अनसनरत इन्टर्न चिकित्सक डिल्ली हरिजन र सरकारबीच तीनबुँदे सहमति

काठमाडौं । इन्टर्न चिकित्सकको निर्वाह भत्ता बढाउनुपर्ने माग राख्दै पाँच दिनदेखि अनसनरत डिल्ली हरिजन र सरकारबीच तीनबुँदे सहमति भएको छ । 

सरकारका तर्फबाट शिक्षा तथा खेलकुद मन्त्रालयका सहसचिव जयराम अधिकारी नेतृत्वको वार्ता टोली र हरिजन पक्षबीच सहमति भएको हो ।  सहमतिअनुसार एमबीबीएस, बीडीएसलगायतका एकवर्षे इन्टर्नसिपमा रहेका चिकित्सकलाई स्वास्थ्य सेवाको आठौँ तहको प्रारम्भिक तलबमानको ५० प्रतिशत बराबर निर्वाह भत्ता उपलब्ध गराउने विषय चिकित्सा शिक्षा आयोगको आगामी बैठकमा पेस गरिनेछ । 

एमबीबीएस अध्ययनरत हरिजन यसअघि गत साउनमा पनि अनशन बसेका थिए । सरकारले माग सम्बोधन गर्ने भन्दै साउन २२ गते उनीसँग सम्झौता गरेको थियो । उक्त सम्झौता कार्यान्वयन नभएको भन्दै उनले पुनः अनशन सुरु गरेका थिए । 

Share News