कांग्रेस केन्द्रीय कार्यसमिति बैठक भोलि खुलामञ्चमै बस्ने

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक सोमबार (भोलि) बस्ने भएको छ । बैठक बिहान १० बजे महाधिवेशनस्थल खुलामञ्चमा बस्ने भएको हो ।

केन्द्रीय कार्यसमिति बैठकपछि बन्दसत्र सुरु हुनेछ । बन्दसत्रमा पार्टी सभापति गगनकुमार थापाले राजनीतिक प्रतिवेदन प्रस्तुत गर्नेछन् ।

त्यसैगरी, महामन्त्रीले विधान संशोधनसम्बन्धी प्रस्ताव पेश गर्ने कार्यक्रम रहेको कांग्रेसले जनाएको छ ।

साथै कांग्रेसले निर्वाचन कार्यक्रम समेत सार्वजनिक गरेको छ  । निर्वाचन समितिले सार्वजनिक गरेको कार्यक्रमअनुसार सोमबार मतदाता नामावली प्रकाशनसहितका कार्यक्रम रहेका छन् ।

त्यस्तै, मंगलबार बिहान मनोनयन दर्ता रहेको छ भने मतदान भने बिहीबार बिहानदेखि हुने भएको छ ।
 

nullnull

Share News