केन्द्रीय सदस्यमा थापाको उम्मेदवारी

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय सदस्यमा सौगात थापाले उम्मेदवारी दिएका छन् । मंगलबार दिउँसो उनले केन्द्रीय सदस्यमा उम्मेदवारी दर्ता गरेका हुन् ।

थापाले ३५ वर्ष मुनिका केन्द्रीय सदस्यमा उम्मेदवारी दर्ता गराएका हुन् । थापा कास्की–२ बाट महाधिवेशन प्रतिनिधि भएका हुन् ।

थापाले इन्फोम्याक्स कलेजबाट एमबीएसमेत गरेका छन् । केही साताअघि पोखरा उद्योग वाणिज्य संघको उद्योग उपाध्यक्षमा उनी निर्वाचित समेत भएका छन् । उनी पर्यटन व्यवसायी समेत हुन् । थापा अंशुभरा ग्रुपका निर्देशक समेत रहेका छन् ।

थापा पोखरा महानगरपालिकाको नेवीसंघको सभापति भइसकेका छन् । उनी क्षेत्रीय प्रतिनिधि २ पटक भइसकेका छन् ।

१४ औं महाधिवेशनमा पनि विजयी भएका थिए । १५ औं महाधिवेशनमा महाधिवेशन प्रतिनिधि भए ।  पोखरा उद्योग वाणिज्य संघमा २ पटक सदस्य  भइसकेका छन् ।

Share News