मोदी र ट्रम्पबीच वार्ता, के भयो कुराकानी ?

फाइल तस्बिर ।

काठमाडौं । प्रधानमन्त्री नरेन्द्र मोदीले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग आफूहरूको राम्रो कुराकानी भएको बताएका छन् ।

मोदीले सामाजिक सञ्जाल एक्समा पोस्ट गर्दै भारत र अमेरिकाबीच व्यापार, रक्षा, ऊर्जा, महत्वपूर्ण प्रविधि तथा अन्य क्षेत्रमा भइरहेको द्विपक्षीय सहकार्यबारे समीक्षा गरिएको जानकारी दिएका छन् ।

उनले भनेका छन्, ‘हामीले भारत र अमेरिकाबीच व्यापार, रक्षा, ऊर्जा, क्रिटिकल टेक्नोलोजी र अन्य क्षेत्रमा भइरहेको द्विपक्षीय सहयोगको समीक्षा गर्यौं ।’

मोदीका अनुसार दुवै देशले आफ्नो व्यापक विश्वव्यापी रणनीतिक साझेदारीलाई थप अघि बढाउन नजिकको सम्पर्क कायम राख्ने सहमति गरेका छन् ।

कुराकानीका क्रममा क्षेत्रीय तथा अन्तर्राष्ट्रिय विषयमा पनि छलफल भएको मोदीले बताएका छन् । 

दुवै नेताले विश्वमा शान्ति र सुरक्षा प्रवर्द्धन गर्न भइरहेका प्रयासबारे समेत छलफल गरेको उनले उल्लेख गरेका छन् ।

Share News