काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले खुलामञ्च राम्रो बनाएका कारणले नेपाली कांग्रेसले १५ औं महाधिवेशन गर्न पाएको तर्फ संकेत गरेका छन् ।
उनले सामाजिक सञ्जालमार्फत् यस्तो संकेत गरेका हुन् ।
प्रधानमन्त्री शाहले भनेका छन्, ‘धन्न खुला मञ्च राम्रो बनाइएछ, नयाँ पार्टीले कार्यक्रम गरेर गाली गर्न पाएका छन् !’
कांग्रेसले आइतबार (आज) महाधिवेशन उद्घाटन समारोह खुलामञ्चमा गरेको थियो ।
काठमाडौं महानगरको प्रमुख भएका बेला बालेनले खुलामञ्च व्यवस्थित पारेका थिए ।