काठमाडौं । नेपाली कांग्रेसको १५औं महाधिवेशनको तेस्रो दिन मंगलबार नयाँ केन्द्रीय कार्यसमितिका लागि मनोनयन दर्ता भइरहेको छ ।
आज बिहान १२ बजेबाट सुरु भएको मनोनयन दर्ता साँझ ६ बजेसम्मका लागि तोकिएको छ । जसमा हालसम्म ४१ जनाले पदाधिकारीमा मात्रै मनोनयन दर्ता गराएका छन् ।
पदाधिकारीको शीर्ष पद सभापतिमा रामकृष्ण खड्कीले उम्मेदवारी दर्ता गराएका छन् । त्यस्तै, सभापति पछिको वरिष्ठ उपसभापति पदमा विश्वप्रकाश शर्माको एकल उम्मेदवारी दर्ता भएको छ ।
उपसभापति पदमा भने हालसम्म १४ जनाको उम्मेदवारी दर्ता गराएका छन् । यस्तै, महामन्त्रीतर्फ ३ महिलासहित ११ जनाको उम्मेदवारी दर्ता भएको छ । सहमहामन्त्रीको विभिन्न कलस्टरमा १५ जनाको उम्मेदवारी दर्ता भएको छ ।
नेपाली कांग्रेसको १५औं महाधिवेशनको संशोधित विधानअनुरूप पदाधिकारी संख्या बढाएर २७ पुर्याइएको छ ।
यसअघि १७ जनाको पदाधिकारी संख्या थियो ।
हालसम्म क–कसले दिए पदाधिकारीमा उम्मेदवारी ?
सभापति
१.श्यामकृष्ण खड्गी
वरिष्ठ उपसभापति
२.विश्वप्रकाश शर्मा
उपसभापति (खुला)
३.डा. चन्द्रमोहन यादव
४.सुरेन्द्रराज पाण्डे
५.डा. मीनेन्द्र रिजाल
६.गोविन्द भट्टराई
७.देवराज चालिसे
८.मधुप्रसाद आचार्य
९.धनराज गुरुङ
१०.दीपक गिरी
११.डा. चन्द्र भण्डारी
समावेशी उपसभापति
१२.विनोद चौधरी
१३.फरमुल्लाह मन्सुर
१४.जीवन परियार
महिला उपसभापति
१५.पुष्पा भुसाल
–सीता गुरुङ
महामन्त्री (महिला)
१६.डिला संग्रौला
१७.रिता खनाल
१८.महालक्ष्मी उपाध्याय डिना
महामन्त्री (खुला)
१९.शंकर तिवारी
२०.सुनिल शर्मा
२१.नैनसिंह महर
२२.प्रदीप पौडेल
२३.गुरुराज घिमिरे
२४.अमरसिंह पुन
२५. डा.सन्तोष उपाध्याय
२६. उदयशमशेर जबरा
सहमहामन्त्री (महिला)
२७.प्रतिमा गौतम
सहमहामन्त्री (खुला)
२८.देवेन्द्रराज कँडे
२९.रामहरि खतिवडा
३०.डिल्लीराम सुवेदी
सहमहामन्त्री (पिछडिएको क्षेत्र)
३१.जीवनबहादुर शाही
३२.मीन भाम
सहमहामन्त्री (खसआर्य)
३३.मनोजमणि आचार्य
३४.अजयबाबु शिवाकोटी
३५.जगदिश्वरनरसिंह केसी
सहमहामन्त्री (आदिवासी जनजाती)
३६.बहादुरसिंह लामा
सहमहामन्त्री (थारु)
३७.तेजुलाल चौधरी
सहमहामन्त्री (अल्पसंख्यक)
३८.आङगेलु शेर्पा
सहमहामन्त्री (मुस्लिम)
३९.अब्दुल सत्तर
सहमहामन्त्री (मधेशी)
४०.अभिषेकप्रताप शाह
४१.नानु बाँस्तोला