काठमाडौं । नेपाली कांग्रेसको १५औं महाधिवेशनमा सभापति पदमा उम्मेदवारी दर्ता गराउन १० जना प्रस्तावक र १० जना समर्थकको नाम आवश्यक पर्ने भएको छ ।
निर्वाचन समितिका अनुसार सभापति पदका उम्मेदवारले महाधिवेशन प्रतिनिधिमध्येबाट १० जना प्रस्तावक र १० जना समर्थकको नामसहित उम्मेदवारी दर्ता गराउनुपर्नेछ ।
कांग्रेसको निर्वाचन कार्यतालिकाअनुसार असोज २० गते बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म उम्मेदवारी दर्ता गर्ने समय तोकिएको छ ।