काठमाडौं । नेकपा एमालेको स्थायी कमिटीको नयाँ कार्यकालको पहिलो बैठक पार्टी केन्द्रीय कार्यालय च्यासलमा सुरु भएको छ ।
पार्टीकी वरिष्ठ उपाध्यक्ष विद्यादेवी भण्डारीले शपथ ग्रहण गरेपछि स्थायी कमिटी बैठक औपचारिक रूपमा सुरु भएको हो ।
केन्द्रीय कमिटीको निर्णयअनुसार स्थायी कमिटीमा सबै पदाधिकारी रहने व्यवस्था गरिएको छ । त्यसमा थप सदस्यसमेत मनोनयन गरिएको छ ।
आजको बैठकमा मुख्यतः एमाले केन्द्रीय कमिटीको तेस्रो बैठकले सचिवालयलाई प्रत्यायोजन गरेका विषयमा छलफल गरी आवश्यक निर्णय गर्ने कार्यसूची रहेको छ ।
बैठकमा पार्टीको आगामी सांगठनिक गतिविधि, केन्द्रीय कमिटीले दिएका जिम्मेवारीको कार्यान्वयन, संगठन सुदृढीकरण तथा समसामयिक राजनीतिक विषयमा समेत छलफल हुने बताइएको छ ।
त्यस्तै, केन्द्रीय कमिटीबाट सचिवालयलाई प्रत्यायोजित विभिन्न निर्णय तथा प्रस्तावलाई स्थायी कमिटीबाट अनुमोदन वा आवश्यक परिमार्जनसहित अघि बढाउने विषयमा पनि छलफल हुने एमाले नेताहरूले बताएका छन् ।