शान्ति प्रक्रियाकै बेला गगनलाई भावी कांग्रेस सभापति घोषणा गरेको थिएँ : बाबुराम भट्टराई

काठमाडौं । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले शान्ति प्रक्रियाकै समयमा नेपाली कांग्रेसका नेता गगन थापालाई भावी पार्टी सभापतिका रूपमा आफूले घोषणा गरेको बताएका छन् ।

कांग्रेसको १५औं महाधिवेशनमा सम्बोधन गर्दै भट्टराईले शान्ति प्रक्रियाका बेला नै थापाको राजनीतिक सम्भावनाबारे आफूले धारणा सार्वजनिक गरेको स्मरण गरेका हुन् ।

उनले त्यतिबेलै गगन थापा भविष्यमा नेपाली कांग्रेसको नेतृत्वमा पुग्ने नेताका रूपमा आफूले देखेको बताए ।

‘शान्ति प्रक्रियाकै बेला मैले गगन थापालाई नेपाली कांग्रेसको भावी सभापति भनेर घोषणा गरेको थिएँ,’ भट्टराईले महाधिवेशनलाई सम्बोधन गर्दै भने ।

भट्टराईले थापाको राजनीतिक यात्रालाई आफूले लामो समयदेखि नियाल्दै आएको उल्लेख गर्दै कांग्रेसको १५औं महाधिवेशनमा उनको नेतृत्वको विषयले विशेष अर्थ राख्ने संकेतसमेत गरे ।

कांग्रेसको १५औं महाधिवेशनमा देशभरबाट आएका प्रतिनिधि, विभिन्न राजनीतिक दलका नेता तथा शुभेच्छुकको सहभागिता छ । महाधिवेशनले कांग्रेसको आगामी नेतृत्व र नीति तय गर्नेछ ।
 

Share News