काठमाडौं । नेपाली कांग्रेसको १५औं महाधिवेशन तोकिएको समयमा सम्पन्न नहुने भएको छ । मतपत्र छपाइमा ढिलाइ हुँदा महाधिवेशन तोकिएको समयमा नहुने भएको हो ।
पार्टी प्रवक्ता देवराज चालिसेले हालसम्म मतपत्र छपाइको काम सम्पन्न हुन नसकेको जानकारी दिए ।
‘मतपत्र छपाइमा समस्या हुँदा मतदानको सार्नुपर्ने भएको हो,’ उनले भने ।
बिहान १० बजेका लागि तय गरिएको मतदान तीनपटक सारेर दिउँसो साढे २ बजेलाई तोकिएको थियो ।
आज मतदान सुरु हुन नसकेपछि भोलि बिहान ७ बजेदेखि मतदान सुरु हुने निर्वाचन समितिका सदस्य राजु कटुवालले जानकारी दिए ।