाख ७७ हजार ६४२ रुपैयाँ ४४ पैसा बराबरको बोनस सेयर वितरण गर्नेछ ।

त्यस्तै, कम्पनीले १५ प्रतिशतका दरले २० करोड २७ लाख ३२ हजार ९२७ रुपैयाँ ३२ पैसा नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ। उक्त नगद लाभांशमा बोनस सेयर तथा नगद लाभांशमा लाग्ने कर प्रयोजनका लागि आवश्यक रकमसमेत समावेश हुने कम्पनीले जनाएको छ ।

प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत हुनुपर्नेछ । राष्ट्र बैंकको स्वीकृति र कम्पनीको आगामी साधारण सभाबाट पारित भएपछि मात्रै सेयरधनीले लाभांश प्राप्त गर्नेछन् । 

Share News