काठमाडौं । बलेफी हाइड्रोपावर लिमिटेडले बीएचएल इन्भेष्टमेन्ट लिमिटेडमा १ करोड रुपैयाँ लगानी गर्ने भएको छ ।
कम्पनीले लगानीको उद्देश्य प्राप्तिका लागि बीएचएल इन्भेष्टमेन्ट लिमिटेड नामको सार्वजनिक कम्पनी कम्पनी रजिस्ट्रारको कार्यालयमा दर्ता गराएको जनाएको छ ।
बलेफी हाइड्रोपावरका अनुसार बीएचएल इन्भेष्टमेन्टको अधिकृत पुँजी ५० करोड रुपैयाँ र जारी पुँजी २ करोड ५० लाख रुपैयाँ रहेको छ । बलेफी हाइड्रोपावरले उक्त कम्पनीमा कुल २ करोड रुपैयाँ पुँजी लगानी गर्ने कबुल गरेको छ ।
यसै क्रममा बीएचएल इन्भेष्टमेन्टले गत असोज २ गते १ करोड रुपैयाँ बराबरको सेयर पुँजी भुक्तानी गर्न माग गरेको थियो । त्यसपछि बलेफी हाइड्रोपावरको असोज १५ गते बसेको सञ्चालक समितिको बैठकले १ करोड रुपैयाँ सेयर पुँजीबापतको रकम भुक्तानी गर्ने निर्णय गरेको कम्पनीले नेपाल स्टक एक्सचेन्ज (नेप्से)लाई जानकारी गराएको छ ।