काठमाडौं । रोयल स्विडिस एकेडेमी अफ साइन्सेजले सन् २०२६ को भौतिकशास्त्रतर्फको नोबेल पुरस्कार फ्रान्सिस हेल्जेनलाई प्रदान गर्ने घोषणा गरेको छ ।
आइसक्युब न्युट्रिनो अब्जर्भेटरीमा निर्णायक योगदान पुर्याएको तथा खगोलीय स्रोतबाट आउने उच्च ऊर्जाका न्युट्रिनो पत्ता लगाएको योगदानको सम्मानस्वरूप हेल्जेनलाई यो पुरस्कार प्रदान गरिएको हो ।
नोबेल समितिका अध्यक्ष मार्क पियर्सले फ्रान्सिस हेल्जेनको प्रशंसा गर्दै उनले अनुसन्धानकर्ता तथा इन्जिनियरहरूको अन्तर्राष्ट्रिय टोलीको नेतृत्व गरेको बताए ।
उक्त टोलीले वैज्ञानिकहरूलाई अत्याधुनिक वैज्ञानिक उपकरण उपलब्ध गराएको उनले जानकारी दिए ।
पियर्सका अनुसार हेल्जेनको दृढता र वैज्ञानिक दृष्टिकोणले खगोल विज्ञानको नयाँ युगको आधार तयार गरेको छ ।