काठमाडौं । बिहीबार सेयर बजार सामान्य अंकले बढेको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक ०.२६ अंकले बढेर २५९९ बिन्दुमा पुगेको हो ।
नेप्सेका अनुसार १३९ कम्पनीको सेयर मूल्य बढ्दा १२८ कम्पनीको सेयर मूल्य घटेको छ । १२ कम्पनीको सेयर मूल्यमा भने कुनै परिवर्तन आएको छैन ।
बिहीबार ३५३ कम्पनीको १ करोड कित्ता सेयर किनबेच हुँदा ४ अर्ब ८९ करोड रुपैयाँ बराबरको कारोबार भएको छ । जसमध्ये सबैभन्दा धेरै कारोबार सिद्धार्थ बैंकको भएको छ । सिद्धार्थको ३० करोड ५३ लाख रुपैयाँ बराबरको कारोबार भएको छ ।
साथै अपि पावरको २२ करोड, हाथवे इन्भेष्टमेन्टको २१ करोड, घलेम्दी हाइड्रोको १८ करोड र रिलाइन्स स्पिीनिङको १४ करोड रुपैयाँ बराबरको कारोबार भएको छ ।
सेयर बजारमा आज अधिकांश उपसूचकमा सामान्य उतारचढाव देखिएको छ । नेप्सेका ७ वटा उपसूचक बढ्दा ७ वटा उपसूचक घटेका छन् भने एउटा उपसूचक स्थिर रहेको छ ।
सबैभन्दा धेरै बैंकिङ उपसूचक बढेको छ । बैंकिङ उपसूचक ५.८८ अंकले बढेर १ हजार ४९९.९५ विन्दुमा पुगेको छ । विकास बैंक उपसूचक १२.१९ अंकले बढेर ५ हजार ३६७.११ विन्दुमा पुगेको छ ।
त्यस्तै वित्त उपसूचक ४.५१ अंकले बढेर २ हजार २०४.३० विन्दुमा पुगेको छ भने जलविद्युत् उपसूचक १.३० अंकले बढेर ३ हजार ५४९.५३ विन्दुमा पुगेको छ ।
घट्ने उपसूचकमा ट्रेडिङ सबैभन्दा अगाडि रहेको छ । ट्रेडिङ उपसूचक ३४.३२ अंकले घटेर ३ हजार २१९.९८ विन्दुमा झरेको छ। निर्जीवन बीमा उपसूचक ४८.२४ अंकले घटेर ९ हजार ४६३.९० विन्दुमा पुगेको छ ।
जीवन बीमा उपसूचक १२.७० अंकले घटेर ११ हजार ६८६.९२ विन्दुमा पुगेको छ । होटल तथा पर्यटन ९.३८, उत्पादन तथा प्रशोधन ८.३३, अन्य उपसूचक ५.९२, लघुवित्त १.३२ र म्युचुअल फन्ड ०.०५ अंकले घटेका छन् ।
लगानी उपसूचक भने ९५.१२ विन्दुमा स्थिर रहेको छ ।