काठमाडौं । सिद्धार्थ बैंकका ग्राहकले महाराजगञ्जस्थित नेशनल प्याथ ल्याब एण्ड रिसर्च सेन्टरका विभिन्न सेवामा १० प्रतिशतसम्म छुट पाउने भएका छन् ।
यसका लागि सिद्धार्थ बैंक र नेशनल प्याथ ल्याब एण्ड रिसर्च सेन्टरबीच छुट सुविधा उपलब्ध गराउने सम्बन्धी सम्झौता भएको छ ।
सम्झौताअनुसार नेशनल प्याथ ल्याब एण्ड रिसर्च सेन्टरमा बैंकका ग्राहकले सिद्धार्थ बैंकको कार्ड वा मोबाइल बैंकिङमार्फत भुक्तानी गर्दा १० प्रतिशतसम्म छुट पाउनेछन् ।
बैंकका अनुसार सम्झौताले ग्राहकलाई स्वास्थ्य सेवामा छुटको सुविधा उपलब्ध गराउनुका साथै नगद कारोबारबाट डिजिटल कारोबारतर्फ आकर्षित गर्न सहयोग पुग्ने विश्वास लिइएको छ ।
सम्झौतासम्बन्धी थप जानकारीका लागि बैंकको २४ सै घण्टा सञ्चालनमा रहेको ग्राहक सेवा केन्द्र ‘सिद्धार्थ केयर’ मार्फत सम्पर्क गर्न सकिने बैंकले जनाएको छ ।